बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारीमुलक स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी कम्पनीमा पेश गर्नुपर्ने वर्षान्तको समायोजन ’नेन्माचु च्योसेइ’ को बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

नोभेम्बर, डिसेम्बर लागेपछि कार्यरत कम्पनीले नेन्माचु च्योसेइको कागजात दिने गर्दछन । नेन्माचु च्योसेइ भनेको हरेक वर्षको जनवरीदेखि डिसेम्बरसम्मको तलब बापत हुने आम्दानीमा लाग्ने करको सही रूपमा हिसाब गरी अभिलेख राख्ने प्रक्रिया हो । मासिक तलबमा आयकर कम छ भने थप कर कटौती गर्न आवश्यक हुन्छ र यदि मासिक तलबमा आयकर धेरै छ भने कम्पनीले कर फिर्ता गर्नुपर्दछ ।
कम्पनीले दिएको नेन्माचु च्योसेइ कागजात भरेपछि कम्पनीले तोकेको म्याद भित्र कम्पनीमा बुझाउनुपर्दछ । नेन्माचु च्योसेइका लागि तीनवटा कागजातहरू हुन्छन् ।

(क) सन् २०२४ मा आय हुनेहरुका आश्रितहरुका लागि छूटको आवेदनः आश्रितहरुका सम्बन्धमा यो कागजात भर्नुपर्दछ । आश्रितहरुलाई आर्थिक समर्थन गर्ने परिवारका सदस्यहरूको नाम, सम्बन्ध, जन्म मिति र ठेगानाहरू भर्नुपर्दछ । जस्तै जीवनसाथी (पति वा पत्नी), आफ्ना छोराछोरी, दाजुभाइ, आमाबाबु आदि । यदि आश्रितहरु छैनन् भने फारम भर्नुपर्दैन । जति धेरै आश्रितहरु हुन्छन त्यति नै तलब बापत हुने आम्दानीमा लाग्ने कर रकम कम हुन्छ । यदि १६ वर्षभन्दा कम उमेरका बच्चाहरू छन् भने आयकर घटाईदैन तर निवास कर भने कम हुन सक्छ । परिवारका सदस्यहरुलाई आश्रितमा राख्न सकिन्छ कि सकिदैन भनेर यसरी निर्धारण गर्न सकिन्छ ।

१. आश्रित सदस्यको वार्षिक आय १ सय ३ मान येन वा सो भन्दा कम हुनुपर्छ ।
२. नेपालमा भएका परिवारका सदस्यलाई आश्रितमा राखिएको छ भने निजको नाममा रहेको बैंक खातामा पैसा पठाएको हुनुपर्दछ । र हरेक वर्ष आफ्नो कम्पनीमा नाता प्रमाणपत्र र रेमिटेन्स पठाएको कागजात पेश गर्नुपर्दछ ।

यदि जापान बाहिर रहेका परिवारका ३० देखि ७० वर्ष उमेरका सदस्य जो जापानको सिटी कार्यालयमा दर्ता भएका छैनन् तर आश्रितमा राखिएका छन् भने उनीहरुको नाममा प्रत्येक वर्ष ३८ मान येन भन्दा बढी पैसा पठाएको हुनुपर्छ । यो अवस्थामा मात्र आफ्नो परिवारका सदस्यहरूलाई आश्रितमा समावेश गर्न सकिन्छ । यद्यपि यदि आफ्नो पति वा पत्नीको हकमा भने थोरै रकम पठाएको भएता पनि मान्य हुन्छ ।
फाराममा उल्लेख गरिएअनुसार आश्रितहरुको नाम राखेर गेन्सेन बनाई यसलाई सिटी कार्यालयमा पठाएपछि सिटी कार्यालयबाट कर प्रमाणपत्र (खाजेइ स्योउमेइस्यो) प्राप्त गर्न सकिन्छ । खाजेइ स्योउमेइस्यो भिसा नवीकरण वा परिवर्तन जस्ता प्रक्रियाहरू गर्दा अध्यागमनमा पेश गर्नुपर्दछ । त्यसैले आश्रितहरुको विवरण भर्दा त्रुटी नहोस भन्नाका लागि उच्च सावधानी अपनाईनु पर्दछ ।

बच्चा नेपालमा भए तापनि यदि आफ्नो बच्चालाई नेन्माचु च्योसेइ कागजातमा समावेश गर्नुभएन र बच्चालाई सिटी अफिसमा रहेको खाजेइ स्योउमेइस्योमा समावेश गर्नुभएन भने आफ्नो बच्चालाई नेपालबाट ल्याउन सकिदैन । यस्तो अवस्थामा अध्यागमनका अधिकारीहरूले स्पष्टिकरण सोध्ने गरेका उदाहरणहरु पनि छन् ।

यदि नेपालमा रहेका परिवारका सदस्यहरु धेरै नै आश्रितमा राखिएका छन् र खाजेइ स्योउमेइस्योमा कर शुन्य बनाईएको छ भने जापानमा शुन्य कर लाग्ने तलबले स्थिर रूपमा बस्न सकिदैन भनेर बुझ्नुपर्ने भएकोले परिवारका सदस्यलाई नेपालबाट जापान बोलाउन नसकिएका उदाहरणहरु पनि छन् ।

स्थायी आवासीय (एइज्यु) भिसाका लागि आवेदन गर्दा अध्यागमन कार्यालयमा पाँच वर्षको कर प्रमाणपत्रहरू पेश गर्नुपर्ने हुन्छ । पाँच बर्षको अवधिमा आश्रितहरुका बारेमा ठीक दुरुस्तसँग विवरण उल्लेख नभएको, कुनै वर्ष आश्रित उल्लेख गरिएको र कुनै वर्ष उल्लेख नगरिएको घटनाले एइज्युका लागि अस्वीकृत भएका उदाहरण पनि छन् ।

(ख) २०२३ मा आय हुनेहरुका लागि आधारभूत छूट र जीवनसाथीका लागि छूटको आवेदनः यस कागजातमा आफ्नो अन्य आय कति छ लेख्नुपर्ने हुन्छ । त्यसपछि पति वा पत्नीको कमाई लेख्नुपर्दछ । पति वा पत्नीलाई आश्रितहरुको रूपमा समावेश गर्न सकिन्छ वा सकिदैन निर्धारण गर्न कम्पनीले पति वा पत्नीको आय हेर्नुपर्ने हुन्छ । त्यसपछि मात्र कम्पनीले गेन्सेन तयार गर्छन् । पति वा पत्नीको नाम गेन्सेनमा लेखिएको भए ता पनि यदि पछि सिटी अफिसमा पति वा पत्नीको आय धेरै भएको थाहा लागेमा खाजेइ स्योउमेइस्योबाट नाम हटाउन सक्छन् । खाजेइ स्योउमेइस्यो इमिग्रेशनमा पनि बुझाउनुपर्ने हुँदा यदि खाजेइ स्योउमेइस्योमा पति वा पत्नी आश्रित नदेखिएमा पति वा पत्नीको पार्टटाइम कामबाट कति आम्दानी गरेका छन् भनि अनुसन्धान गर्न सक्दछन् ।
(ग) २०२३ का लागि आय भएको ब्यक्तिको बिमा प्रिमियम कटौतीको लागि आवेदनः यदि जीवन बिमा, भूकम्प बिमा वा सामाजिक बिमा तिर्नुभएको छ भने यो कागजात भर्नुपर्दछ । यो फाराम भरेमा तलब बापत हुने आयको कर रकम कम हुन्छ ।
जीबन बिमाः हरेक वर्षको सेप्टेम्बर वा अक्टोबर महिनामा जीवन बिमा कम्पनीबाट पोस्टकार्ड वा पत्र आउँछ । त्यसमा नेन्माचु च्योसेइका लागि कम्पनीमा पेश गर्नुपर्ने कागजातहरू समावेश गरिएको हुन्छ ।
भूकम्प बिमाः यदि घरको भूकम्प बिमा गरिएको छ भने, भूकम्प बिमा कम्पनीले आफ्नो ठेगानामा नेन्माचु च्योसेइको लागि कागजातहरू पठाउछन् । यो भूकम्प बिमासँग मात्र सम्बन्धित हुने हुँदा साधारण अग्नि बिमा नेन्माचु च्योसेइसंग सम्बन्धित हुंदैन ।
सामाजिक बिमाः यदि पेन्सन वा राष्ट्रिय स्वास्थ्य बिमा तिर्नुभएको छ भने पेन्सन भुक्तानी प्रमाणपत्र, पेन्सन भुक्तानी रसिद र राष्ट्रिय स्वास्थ्य बिमा रसिद कम्पनीमा पेश गर्नुपर्दछ ।
हाउस लोनः यदि हाउस लोन तिर्दै हुनुहुन्छ भने आयकरको १० वर्षका लागि ऋण मौज्दातको १ प्रतिशतले कम हुन्छ । उदाहरणका लागि २ हजार मान येनको बैंक ऋणमा घर किनिएको भने आयकर, आवासीय कर २० मान येनले कम हुन्छ ।
यदि सेकेन्ड हृयान्ड घर हो र घर २० वर्षभित्र र मान्शन भएमा २५ वर्षभित्र बनाईएको हो भने कर कम हुने प्रावधान छ । ।
नेन्माचु च्योसेइसका लागि बैंकबाट प्रत्येक वर्ष हाउस लोन ब्यालेन्स प्रमाणपत्र प्राप्त गरी कम्पनीमा बुझाउनुपर्दछ । यद्यपि, हाउस लोनको पहिलो वर्षमा भने नेन्माचु च्योसेइ गर्न मिल्दैन, त्यसैले कर कार्यालयमा अन्तिम कर रिर्टन फाइल गर्नुपर्नेहुन्छ ।
नेन्माचु च्योसेइ प्रक्रिया तलब आय कर र अध्यागमन कार्यालयमा भिसा आवेदनसंग पनि सम्बन्धित हुने भएकोले कुनै त्रुटी नहुने गरी सावधानीपूर्वक भरेर कम्पनीमा बुझाउनुपर्दछ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ : (७४) यस्तो छ, जापानको संबैधानिक ब्यवस्था
हेलो सेन्सेइ – (७३) उपचारका लागि आफन्तलाई जापान बोलाउनुपरेमा…..
हेलो सेन्सेइ – (७२) यस्तो छ, अक्टुबरदेखि लागू भएको नयाँ नियम 
हेलो सेन्सेइ (७१) विदेशीले जापानी पासपोर्ट लिनुपरेमा …..
हेलो सेन्सेइ – (७०) एइज्युकेन एप्लाईका लागि आवश्यक योग्यता
हेलो सेन्सेइ- (६९) एइज्युकेन एप्लाई गर्दा ………..
हेलो सेन्सेइ – (६८) एइज्युकेन एप्लाई गर्दा आवश्यक कागजातहरु ….
हेलो सेन्सेइ – (६७) जापानको श्रम बिमा (रोदो होउकेन) किन र के का लागि ?
हेलो सेन्सेइ : (६६) जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or info@gmt-intl.com
Tel: 03-6903-8817 Mob.080-5802-8841

 

 

 

तपाईको प्रतिक्रिया