बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमा नगद उपहार, राहत र ऋण बापत प्राप्त रकममा लाग्ने कर प्रणालीका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
जापानमा कोही परिचित ब्यक्तिहरूबाट उपहारस्वरुप प्राप्त गरेको रकममा कर लाग्छ । यस प्रकारको करलाई उपहार कर(ぞうよぜい)भनिन्छ । हरेक वर्षको जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा प्राप्त गरेको यस प्रकारको रकममा देहायअनुसारले कर लाग्छ ।
(१) १ सय १० मान येन सम्म कर लाग्दैन ।
(२) १ सय १० मान येनदेखि ३ सय १० मान येन सम्म १० प्रतिशत कर लाग्छ ।
(३) ३ सय १० मान येनदेखि ४ सय १० मान येन सम्म १५ प्रतिशत कर लाग्छ ।
(४) ४ सय १० मान येनदेखि ५ सय १० मान येन सम्म २० प्रतिशत कर लाग्छ ।
(५) ५ सय १० मान येनदेखि ७ सय १० मान येन सम्म ३० प्रतिशत कर लाग्छ ।
(६) ७ सय १० मान येन देखि ११ सय १० मान येन सम्म ४० प्रतिशत कर लाग्छ । यो उपहार कर अघिल्लो वर्ष प्राप्त गरेको रकमको प्रत्येक बर्ष ३ महिनाको १५ तारिखसम्म कर कार्यालयमा पेश गर्नुपर्दछ र लाग्ने कर भुक्तानी गर्नुपर्दछ ।
उदाहरणका लागि बिजनेस भिसा बनाउने क्रममा कम्पनीको चालु पूँजी ५ सय मान येन आफन्तबाट लिनुभएको छ भने सो को बारेमा कर कार्यालयलाई जानकारी दिई लाग्ने कर भुक्तान गर्नुपर्दछ । जस्तैः २ सय मान येन प्राप्त गर्नुभएको अवस्थामा त्यसको उपहार कर (२ सय मानबाट १ सय १० मान घटाउँदा बाँकी रहने ९० मान, त्यसको १० प्रतिशत) ९ मान येन कर लाग्छ । ठूलो रकम प्राप्त गर्दा तिर्नुपर्ने उपहार कर पनि धेरै नै हुन जान्छ । बिजनेस भिसा आवेदनको बेला ५ सय मान येन प्राप्त गरी कम्पनी बनाउनु भएको हो भने उपहार करको प्रक्रिया कर कार्यालयमा गरिएको र कर तिरिएको कागजातहरू पेश गर्नुपर्दछ । यद्यपि नेपाल वा विदेशबाट परिवार वा आफन्तबाट पैसा प्राप्त गर्नुभएको छ भने कुनै पनि कर लाग्दैन । र उपहार कर पेश गर्नुपर्दैन ।
यसैगरी उपहार नभएर ऋण लिनुभएको हो भने कुनै कर लाग्दैन । यस्तो अवस्थामा बिजनेस भिसाका लागि आवेदन गर्दा ऋण सम्झौता गरेको कागज अध्यागमन ब्यूरोमा पेश गर्नुपर्दछ ।
यसैगरी कोभिड-१९ महामारीको बेला जापान सरकार वा मातहतका कार्यालयहरुबाट राहत स्वरुप कुनै रकम लिनुभएको छ भने देहाय बमोजिम कर लाग्छ । यदि कम्पनीले प्राप्त गरेको हो भने कर्पोरेट कर र व्यक्तिले प्राप्त गरेको अवस्थामा आयकर लाग्ने गर्छ ।
स्थिरता लाभ, भाडा राहत, ब्यवसायिक समय छोट्याए बापतको राहत, अस्थायी समर्थन, रोजगार समायोजन राहत आदि ।
यसैगरी राष्ट्रबाट प्राप्त गरेको प्रति व्यक्ति १० मान येन, आम्दानीमा ह्रास आई प्राप्त गरेको सामाजिक कल्याण ऋणमा भने कुनै कर लाग्दैन । यसैगरी कर लाग्ने अन्य आयस्रोतहरुमा
१. घर वा कोठाको भाडा
२. अरिरिक्त काम वा ब्यवसाय
१. सिटी कार्यालयबाट प्राप्त हुने शिशु भत्ता
२. स्वास्थ्य बीमाबाट प्राप्त हुने मात्तृ भत्ता
३. चाइल्ड केयर रोजगार बिमाबाट प्राप्त सुविधा
४. चिठ्ठा परेर प्राप्त हुने रकममा भने अवस्था हेरी कर लाग्ने वा नलाग्ने हुन्छ । यदि लाग्ने छ भने कर कार्यालयमा प्रक्रिया गर्नुपर्दछ ।
विशेषगरी पछिल्ला समयमा कोरोना सम्बन्धी शीर्षकमा विभिन्न प्रकारका राहत, सुबिधाहरु उपलब्ध गराईएको छ । यसप्रकारका राहत, सुबिधाबापत प्राप्त भएका रकम लेखा परीक्षण गर्दा हिसाब समावेश गर्नुपर्दछ ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

तपाईको प्रतिक्रिया