शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक यही अक्टोबरबाट बृद्धि भएको उपभोक्ता कर प्रणाली र यसबाट जनजीवनमा पर्ने प्रत्यक्ष प्रभावका बारे चर्चा गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा आफ्ना जिज्ञासा पठाउन सक्नुहुने छ ।

प्रश्न : अक्टुबर १ तारिखबाट उपभोक्ता कर (स्योहिजेइ) ८ प्रतिशतबाट १० प्रतिशत भएको छ, यसले दैनिक जीवन यापनमा के कस्तो असर पार्दछ ?
उत्तर : यही अक्टुबर १ तारिखबाट जापानभरी उपभोक्ता कर (स्योहिजेइ) १० प्रतिशत भएकोले दैनिक जीवन यापनमा खर्च बढ्छ । जसअनुसार सामान्य कमाई हुने प्रतिनिधिमुलक एक ब्यक्तिको खर्चलाई आधार मानी तिर्नुपर्ने रकममा हुने हेरफेर देहायअनुसार तालिकामा देखाईएको छ ।

माथि उल्लिखित उपभाक्ता कर (स्योहिजेइ) १० प्रतिशत हुनाले प्रत्येक महिनाको तिर्नुपर्ने रकम सरदर १ हजार ५ सय येनले बढ्न सक्दछ ।

प्रश्न : के कस्ता उपभोग्य वस्तुहरुमा उपभोक्ता कर साबिकै बमोजिम ८ प्रतिशत कायम रहन्छ र के कस्ता वस्तुहरुमा १० प्रतिशत लाग्दछ ?
उत्तर : १. सुपर मार्केटको किराना सामान र अल्कोहलबाहेकका पेय पदार्थको उपभोक्ता कर (स्योहिजेइ) ८ प्रतिशत नै हुन्छ भने अल्कोहलजन्य पेयपदार्थको भने १० प्रतिशत लाग्ने छ ।
२. पसलबाट किन्ने मिनिरल वाटर ८ प्रतिशत नै हुन्छ भने घरको धाराको पानीको बिल भने १० प्रतिशत हुने छ ।
३. रेष्टुरेन्ट भित्रै बसेर खाना खाएको अवस्थामा १० प्रतिशत नै लाग्ने छ भने रेष्टुरेन्टबाट टेक आउट लिएर जाने (डेलिभरी अर्डर) खानाको भने ८ प्रतिशत नै लाग्ने छ ।
४. आफु बस्ने घरको भाडामा पहिले देखिनै उपभोक्ता कर लाग्ने गरेको छैन । मानिस बाँच्नका लागि आवास आधारभुत आवश्यकताभित्र पर्ने भएकोले उपभोक्ता कर नलगाईएको हो ।
५. अस्पतालको उपचार खर्च, स्वास्थ वीमा, नागरिक पेन्सन आवास करको पनि उपभोक्ता कर लाग्दैन
६. नेपाल जाँदा आउँदा हवाईटिकटमा पनि उपभोक्ता कर लाग्दैन (० दशमलव ५ प्रतिशत नै हुन्छ) ।
७. जापानभित्र चल्ने हवाईजहाज, बस, रेल, ट्याक्सी लगायतका यातायात खर्चमा पनि उपभोक्ता कर १० प्रतिशत नै लाग्छ ।
उपभोक्ता करका सम्बन्धमा सुक्ष्म ढंगले वर्गिकरण गरिएकोले बुझ्नका लागि केही समय गाह्रो हुन सक्दछ ।

प्रश्न : जापानमा उपभोक्ता कर कहिलेदेखि सुरु भई बढ्नेक्रम जारी रहेको छ ?
उत्तर : जापानमा उपभोक्ता कर देशको तत्कालिन राजनैतिक तथा आर्थिक स्थितिको आधारमा निम्नानुसारले परिवर्तन हुने गरेको पाईएको छ ।
१. सन् १९८९ मा ३ प्रतिशत सुरु गरिएको
२. सन् १९९७ मा बढेर ५ प्रतिशत
३. सन् २०१४ मा बढेर ८ प्रतिशत
४. सन् २०१९ मा बढेर १० प्रतिशत

प्रश्नः विश्वका अन्य मुलुकमा उपभोक्ता करको दर के कस्तो रहेको छ ?
उत्तरः विश्वका केही प्रतिनिधीमुलक राष्ट्रमा विद्यमान उपभोक्ता करको दर यसप्रकार रहेको छ ।
१. बेलायतमा २० प्रतिशत
२. फ्रान्समा २० प्रतिशत
३. जर्मनीमा १९ प्रतिशत
४. चीनमा १६ प्रतिशत
५. फिलिपिन्समा १२ प्रतिशत
६. दक्षिण कोरियामा १० प्रतिशत
७. सिंगापुरमा ७ प्रतिशत
८. थाइल्याण्डमा ७ प्रतिशत
९. क्यानडामा ५ प्रतिशत

यो पनि पढ्नुहोस
हेल्लो सेन्सेइ ! भाग-(८) जापानमा अक्टोबरदेखि बढेको उपभोक्ता आयकर भनेको कस्तो कर हो ?
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972
थप जानाकारीका लागि यहां क्लिक गर्नुहोला । 

R

तपाईको प्रतिक्रिया