बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहांको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले जापानबाट बिगत लामो समयदेखि प्रकाशित हुंदै आएको पहिलो र नेपाली भाषाको एक मात्र पत्रिका ‘नेपाली समाचार’ मा सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा प्रकाशित सामग्री यहां साभार गरिएको छ । उक्त स्तम्भ मार्फत सम्बन्धित बिषयका विज्ञद्वारा यहाँहरुको जिज्ञासा मेटाउने प्रयास गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा जिज्ञासा पठाउन सक्नुहुने छ ।

Q. तलव बापत प्राप्त हुने आम्दानीको आयकर कस्तो अवस्थामा सस्तो हुन्छ ?
A. परिवारमा आफुमा आश्रित सपोर्ट गर्नुपर्ने सदस्य भएमा, विमा र पेन्सन तिरिएको अवस्थामा वा जापानमा रेडक्रस जस्ता कुनै परोपकारी भोलेन्टियर संस्था, आफु रहेको स्थानीय टोल, नगर वा समुदायलाई चन्दा सहयोग गरेको अवस्थामा सस्तो हुन्छ ।

Q. कृपया तलव बापत लाग्ने आयकरको बारेमा प्रष्ट पारिदिनुहोस् ?
A. जापानमा काम गरेबापत तलव बुझ्ने बेलामा कटौती गरिने तलवी आयकर (शोतोकुजेइ) र अर्को आफु बस्ने नगरपालिकालाई बुझाउने आवासीयकर (जुमिनजेइ) गरी दुई प्रकारको कर हुन्छ । कम्पनी, रेस्टुरेन्ट, होटेल वा कारखानामा काम गर्नेहरुले मासिक तलव पाउने बेलामा आयकर कटौती गरिएको हुन्छ । यो कटौती गरिएको आयकर कामगर्ने कम्पनीले कर कार्यालयमा बुझाउँछन्, र अर्को आवासीय कर आफु बस्ने नगरपालिकामा तिर्नुपर्छ ।
अघिल्लो स्तम्भमा चर्चा गरिएजस्तै कम्पनी वा रेस्टुरेन्टमा कार्यरत व्यक्तिहरूको तलव हरेक वर्षको जनवरी लागेपछि आफु बस्ने नगरपालिकामा गेन्सेनच्योउस्युह्योउ (तलवी भरपाई विवरण) पठाई अघिलो वर्ष जनवरी १ बाट डिसेम्बर ३१ सम्मको तलवी विवरण पठाईन्छ । पेश गरिएको गेन्सेनच्योउस्युहृयोउ नगरपालिकाले पुष्टि गरिसकेपछि कर हिसाब निकाल्दछ, र प्रत्येक वर्ष जुन महिना लागेपछि अघिलो वर्ष जनवरी १ बाट डिसेम्बर ३१ सम्मको तलवीआय बापत लाग्ने आवासीयकरको सूचना घर-घरमा वा कामगर्ने कम्पनीमा पठाईन्छ । त्यो लिएर नगरपालिका गई कर तिर्नुपर्दछ । Q. तलवी आयकर कसरी कम हुन्छ ?
A. निम्न अवस्थामा आयकर कम हुन सक्छ ।
क. १६ बर्षभन्दा माथिका आश्रित परिवारका सदस्यहरु भएमा
ख. यदि १६ वर्षभन्दा माथिका परिवारका आश्रित सदस्यहरु जस्तै पति-पत्नी, बच्चा, आमाबाबु, दाजुभाइ, दिदीबहिनी, हजुरबुबा, हजुरआमा भएमा । (तथापि आश्रितहरुको उमेरअनुसार आयकर सस्तो हुने वा नहुने निर्भर गर्दछ)
ग. यदि १६ बर्षभन्दा कम आश्रित परिवारका सदस्य
(शिशु) हरु भएमा आयकर कम हुने छैन ।
घ. आश्रित परिवार नेपालमा भए नाता प्रमाणित प्रमाणपत्र र पैसा पठाएको प्रमाण पेश गर्नुपर्दछ । नेपालमा पैसा पठाएको पुष्टि गर्ने कागजात नभएमा आय कर सस्तो हुँदैन ।
ङ. जापानमै रहेका आश्रित परिवारका कुनै सदस्यले यदि पार्टटाइम काम गरेका छन् भने वार्षिक १ सय ३ मान (१० लाख ३० हजार) येन भन्दा कम कमाई भएमा र नेपालमा रहेको परिवारका सदस्यको पनि त्यतिनै जापानी येन बराबरको भन्दा कम कमाई भएमा आश्रित परिवारका सदस्यको रुपमा रहन मिल्दछ ।
च. आश्रित परिवार रहेको नरहेको, कर तिर्न बाँकी रहेको, नरहेको भिसा एप्लाई गर्ने बेलामा इमिग्रेशन (अध्यागमन) ले सुक्ष्मढंगले छानविन गर्ने हुंदा आफ्नो विवरण सही तरिकाले सम्बन्धित निकायमा जानकारी गराउनु पर्दछ ।
छ. राष्ट्रिय स्वास्थ्य वीमा वा पेन्सन तिरेको अवस्थामा पनि आयकर सस्तो हुन्छ । हरेक वर्षको जनवरी १ बाट डिसेम्बर ३१ सम्म राष्ट्रिय स्वास्थ्य वीमा वापत के कति तिरेको भन्ने प्रमाण आफुले काम गर्ने कम्पनी वा आफु बसेको नगरपालिकामा पेश गरेको अवस्थामा तलवी कर सस्तो हुन्छ ।
ज. माथि उल्लिखित कर सस्तो बनाउन विगत ५ वर्षसम्मको हिसाब पुनः गरी मिलाउन पनि सकिन्छ । यदि राष्ट्रिय स्वास्थ्य वीमा तिरेको बिल आफ्नो कम्पनी वा नगरपालिकामा बुझाउन छुटेको अवस्थामा आयकर कम गर्न सकिने संभावना रहन्छ । यसका लागि जेइरिसी (आधिकारिक लेखा परिक्षक) संग परामर्श गर्नुहोला ।***
Resource Person: Ogawa Bunkei
Licensed Tax Accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
थप जानकारीका लागि यहां क्लिक गर्नुहोला । 

यो पनि पढ्नुहोस – हेल्लो सेन्सेइ (भाग-१) 

तपाईको प्रतिक्रिया