Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक जापानमा बिजनेश भिसा बनाउने प्रक्रियाका बारेमा चर्चा गरिएको छ ।

बिजनेश (बिजनेश म्यानेजर) भिसा जापानमा ब्यवसाय सञ्चालन गर्नका लागि दिईने भिसा हो । यो भिसा लिनका लागि निबेदकले आफ्नो भावी ब्यवसायिक योजनाका बारेमा अध्यागमनलाई स्पष्टरुपमा जानकारी गराउनुपर्ने हुन्छ । त्यसैले बिजनेश भिसा आवेदन गर्नुपूर्व आवश्यक तयारी पुरा गर्नुपर्दछ ।
बिजनेश भिसाका लागि सबैभन्दा पहिले आफ्नो नाममा कम्पनी दर्ता गर्नुपर्दछ । कम्पनी दर्ता गर्नका लागि देहायअनुसारका तैयारी आवश्यक हुन्छ ।

(१) पांच सय मान येन बजेटको ब्यवस्था
बिजनेश भिसाका लागि न्युनतम ५ सय मान (५० लाख) येन लगानी गर्ने ग्यारेन्टी गर्नुपर्ने भएकोले सो को तयारी गर्नुपर्ने हुन्छ अथवा २ जना वा २ भन्दा बढी जापानी नागरिक वा एइज्यु भिसाबाहक स्थायी कर्मचारी राख्नुपर्ने हुन्छ । सो भन्दा साना लगानीलाई कम्पनी खोल्न सकिए पनि बिजनेश भिसाका लागि अनुमति दिईएको छैन । लगानी गर्न लागिएको ५ सय मान येनको आयस्रोत देखाउनु अनिवार्य हुने भएकोले सो रकम आफैले जम्मा गरेको, परिवारबाट सापटी लिएको वा अरु कसैबाट ऋण लिएको उल्लेख गर्नुपर्दछ । उक्त ब्यहोरालाई पुष्टि गर्न आफ्नो बार्षिक कमाई हो भने सो को प्रमाण, बैंक स्थानान्तरण मार्फत आएको हो भने रेमिट्यान्स रेकर्ड वा ऋणस्वरुप लिएको हो भने सो को सम्झौतापत्र पेश गर्नुपर्दछ । यदि तपाईले सो रकम अन्यत्रबाट जापानमा प्राप्त गरेको हो भने त्यसको कर लाग्ने भएकोले सो कर तिरे-नतिरेको कागजात पनि पेश गर्नुपर्दछ । त्यसकारण अरुबाट प्राप्त गरेको नभई आफैले कमाएको वा परिवारबाट सापटी लिएको भए कर लाग्ने छैन ।

२. कम्पनी स्थापना (दर्ता)
खाबुसिकी (स्टक कम्पनी) र गोउदोउ (संयुक्त कम्पनी) गरी जापानमा २ प्रकारका कम्पनी दर्ता गर्न सकिन्छ । खाबुसिकी कम्पनी भनेको ब्यवसायिक लगानी गर्ने ब्यक्तिको लगानी प्रतिशत अनुसार स्वामित्व हुन्छ । लगानीअनुसार ब्यवस्थापकीय जिम्मेवारी स्पष्ट हुने हुँदा खाबुसिकी कम्पनीको सामाजिक बिश्वसनियता उच्च रहन्छ । त्यसकारण धेरैजसोले खाबुसिकी कम्पनी नै बनाउने गरेको पाईन्छ । गोउदोउ कम्पनीको हकमा लगानी गर्ने ब्यक्तिको लगानी प्रतिशतअनुसार नभई लगानीकर्ताले समानरूपले कम्पनीको स्वामित्व ग्रहण गर्दछन् । ब्यवस्थापकीय जिम्मेवारी स्पष्ट नहुने हुँदा सामाजिक बिश्वसनीयता भने खाबुसिकी कम्पनी जस्तो हुँदैन । तथापि बिजनेश भिसाका लागि खाबुसिकी वा गोउदोउ कम्पनी जुन भए पनि मान्य हुन्छ । कम्पनी स्थापना गर्दा नोटरी सार्वजनिक कार्यालय (कोउशोउ याकुबा) मा तेइकान (प्रबन्धपत्र) बनाई त्यसपछि कम्पनीलाई कानूनी मामिला ब्यूरो (होमुक्योकु) मा दर्ता गर्नुपर्ने हुन्छ । खाबुसिकी कम्पनी बनाउँदा राजस्व कर २० मान (२ लाख) येन लाग्छ भने वकिल खर्च छुट्टै लाग्छ । गोउदोउ कम्पनी बनाउन भने राजस्व कर ६ मान येन र वकिल खर्च छुट्टै खर्च लाग्छ ।

३. कार्यालय वा पसलको ब्यवस्था
कम्पनी बनाएपछि अफिस वा पसल भाडामा लिएर कम्पनीको नाममा सम्झौता गर्नुपर्ने हुन्छ । ब्यक्तिगत नामबाट भाडामा लिएको भए पनि कम्पनीको नाममा परिवर्तन गर्न सकिन्छ । कार्यालय र पसलको सम्झौतापत्रमा ब्यवसायिक प्रयोजनका लागि भनेर खुलाउनु पर्दछ । आफु बस्ने कोठालाई व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्दैन । यदि बस्ने कोठा, कम्पनीको कार्यालय वा पसल एउटै घरमा छ भने तिनीहरू पूर्णरूपमा अलग-अलग हुनुपर्दछ । कुनै ब्यक्तिले कोठा भाडामा लिएर अर्को कुनै कम्पनीलाई भाडामा दिन्छ भने घरमालिकको लिखितरुपमा अनुमति अनिवार्य हुन्छ ।

४. ब्यवसाय सञ्चालनको तयारी
बिजनेश भिसा प्राप्त गर्नुभन्दा अगावै कम्पनी, पसल सञ्चालन गर्न मिल्दैन । त्यसैले भिसा आबेदन गर्नका लागि पसल खोल्न मिल्ने तयारी अवस्थामा रहेको जानकारी अध्यागमनलाई दिनुपर्दछ । कम्पनी वा पसलको साइनबोर्ड राख्ने, पोष्ट बक्समा कम्पनीको नाम लेख्ने, फोन, कम्प्युटर, टेबल, कर्सीको ब्यवस्था गर्ने, रेस्टुरेन्ट ब्यवसायको हकमा हो भने स्थानीय सामुदायिक खाद्य तथा स्वास्थ्य अनुगमन केन्द्र (होकेन्जो) बाट ब्यवसाय सञ्चालनको अनुमति लिन अनिवार्य छ । बिजनेश भिसा लिन चाहेको ब्याक्तिले किचन (कुक) र हलको काम गर्न नमिल्ने भएकोले सो को ब्यवस्था गरी अध्यागमनलाई आफ्नो ब्यवसायिक योजना बारे जानकारी गराउनुपर्दछ ।  पुराना सामान (रिसाइक्लिङ) विक्री-वितरण संग सम्बन्धित ब्यवसाय हो भने स्थानीय प्रहरी प्रशासनमा दर्ता गराई अनुमति लिनुपर्दछ ।

५. अध्यागमनमा भिसा आवेदन
बिजनेश भिसा आवेदन गर्दा निवेदकको व्यक्तिगत विवरण (बायोडाटा), ब्यवसायिक योजना र बिजनेश भिसा आवेदन गर्नुको कारण सहित अध्यागमनमा आवेदन गर्नुपर्दछ । बिजनेश भिसा आवेदन गर्दा कम्पनी बनाउने खर्च, कार्यालय, पसल भाडामा लिने खर्च, पसल खोल्ने अर्थात ब्यवसाय गर्ने बजेटको तर्जुमा लगायतका धेरै तैयारी गर्नुपर्ने हुन्छ । त्यसकारण बिजनेश भिसा बनाउने प्रक्रिया थाल्दा पुरा तयारीका साथ क्रमशः अगाडि बढाउँदा राम्रो हुन्छ । त्यसका लागि भिसाविज्ञहरुको परामर्श र सहयोग लिएर काम गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mobile 070-4339-4972

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया