शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहांको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले जापानबाट बिगत लामो समयदेखि प्रकाशित हुंदै आएको पहिलो र नेपाली भाषाको एक मात्र पत्रिका ‘नेपाली समाचार’ मा सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा प्रकाशित सामग्री यहां साभार गरिएको छ । उक्त स्तम्भ मार्फत सम्बन्धित बिषयका विज्ञद्वारा यहाँहरुको जिज्ञासा मेटाउने प्रयास गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा जिज्ञासा पठाउन सक्नुहुने छ । यो पटक जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ भन्ने बारेमा जानकारीमुलक सामग्री प्रस्तुत गरिएको छ ।

Q:जापानको एइज्युउ (पिआर) भिसा भएमा हुने सुविधाहरु के के हुन् ?
A:जापानको एइज्युउ (पिआर) भिसा हुनेहरुका लागि निम्न सुविधाहरु उपलब्ध छन् ।
१. जापान बस्ने अवधिभर कुनै प्रतिबन्ध हुँदैन । भिसा अवधिको नविकरण गरिरहने आवश्यकता हुँदैन । भिसा नविकरण गरिरहनु नपर्ने भएकोले इमिग्रेशन गईरहनु आवश्यक पर्दैन । नविकरण गरिरहन नपर्ने हुँदा नेपाल जाँदा वा आउँदा पनि कुनै समस्या हुँदैन । जापान बस्ने अवधिमा कुनै प्रतिबन्ध नभए पनि जाइर्‍यु कार्डको नविकरणको प्रक्रिया भने प्रत्येक ७ बर्षमा गर्नुपर्ने हुन्छ । त्यसैले कार्डको नविकरणको प्रक्रिया नभुल्नका लागि सजग रहनुहोला ।
२. जापानको एइज्युउ (पिआर) भिसा भएकाहरुका लागि कामको कुनै प्रतिबन्ध हुँदैन । त्यसैले जापानभित्र सबै किसिमको काम गर्न पाइन्छ । काम गर्ने समयमा पनि कुनै हदबन्दी हुँदैन र जतिघण्टा काम गरे पनि कुनै समस्या हुँदैन । पाचिङ्को तथा यौन व्यवसायसंग सम्बन्धित काम पनि गर्न पाइने नयाँ प्रावधान रहेको छ । कम्पनी बनाएर व्यवसाय गर्न पनि पाइन्छ । काम गर्ने भिसा, डिपेन्डेन्ट भिसा र विद्यार्थी भिसा भएकाहरुले पाचिङ्को वा यौन व्यवसायसंग सम्बन्धित काम गर्न मिल्दैन । एइज्युउ (पिआर) भिसा भएमा बेरोजगार भए पनि जापानको बसाई स्वीकृत हुने हुन्छ, ढुक्क भएर जापान बस्न पाइन्छ ।
३. बैंक कारोवार प्रक्रियामा पनि एइज्युउ भएकाहरुका लागि विश्वसनियता बढि नै हुने हुँदा सहज हुन्छ । घर किन्दा, गाडी किन्दा अथवा व्यवसायिक ऋण लिंदा एइज्युउ भएको अवस्थामा विश्वसनियता बढ्ने हुँदा बैंकमा कारावार गर्न सजिलो हुन्छ ।
४. एइज्युउ भिसा भएका श्रीमान वा श्रीमती डिभोर्स भए पनि त्यहि अवस्थामा जापान बस्न सकिन्छ । जापानीको श्रीमान वा श्रीमती भिसा भएमा वा एइज्युउ भिसाको श्रीमान वा श्रीमती भएको अवस्थामा यदि श्रीमान र श्रीमतीबीच डिभोर्स भएमा इमिग्रेशनमा अर्को भिसा परिवर्तनका लागि अर्को प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।

एइज्युउ भिसावाहकका लागि थप जानकारी
क. एज्युउ भिसाबाहकको हकमा जापानी नागरिक बन्ने प्रक्रिया नभई नेपाली नगरिक नै रहेको अवस्थाको स्थायी भिसा हो । एइज्युउ भिसा भए पनि १ वर्षभन्दा लामो समय विदेश बस्ने अवस्था हो भने जापान छोड्ने बेलामा रि-इन्ट्री भिसा लिनुपर्ने हुन्छ ।***

यो पनि पढ्नुहोला ।
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com 
थप जानाकारीका लागि  यहां क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया