बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक आागामी अक्टोबरबाट बढेको उपभोक्ता कर बारे चर्चा गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा आफ्ना जिज्ञासा पठाउन सक्नुहुने छ ।

प्रश्न : जापानमा यही अक्टोबर १ तारिखबाट सुरु भएको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?
उत्तर : यो बर्षको अक्टोबर १ तारिखबाट उपभोक्ता कर (स्योहिजेइ) ८ प्रतिशतबाट १० प्रतिशत भएको छ । अहिलेसम्म किनमेल अथवा खाना खाँदा ८ प्रतिशत उपभोग कर तिर्नुभएको थियो भने अबबाट कर २ प्रतिशत बढेको हो । उदाहरणको लागि १० हजारको किनमेल गर्दा उपभोग कर सहित १० हजार ८ सय तिर्नुपर्थ्यो भने अबबाट अपभोग कर १० प्रशित हुन गइ ११ हजार तिर्नुपर्ने भएको छ ।

प्रश्न : उपभोक्ता कर सम्बन्धमा केइगेनजेइरिचु सेइदो (軽減税率制度) भनेको के हो ?
उत्तर : केइगेनजेइरिचु सेइदो (कम कर दर प्रणाली) भन्नाले केही विशेष त्यस्ता बस्तुहरुमा उपभाक्ता कर निर्धारण गरिएको प्रणालीलाई जनाउँछ । ८ प्रतिशतबाट १० प्रतिशतमा उपभोक्ता कर (स्योहीजेइ) बढ्नाले उपभोक्तालाई भार बढ्ने हुन्छ । यस कारणले गर्दा कम आय हुनेहरूमा भार कम गर्न स्थापना भएको प्रणाली हो । केइगेनजेइरिचु सेइदोले अक्टोबर महिनाको १ तारिखबाट उपभोक्ता कर (स्योहिजेइ) १० प्रतिशत हुने भएता पनि विशेष त्यस्ता बस्तुहरुमा ८ प्रतिशत नै उपभोक्ता कर कायम रहने भएको छ । यहि कर प्रणालीलाई केइगेनजेइरिचु सेइदो भनिन्छ ।

प्रश्न : कस्ता वस्तुहरुमा उपभोक्ता कर साबिकै कायम रहने हो ?
उत्तर : अल्कोहलजन्य पेय पदार्थ बाहेक सुपर मार्केटका किराना वस्तु र पेय पदार्थ, रेष्टुरेन्टबाट लिएर जाने टेक आउट आइटममा उपभोक्ता कर साबिकै ८ प्रतिशत रहने भएको छ भने रेष्टुरेन्टमा बसेर खाना खाएको अवस्थामा भने १० प्रतिशत नै उपभोक्ता कर लाग्ने छ ।
किराना सामान वा घरमै बसेर खाने खाना भनेको बाँच्नको लागि नभई नहुने आधारभुत आवश्यकीय वस्तु भएकोले कर नबढाईएको हो । यसैगरी आफु बस्ने कोठाका भाडामा पहिले देखिनै उपभोक्ता कर लगाईएको छैन । बस्ने घरको उपभोक्ता कर भनेको ० दशमलव ५ प्रतिशत हुन्छ । घरमा बस्नु भनेको पनि बाँच्नका लागि आधारभुत आवश्यकता भित्र पर्ने भएकोले उपभोक्ता कर नलगाइएको हो ।

प्रश्न : कन्भिनियन्स स्टोरबाट बेन्तो किनेर त्यही बसेर खाएको अवस्थामा के हुन्छ ?
उत्तर : बेन्तो किनेर घरमा लिएर गएको अवस्थामा ८ प्रतिशत नै लाग्छ, त्यो बढ्दैन तर भित्रै बसी खाएको अवस्थामा भने १० प्रशित कर लाग्छ । कन्भिनियन्स स्टोरमा किनमेल गर्दा रेजिमा स्टाफले घरमा लिएर जाने हो कि यहि बसेर खाने हो भनि निर्क्यौल गर्नेछन र त्यसै अनुसार ८ प्रतिशत उपभोक्ता कर लगाउने कि १० प्रतिशत लगाउने निर्धारण गर्नेछन् ।
टेक आउट लैजान्छु भनेर पसल भित्रै बसेर खाने काम भयो भने पसलको स्टाफले त्यसो नगर्न निर्देशन दिनेछन् र फेरी १० प्रतिशत कर नै असुल उपर गर्नेछन् । त्यसो हुँदा आफैलाई लज्जाबोध हुनबाट बच्न आफै सचेत रहनु आवश्यक हुन्छ । यो कर प्रणाली लागु भएको अन्य देशमा पनि यस्तो समस्या देखिने गरेको छ ।

प्रश्न : क्रेडिट कार्डबाट बिल तिर्दा के फाइदा छ ?
उत्तर : यो बर्षको अक्टोबर महिनाको १ तारिखबाट अर्को बर्ष २०२० को जुन महिना ३० सम्मको अवधिमा CASHLESS को मार्क भएको पसलमा किनमेल गर्दा क्रेडिट कार्डबाट बिल तिरेमा किनमेलको ५ प्रतिशत प्वाईन्ट उपलब्ध गराईने छ वा ५ प्रतिशत मुल्य घटाइने भएको छ । सुइका, पासमो, पेपे आदिबाट बिल तिरेमा पनि ५ प्रतिशत प्वाइन्ट उपलब्ध हुने छ वा ५ प्रतिशत छुट हुने छ ।
तर कन्भिनियिन्स स्टोर, फ्यामिली रेष्टुरेन्ट, चेन स्टोरमा भने २ प्रतिशत मात्र प्वाईन्ट वा छुट् हुने छ । ५ प्रतिशत होइन । उदाहरणका लागि १० हजार येनको किनमेल गर्दा उपभोग कर १० प्रतिशत समेत गर्दा जम्मा ११ हजार हुन्छ, क्रेडिट कार्ड अथवा मोवाइलबाट बिल तिरेमा किनमेलको ५ प्रतिशत प्वाइन्ट उपलब्ध वा छुट हुन्छ । त्यसो गर्दा १० हजार ४ सय ५० येन मात्र पर्न जान्छ ।
पुनश्चः यो प्वाइन्ट उपलब्ध हुने वा घटाइदिने सुविधा ठूला डिपार्टमेन्ट स्टोर वा सुपरमार्केटमा भने हुने छैन ।

यो पनि पढ्नुहोला ।

हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972
थप जानाकारीका लागि यहां क्लिक गर्नुहोला । 

R

तपाईको प्रतिक्रिया