Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामीले कोरोना भाइरसको कारण कम्पनीमा काम गर्ने विदेशी नागरिकहरुका सम्बन्धमा स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जारी गरेको जापानी श्रम कानूनका बारेमा चर्चा गरिएको छ ।

कोरोना भाइरसका कारण आफुले काम गर्ने कम्पनीको आर्थिक अवस्था खराब हुन सक्छ, यद्यपि तपाईको कम्पनीले तपाईलाइ विदेशी नागरिक भएकै कारण जापानी नागरिकलाई भन्दा फरक व्यवहार गर्न पाउँदैन । यसबारेमा प्रष्ट हुनका लागि श्रमकानूनको १ देखि ४ सम्मका निम्न बुँदाहरु हेर्न सक्नुहुने छ ।

१. यदि तपाई कम्पनीको जिम्मेवार पदमा हुनुहुन्छ र कम्पनीले बिदामा राख्यो भने तपाईले कम्पनीबाट तलबी बिदा (भत्ता) पाउने अधिकार रहन्छ । बिदा भत्ता भन्नाले श्रमकानूनको प्रावधान अनुसार कम्पनीका कारण श्रमिकलाई बिदा राख्नु परे कम्पनीले तपाईलाइ मासिक तलबको कम्तिमा ६० प्रतिशतभन्दा बढि तिर्नुपर्ने हुन्छ ।
यदि कम्पनी बाहिरी कारणबाट बन्द छ र त्यस समस्याबाट उम्कन नसक्ने गरी सँधैका लागि बन्द गरिने अबस्थामा भए तलबी बिदा नदिइने हुन पनि सक्छ ।
तर पनि तपाईले घरमै बसी अथवा अन्त कतैबाट काम गर्न सक्ने स्थिति हुँदा, कम्पनीले त्यसो नगरी तपाईलाई बिदा राखेको खण्डमा तलबी बिदाको बारेमा सोच्न कम्पनी बाध्य हुने छ ।
२. जापानले श्रमिकको रोजीरोटीको रक्षार्थ कम्पनीलाई अनुदान दिन्छ । त्यो पैसा तलबको रूपमा तपाईलाई कम्पनीले हेरोस् भन्ने हेतुले दिईएको हुन्छ । ’अनुदान’ भनेको कम्पनीलाई राज्यले श्रमिकको रोजगारी धरापमा नपरोस् भनेर दिईएको रकम हो । यो रकम श्रमिकका लागि भएकाले काममा बिदा राखिए पनि तलबको रूपमा भुक्तान गर्न आवश्यक हुन्छ ।
३. तपाईलाई बच्चा हुर्काउन अथवा परिवारको सुविधाका लागि कम्पनीबाट बिदा बस्दा तलब आउने हुन्छ, त्यसलाई ’युउक्युउ क्युखा’ (तलबी बिदा) प्रणाली भनिन्छ । ’युउक्युउ क्युखा’ भन्नाले जहाँ पूर्णकालिन कर्मचारी र आंशिक समयका कामदारहरू काममा बिदा बस्दा पनि तलब पाउने बिदालाई भनिन्छ र यो श्रमकानुनमा परिभाषित गरिएको छ ।
’युउक्युउ क्युखा’ कम्पनीमा काम सुरु गरेको ६ महिना बितेपछि पूर्णकालिन कर्मचारी अथवा आंशिक समयका कामदार भए पनि तोकिएको सिफ्टमा ८० प्रतिशत भन्दा बढि काममा गएको छ भने बिदा बसे पनि प्रत्येक बर्ष निम्नलिखित तालिकामा देखाएअनुसार तलब पाउन सकिन्छ । ४. कम्पनीले तपाईलाई जबरजस्ती काम छोड भन्न पाउँदैन । यदि कम्पनीले तपाईंलाई काम छोड्न लगाउँछ भने तपाईलाई श्रमकानूनको प्रक्रिया अनुसार काम छोडाउन पर्ने हुन्छ ।
कम्पनीले तपाईलाई कामबाट छोदाउँदा यि प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।
१. कम्पनीको नियम र रोजगार सम्झौतामा लेखिएको ’कम्पनी छोडाउने अवस्था’ को मुद्दाहरुमा मेल खाएको हुनुपर्ने ।
२. तपाईलाई कम्पनीले छोडाउने अबस्था आएमा कम्तीमा पनि ३० दिन पहिले तपाईलाई जानकारी गराउनुपर्दछ । यदि तपाईलाई तत्काल छोडाउने अवस्था भए, ३० दिनको रिटायरमेन्ट भत्ता दिनुपर्ने हुन्छ ।
यदि कम्पनीले यो प्रक्रियाको पालना गर्दैन भने अवैधानिक हुन्छ र यस अवस्थामा श्रम ब्यूरोसंग परामर्श लिई कानुनी उपचार खोज्न सकिन्छ ।
कम्पनीमा नयाँ कामदारको रुपमा छिरेको छ भने १४ दिनको ट्रायल अवधिमा अथवा ठूलो जिम्मेवारी नलिएको अवस्थामा कम्पनीले तपाईलाई तुरुन्तै कुनै प्रकिया बिना नै तपाईलाई कम्पनीबाट निकाल्न सक्छ ।
अन्तमा, कोरोना भाइरसको प्रभावको कारण रोजगार प्रस्ताव रद्दको (नाइतेइ तोरिखेसी) बारेमा, श्रम कानूनको सिद्धान्त अन्तर्गत कुनै पनि कारण बिना रोजगार प्रस्ताव रद्द गर्नु अवैध हो ।
यद्यपि कम्पनीले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ र पुनर्जीवन प्राप्त गर्न संभावना छैन भने रोजगार प्रस्ताव रद्द गर्न सकिन्छ ।
रोजगार प्रस्ताव रद्द गर्ने अनुमति सबै कम्पनीलाई हुँदैन र यदि गरिएको छ भने अवैध हो, यस सम्बन्धमा श्रमब्यूरोसंग जानकारी लिनु उत्तम हुन्छ ।
तपाईले माथिका बुँदा नं. १ देखि ४ सम्मका बारेमा कम्पनीसंग जानकारी लिन सक्नुहुनेछ । यदि कम्पनीले कुनै मतलब गर्दैन भने, तपाई श्रम ब्यूरो वा हेल्लो वर्कमा निःशुल्क परामर्श लिन सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 
Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया