शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहांको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले जापानबाट बिगत लामो समयदेखि प्रकाशित हुंदै आएको पहिलो र नेपाली भाषाको एक मात्र पत्रिका ‘नेपाली समाचार’ मा सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा प्रकाशित सामग्री यहां साभार गरिएको छ । उक्त स्तम्भ मार्फत सम्बन्धित बिषयका विज्ञद्वारा यहाँहरुको जिज्ञासा मेटाउने प्रयास गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा जिज्ञासा पठाउन सक्नुहुने छ ।

Q – गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ?
A – गेन्सेनच्योउस्युहृयोउ भनेको जापानमा रोजगारीमा संलग्न कुनै पनि ब्यक्तिको जनवरी १ तारिखबाट डिसेम्बर ३१ सम्मको कुनै कम्पनीमा काम गरी १ बर्षभरिको तलव, आश्रित परिवार र कर लेखिएको पेपर हो ।

Q – गेन्सेनच्योउस्युहृयोउ कहाँबाट पाइन्छ ?
A – १. गेन्सेनच्योउस्युहृयोउ जनवरी १ तारिखबाट डिसेम्बर ३१ सम्मको १ बर्षभरिको तलब र कर हिसाब गरी सकेपछि अर्को बर्ष जनवरी लागेपछि तपाईले काम गरेको कम्पनीबाट प्राप्त हुने कागजात हो । गेन्सेनच्योउस्युहृयोउ जनवरी १ तारिखबाट डिसेम्बर ३१ सम्मको १ बर्षभरिको तलव र कर लेखिएको हुँदा बिभिन्न कागजी प्रक्रियामा गेन्सेनच्योउस्युहृयोउ बुझाउनु पर्ने हुन्छ ।

Q – कस्तो बेलामा गेन्सेनच्योउस्युहृयोउ बुझाउनुपर्ने हुन्छ ?
A – १. कर कार्यालय अथवा सिटी कार्यालयमा आफैले तलव घोषणा गरेको बेलामा बुझाउनुपर्ने हुन्छ । घोषणा गरेपछि प्रत्येक बर्ष जुन महिनातिर खाजेइस्योमेइस्यो (कर प्रमाण) पाईन्छ ।
२. इमिग्रेशनमा भिसा प्रक्रियाको बेला तलव र तिरिएको करको विवरण चाहिएको बेला बुझाउनुपर्दछ । (इमिग्रेशनले तपाईको १ बर्षको तलव, कर र आश्रित परिवार जाँच गरी जापानमा तपाईको जीवन यापनको अवस्था जाँच गर्दछ ।)
३. क्रेडिट कार्ड बनाउने बेला कार्ड कम्पनीमा बुझाउनुपर्छ । (कार्ड कम्पनीले बर्षभरिको तलव चेक गर्छ र तपाईको कार्ड बनाउने नबनाउने परीक्षण गर्छ ।)
४. कोठा वा घर खरिद गर्ने प्रक्रियामा रियल स्टेट कम्पनी वा ग्यारेन्टरलाई बुझाउनुपर्ने हुन्छ । (तपाईले प्रत्येक महिना भाडा तिर्न अथवा ऋण तिर्न सक्नुहुन्छ हुँदैन भन्ने परीक्षण गर्न यो कागजात हेरिन्छ ।)

※ यी माथिका प्रक्रियाहरूमा उक्त कागजात सक्कल नै बुझाउनुपर्ने हुन्छ वा प्रतिलिपि पेश गर्दा पनि हुने हो पुष्टि गरौं ।
※ गेन्सेनच्योउस्युहृयोउ तपाईले प्रयोग गर्ने उद्देश्यअनुसार तपाईको कम्पनीबाट जति पटक पनि बनाउन सकिन्छ । गेन्सेनच्योउस्युहृयोउ हेर्ने तरिका तलको अनुसार हुन्छ ।

यो पनि पढ्नुहोला ।
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 

हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com 
थप जानाकारीका लागि  यहां क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया