Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमै सुत्केरी हुँदा अर्थात बच्चा जन्मिनु अघि, पछि र बच्चा हर्काउने बेलाको यहाँको श्रम कानुनअनुसार स्याखाइ होकेनबाट पाईने सुबिधा बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

कम्पनीमा काम गरिरहेको ब्यक्तिले बच्चा जन्मिनु पहिले र जन्मिसकेपछि वा बच्चा हुर्काउने बेलामा नियम अनुसार कामबाट बिदा लिन पाईन्छ । र, मापदण्ड पुरा भएमा जापान सरकारबाट वीमा सुबिधा स्वरुप रकम प्राप्त गर्न सकिन्छ ।

कम्पनीमा काम गर्ने सबै कर्मचारीले बच्चा जन्माउनु भन्दा ६ हप्ता अघिबाट (जुम्ल्याहाको हकमा १४ हप्ताबाट) काममा बिदा लिन पाउने सुबिधा छ । बच्चा जन्माइसकेपछि ८ हप्तासम्म काम गर्न पाईदैन ।

कम्पनी मार्फत स्याखाइ होकेन छिरेको ब्यक्तिले सुत्केरी हुने बेलामा कम्पनीबाट बिदा लिंदा कम्पनीबाट तलब नपाए पनि वीमाबाट सुत्केरी भत्ता लिन सकिन्छ । सुत्केरी हुनु ६ हप्ता अघि र सुत्केरी भएपछिको ८ हप्ता अवधिसम्म अधिकतम ९८ दिनसम्मको सुत्केरी भत्ता पाउन सकिन्छ । जुम्ल्याहाको हकमा भने अधिकतम १ सय ५४ दिनसम्मको सुत्केरी भत्ता पाउन सकिन्छ ।
दैनिक सुत्केरी भत्ता रकम निर्धारण भने यसरी हुन्छ –

१. स्याखाइ होउकेनमा उल्लेख गरिएको मासिक तलव रकम तलब ३० मान येन भए ३००,००० येन भागा ३० दिन, गुणा २, भागा ३, गुणा ९८ दिन गर्दा कुल ६५३,३३३ येन हुन आउँछ ।
कम्पनीबाट स्याखाइ होउकेन छिरेको कर्मचारीको हकमा यो प्रक्रिया लागू हुन्छ । यदि बिजिनेश भिसा बाहक महिला स्याचोको हकमा पनि यो सुत्केरी भत्ता उपलब्ध हुन्छ ।

यदि लिन बाँकी भए दुई बर्ष अगाडिसम्मको सुत्केरी भत्ता दावीका लागि प्रक्रिया गर्न सकिन्छ । बिस्तृत जानकारीका लागि आफुले काम गरिरहेको कम्पनी वा स्याखाइ होउकेन जिमुस्यो (नेन्किन जिमुस्यो) मा परामर्श गर्न सकिने छ ।

कम्पनीमा कार्यरत महिला कर्मचारीले गर्भ रहेको थाहा पाउँदासाथ छिटोभन्दा छिटो कम्पनीलाई खबर गर्नुपर्दछ । लिन चाहेको सुत्केरी बिदाको अवधि र सुत्केरी भएपछि काममा फर्कने वा नफर्कने सम्बन्धमा पनि कम्पनीलाई पूर्व जानकारी गराउनुपर्दछ ।

२. बच्चा जन्माउने बेला
कम्पनीबाट स्याखाइ होउकेन वा खोकुमिन खेन्कोउ होउकेन छिरेको भए, आफै अथवा डिपेन्डेन्ट परिवार सुत्केरी हुँदा वीमाबाट सुत्केरी जन्मभत्ता (-Shussan Úichijikin) को अनुदान पाइन्छ ।
जन्म भत्ता (-ShussanÚichijikin) २ मान सुत्केरी खर्चका लागि सहयोग गर्ने पैसा भएकाले अस्पतालमा सुत्केरी गराएको अवस्थामा वीमाबाट अस्पतालको खर्च तिरिदिने हुँदा तपाईले अस्पतालमा तिर्नुपर्ने रकम ४२ मान सस्तो पर्ने हुन्छ ।
सुत्केरी भत्ता जापानमा मात्र नभई बिदेशमा सुत्केरी भएको खण्डमा पनि प्राप्त गर्न सकिन्छ, तर प्रक्रिया भने जापान प्रवेश गरेपछि मात्र गर्न पाइने प्रावधान छ ।

३. बच्चा हुर्काउने बेलामा
कम्पनीमा काम गर्ने ब्यक्ति कोयो होउकेन (रोजगार वीमा) मा छिरेको छ भने बच्चा हर्काउने बेलामा कामबाट बिदा लिन पाईछ । यसलाई चाइल्ड केयर बिदा (Ikuji kyūgyō) भनिन्छ ।
बच्चा जन्मेको १ बर्षसम्मको अवधि, आफ्नो इच्छाअनुसार कम्पनीमा बिदा बस्न पाइन्छ । श्रीमानले पनि बच्चा हुर्काउनका लागि बिदा लिन पाईन्छ । कम्पनीमा बिदा लिनका लागि १ महिना अगाडि नै जानकारी गराउनुपर्दछ ।
चाइल्ड केयर बिदा लिएमा तलको अवस्थामा वीमाबाट अनुदान प्राप्त गर्न सकिन्छ ।
क. प्रत्येक महिना १० दिन भन्दा कम काम भएको ।
ख. कम्पनीबाट प्राप्त गरेको तलब साबिकको रकमको ८० प्रतिशत भन्दा कम भएको ।
चाइल्ड केयर बिदा अनुदान रकमको दैनिक हिसाब यसरी निर्धारण गरिन्छ :
बिदा सुरु भएको ६ महिनासम्म : मासिक तलब भागा ३० दिन, गुणा ६७ प्रतिशत
६ महिनापछिः मासिक तलब भागा ३० दिन, गुणा ५० प्रतिशत
उदाहरणका लागि मासिक तलव ३० मान येन हुने ब्यक्तिले चाइल्ड केयर बिदाका लागि कम्पनीबाट तलब नलिएको अवस्थामा प्रत्येक महिनाको अनुदान यसप्रकार हुन आउँछ । -३००,००० येन भागा ३० दिन, गुणा ६७ प्रतिशत, गुणा ३० दिन गर्दा २०१,००० येन हुन आउँछ- लगभग २० मान येन वीमाबाट प्राप्त गर्न सकिन्छ ।
बच्चा १ बर्षको हुँदा होइकुयनमा छिर्न पाएन भने बच्चा २ बर्षको हुँदासम्म बिदा लिन पाइने र वीमाबाट अनुदान रकम पनि प्राप्त गर्न सकिन्छ । यो वीमा प्राप्त गर्न कम्पनीले अनिवार्यरुपमा रोजगार वीमा गराएको हुनुपर्दछ । रोजगार वीमामा कम्पनी मालिक (स्याचो) छिर्न नमिल्ने हुँदा चाइल्ड कियर बिदाको अनुदान लिन मिल्दैन ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया