शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा अघिल्लो पटक सामान्य बिजनेश (बिजनेश म्यानेजर) भिसाको बारेमा चर्चा गरेका थियौं । यसपटक टोकियो महानगरपालिकाद्वारा सञ्चालन भइरहेको बिजनेश भिसाका लागि कसरी आवेदन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउने प्रयास गरिएको छ ।
सामान्यतयाः बिजनेश भिसाका लागि ५ सय मान येनले कम्पनी बनाई, पसल वा कार्यालय सम्झौता गरी बिजनेश भिसा आबेदन गर्दा भिसा नदिएको खण्डमा यी सबै लगानी ब्यर्थ हुने अवस्था रहन्छ । यो बिजिनेश भिसा अन्तर्गत कम्पनी स्थापना गर्नु वा पसल सम्झौता गर्नु अघि व्यापार योजना (Busniess Planing) टोकियो महानगरपालिकाले जाँच्ने, त्यसपछि अध्यागमनबाट बिजिनेश भिसा अनुमति प्राप्त गर्ने हो । यद्यपि यसका केही आधारभुत प्रक्रियाहरु छन् ।
१. विदेशबाट जापान प्रवेशका लागि मान्यता प्राप्त प्रमाणिकरण (इलिजिबिलिटी) को आबेदन गर्नुपर्ने ।
२. टोकियोभित्र व्यापार गर्नुपर्ने ।
३. पाँचसय मान येन पूँजी, वा दुई वा बढी जापानी वा एइज्युबाहक कर्मचारीलाई रोजगारी दिने योजना हुनुपर्ने ।
४. टोकियोमा अनौठो अनि नविनतम ब्यवसाय ल्याउन आवश्यक पर्ने ।
बिदेशीको आगमनले ब्यवसायिक क्षेत्रमा नविन योजना ल्याऊन् भन्ने उद्देश्यले एक विशेष अध्यागमन कानून लागू गरी अनौठो बिजनेश भिसा स्वीकारिएको हो । यसका प्रक्रियाहरु यसप्रकार छन् ।

१. विदेशबाट जापान प्रवेशका लागि मान्यता प्राप्त प्रमाणिकरण (इलिजिबिलिटी) को आबेदन गर्नुपर्ने ।
यो भिसा जापान बाहिर हुने बिदेशीले मात्र आबेदन दिन पाउनेछन्, जापानमा बसिराखेकाले आबेदन दिन पाउँदैनन्, यदि दिने अवस्था भए जापान छोडेर जानुपर्ने छ र फेरी टोकियो महानगरपालिकामा बिजनेश भिसा आबेदन गर्नुपर्ने हुन्छ । यदि पहिले नै कम्पनी स्थापना वा पसलसंग सम्झौता गरिएको छ भने भिसा (इलिजिबिलिटी) का लागि आवेदन दिन मिल्दैन ।
२. टोकियोभित्र व्यापार गर्नुपर्ने ।
यो टोकियोका लागि अनौठो बिजनेश भिसा भएकाले टोकियोभित्र ब्यापार सञ्चालन गर्नुपर्ने आवश्यक हुन्छ ।
३. पाँच सय मान येन पूँजी, वा दुई वा बढी जापानी वा स्थायी भिसा (एइज्यु) बाहक कर्मचारीलाई रोजगारी दिने योजना हुनुपर्ने ।
भिसाको आवेदन चरणमा कम्पनी स्थापना गर्न आवश्यक छैन, तर बिजनेश भिसा प्राप्त गरेपछि ५ सय मान (५० लाख येन) वा सोभन्दा बढीको पूँजी भएको कम्पनी स्थापना गर्नु आवश्यक हुन्छ ।
टोकियो महानगरपालिकाले ब्यापारको योजना बनाउने चरणमा ब्यवसायका लागि पैसा छ छैन निश्चित गर्ने छ, त्यसैले पैसाको तयारी गर्न नसक्नेहरूका लागि आवेदन गाह्रो हुन्छ ।
४. टोकियोमा नवीनतम एवं फरक प्रकृतिको व्यवसाय ल्याउन आवश्यक पर्ने ।
भिन्न प्रकृतिको ब्यवसाय गर्नुपर्ने (अरूभन्दा केहि फरक), व्यापारको उन्नत स्तर (भविष्यमा सबैले स्वीकारयोग्य हुन सक्ने), व्यवसायिक स्थिरता (भविष्यमा ब्यवसायिक स्थिरता जारी राख्न सकिने-नसकिने) भन्ने बिषय महानगरपालिकाद्वारा अध्ययन गरी निर्णय गर्ने छ ।
टोकियो महानगरपालिकाको कर्मचारीको भनाइअनुसार पहिलेनै अरु धेरै मानिसहरुले गरिरहेको ब्यापार भए अनुमति प्राप्त गर्न सकिदैंन । जस्तै, पहिले तापिओका पसलको लागि भिसा आवेदन अनुमति प्रदान गरिएको भएपनि अहिले तापिओका पसलहरूको संख्या बढेको र यो सामान्य भइसकेकोले, यस्तै किसिमको समान सामग्रीको आवेदन अस्विकृत हुने गरेको छ ।
साथै, सम्पूर्ण ब्यवसाय योजनाको मान्यता (व्यापार योजना उचितरूपमा राम्रो र उत्साहजनक हुनुपर्ने) आवश्यक रहन्छ । व्यापार योजना विस्तारमा वर्णन गर्नुपर्ने हुँदा त्यो योजना राम्रोसंग काम गर्छ-गर्दैन् भन्ने प्रमाणका लागि विक्री, खर्च, र नाफाजस्ता कागजातहरु पनि पेश गर्नुपर्ने हुन्छ ।
माथिका तयारीहरू पूरा गरी सम्पूर्ण कागजातहरु बिजनेस कोन्सिएरुज्यु (TETRO) को सातौं तल्ला) 「ビジネスコンシェルジュ東京(JETROの7階)」मा पेश गर्नुपर्ने हुन्छ र टोकियो महानगरपालिकाले १ देखि ३ महिनाभित्र निरीक्षण गरी परिणाम दिने छ ।
टोकियो महानगरपालिकाबाट अनुमति प्राप्त गरेपछि, बिजनेश भिसा प्रमाणिकरणको (इलिजिबिलिटी) लागि आवेदन JETRO 7th फ्लोर को इमिग्रेशन रिसेप्शनमा बुझाउनुपर्ने हुन्छ । (यो सबै प्रक्रिया आफ्नो अनुपस्थितिमा एजेन्टलाई लगाउन सकिन्छ ।)
अध्यागमनबाट इलिजिबिलिटी प्राप्त गरेपछि (पहिलो बिजनेश भिसाको अनुमति ६ महिनाको हुन्छ), ब्यक्ति जापान आउँछ र त्यो ६ महिनाको अवधिमा कम्पनी स्थापना गरी, कार्यालय भाडामा लिने सम्झौता गर्नुपर्ने हुन्छ र कार्यालय खोल्नका लागि तयारी अगाडि बढाउनुपर्ने हुन्छ ।
ब्यापार सुरु गरेपछि अरु भिसाजस्तै अध्यागमनबाट नविकरणका लागि आवेदन दिनुपर्ने हुन्छ र भिसा गतिविधि जारी राखि राख्नुपर्ने हुन्छ ।
JETRO 7th फ्लोरमा टोकियोको बिजनेस भिसा बारेमा परामर्श डेस्क भएकोले ब्यापार योजनामा परामर्श लिन सकिन्छ ।

 

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया