शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी तलब बापत हुने आम्दानीको आयकर हिसाब कसरी निर्धारण गरिन्छ भन्ने बारेमा जानकारी गराउने प्रयास गरिएको छ । हरेक बर्षको जनवरी १ तारिखबाट डिसेम्वर ३१ तारिखसम्मको तलबको आयकर (स्योतोकुजेइ) र आवासीय कर (जुमिनजेइ) को हिसाब यसरी गरिएको हुन्छ ।
आयकर (स्योतोकुजेइ) जनवरी १ तारिखबाट डिसेम्बर ३१ तारिखसम्म काम गरेको कम्पनीबाट प्राप्त हुने गेन्सेनमा १ बर्षको कमाई र आश्रित परिवारका सदस्यहरूको विवरण लेखिएको हुन्छ । उक्त तलबमा आयकर लाग्छ कि लाग्दैन वा लाग्छ भने के कति लाग्छ त्यसको निर्धारण देहाय अनुसारको हिसाबले गरिन्छ ।
बार्षिक तलब भन्नाले हरेक बर्षको जनवरी १ तारिखबाट डिसेम्वर ३१ सम्मको कुल तलब रकमलाई जनाउँछ, त्यसमा यदि बोनस छ भने सो पनि समावेश गरिएको हुन्छ तर यातायात खर्च भने समावेश हुँदैन ।
तलब लागत भन्नाले बर्षभरिको तलबबाट तलब लागत घटाउन सकिन्छ । तलब लागतको हिसाब देहायअनुसार रहेको छ ।

(बार्षिक तलब र तलब लागत)
१) ० येनदेखि १६ लाख २५ हजार येन सम्म ५ लाख ५० हजार येन
२) १६ लाख २५ हजार १ येन देखि १८ लाख येन सम्म तलब गुणा ४० प्रतिशत माइनस १ लाख येन
३) १८ लाख १ येनदेखि ३६ लाख येन सम्म तलब गुणा ३० प्रतिशत जोड ८० हजार येन
४) ३६ लाख १ येनदेखि ६६ लाख येन सम्म तलव गुणा २० प्रतिशत प्लस ४ लाख ४० हजार येन
५) ६६ लाख १ येनदेखि ८५ लाख येनसम्म तलब गुणा १० प्रतिशत प्लस ११ लाख येन
६) ८५ लाख १ येनदेखि माथि १९ लाख ५० हजार येन

आश्रित परिवार लागत : आश्रित परिवार भएको खण्डमा आश्रित परिवारको लागत घटाउन सकिन्छ । आश्रित परिवारको लागत देहायअनुसारले हिसाब गरिएको हुन्छ ।
(आश्रित परिवारको उमेर र आश्रित परिवारको लागत)
१) ० बर्षदेखि १५ वर्षसम्म ० येन
२) १६ बर्षदेखि १८ बर्षसम्म ३ लाख ८० हजार येन
३) १९ बर्षदेखि २२ बर्षसम्म ६ लाख ३० हजार येन
४) २३ बर्षदेखि ६९ बर्षसम्म ३ लाख ८० हजार येन
५) ७० बर्ष वा सो भन्दा माथि (संगै बसेको अवस्थामा) ५ लाख ८० हजार येन
६) ७० बर्ष वा सो भन्दा माथि (संगै बसेको अवस्थामा) ४ लाख ८० हजार येन
१५ बर्षभन्दा तलका बच्चाको हकमा आश्रित परिवारका सदस्यको लागत घटाउन सकिदैंन । सिटी कार्यालयबाट शिशु स्याहार भत्ता प्राप्त गरिने भएकोले उनीहरुको लागत शुन्य मानिएको हुन्छ ।
सामाजिक बीमा प्रीमियम (सोसियल इन्स्युरेन्स प्रीमियम) सम्बन्धमा, पेन्सन, स्वास्थ्य बीमा र रोजगार बीमाको तिर्नुभएको कुल रकम घटाउन सकिन्छ । आधारभूत लागत ४ लाख ८० हजार येन घटाउन सकिन्छ ।
आयकर प्रतिशत (बार्षिक तलबबाट लागत घटाउँदाको रकम, दर र कटौती)
१) ० येन देखि १९ लाख ५० हजार येन, ५ प्रतिशत, ० येन
२) १९ लाख ५० हजार १ येनदेखि ३३ लाख येनसम्म १० प्रतिशत, ९७ हजार ५ सय
३) ३३ लाख १ येनदेखि ६९ लाख ५० हजार येनसम्म २० प्रतिशत, ४ लाख २७ हजार ५ सय
४) ६९ लाख ५० हजार १ येनदेखि ९० लाख येन सम्म २३ प्रतिशत, ६ लाख ३६ हजार येन
५) ९० लाख १ येनदेखि १ करोड ८० लाख येन सम्म, ३३ प्रतिशत, १५ लाख ३६ हजार येन

उदाहरणका लागि आयकरको हिसाब :
जस्तैः मासिक तलब ३ लाख येन (बार्षिक ३६ लाख येन) छ । आश्रित परिवारमा श्रीमती, बच्चा २० बर्ष, आमा ६५ बर्ष (नेपालमा हुनुहुन्छ) र सामाजिक बीमा प्रीमियम बार्षिक २ लाख ४० हजार येन छ भने ३६ लाख येन ×३० प्रतिशत ± ८० हजार येन) – ३ लाख ८० हजार येन (श्रीमति)-६ लाख ३० हजार येन (बच्चा) – ३ लाख ८० हजार येन (आमा) – २ लाख ४० हजार येन (सामाजिक बीमा) -४ लाख ८० हजार येन
– आधारभूत) × ५ प्रतिशत ० आयकर १६ हजार ५ सय येन
आवासीय कर (सिटी कार्यालयलाइ तिर्ने कर) : हरेक बर्षको जनवरी १ देखि डिसेम्बर ३१ तारिखसम्म तलब बापत भएको आम्दानीको सिटी कार्यालयलाई तिर्ने करलाई आवासीय कर भनिन्छ । काम गरेको कम्पनीले सिटी अफिसलाई बुझाईने गेन्सेन (तलवी विवरण) को आधारमा लाग्ने आवासीय कर सिटी कार्यालयलाई तिर्नुपर्दछ । कम्पनीले सिटी कार्यालयमा गेन्सेन नबुझाएको अवस्थामा आफैले नै अनिवार्य बुझाउनुपर्ने हुन्छ । आवासीय करको हिसाब पनि लगभग आयकर जस्तै हुन्छ । आवासीय करको दर १० प्रतिशत हो । यो परिवारको आश्रित सदस्य संख्याको आधारमा न्यूनतम आवासीय कर लाग्ने वा नलाग्ने हुन्छ र सिटी कार्यालयअनुसार निर्धारण हुने गर्दछ ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

तपाईको प्रतिक्रिया