बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक विदेशी नागरिकले जापानी राष्ट्रियता लिनका लागि आवश्यक प्रावधान तथा आधारभुत मापदण्डका बारेमा चर्चा गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा आफ्ना जिज्ञासा पठाउन सक्नुहुने छ ।

विदेशी नागरिकले जापानी नागरिक बन्ने प्रक्रियालाई किखा भनिन्छ । जापानी नागरिक बनेपछि जापानी राहदानी लिन सकिन्छ । जापानी राहदानी लिएपछि भिसाको झन्झट स्वतः समाप्त हुन्छ र कामको प्रतिबन्ध हट्ने हुँदा स्वतन्त्ररुपमा काम गर्न पाईनुका साथै बैंकसंग कारोवार गर्न र रियल स्टेट कम्पनी (फुदोसान) संगको सम्झौतामा बिश्वसनियता बढ्न गई सहज हुन्छ ।
जापानी राष्ट्रियताका लागि आवेदन गर्दा देहायबमोजिमको मापदण्ड पुगेको हुनुपर्दछ ।
१. जापानमा निरन्तर ५ बर्ष बसेको हुनुपर्छ
क. ५ बर्षको अवधिमा कम्तिमा ३ बर्ष वर्किङ भिसामा रहेको हुनुपर्छ
ख. ५ बर्ष अवधि भित्रमा निरन्तर ३ महिना भन्दा बढि जापान छोडेको अवस्थामा निरन्तरताको अवधि समाप्त भएको मानिने छ ।
ग. विदेशी विद्यार्थी वा डिपेन्डेन्ट भिसा भएका ब्यक्ति एक्लैले भने जापानी नागरिकताका लागि आवेदन गर्न पाउने छैनन् ।
घ. जापानी नागरिकको श्रीमान वा श्रीमतीले भने ३ बर्षभन्दा बढि जापान बसेको हुनुपर्नेछ ।
२. उमेर २० बर्ष भन्दा बढि पुगेको अर्थात आफ्नो राष्ट्रको नियमअनुसार वयस्क मानिएको हुनुपर्ने छ । सो भन्दा कम उमेरको हकमा भने आफ्नो अभिभावकसंगै आवेदन गर्नुपर्ने छ ।
३. जीवन यापनको अवस्था ठीक दुरुस्त भएको हुनुपर्छ ।
क. कर, पेन्सन, स्वास्थ वीमा तिरेको वा तिर्न बाँकी नरहेको हुनुपर्ने, श्रीमान, श्रीमती अथवा संगै बस्ने परिवारको पनि पुष्टि हुनुपर्ने छ ।
ख. कम्पनी सञ्चालकको हकमा कम्पनीबाट वीमा छिरेको र कम्पनी वीमा रकम तिर्न बाँकी नरहेको हुनुपर्ने छ ।
ग. कर कार्यालयको कर परीक्षणमा परी अतिरिक्त करको जरिवानामा पर्नुभएको छ भने केही बर्षका लागि जापानी नागरिकताका लागि आवेदन गरे पनि स्वीकृत नहुने संभावना बढि रहने छ ।
घ. यातायातको नियम गम्भीर ढंगले उल्लङ्घन नगरेको र आपराधिक गतिविधिमा संलग्न नभएको रेकर्ड हुनुपर्ने छ । सामान्य ट्राफिक उल्लङ्घनको अवस्थामा समस्या हुँदैन तर पटक पटक उल्लङ्घन गरेको वा अत्याधिक गति उल्लङ्घन गरेको तथा मादक पदार्थ सेवन गरी ड्राइभिङ गरेको हुनुहुँदैन ।
४. जापानमा स्थिर जीवन यापन गर्न सकिने आयस्रोत भएको हुनुपर्ने
क. आफ्नै कमाई नभए पनि जापानमा संगै जीवन यापन गर्ने परिवारको सदस्यको स्थिर कमाई भएको हुनुपर्ने छ ।
ख. बैंक ब्यालेन्स पनि पुष्टि गर्नुपर्ने हुँदा बैंक ब्यालेन्सको स्थिति स्थिर र ठीक दुरुस्त हुनुपर्ने छ ।
५. जापानको नागरिकता प्राप्त गरिसकेपछि आफ्नो राष्ट्रको नागरिकता त्याग्नुपर्ने छ । जापानमा दोहोरो नागरिकताको प्रावधान छैन ।
६. हिंसात्मक गतिविधि तथा आतंकवादी संगठनमा संलग्न नभएको हुनुपर्ने, संलग्नता रहेको ब्यक्तिले जापानी नागरिकता आवेदन गर्न पाउने छैनन् ।
७. जापानी भाषामा पढ्न, लेख्न र बोलचाल गर्न सक्ने हुनुपर्ने छ । जापानीज भाषाको स्तर जापानको प्राथमिक स्कुलको तेस्रो वर्ष वा सो सरहको अर्थात एन थ्री लेभलको आवश्यक मानिन्छ ।
आवेदनका लागि आवश्यक कागजातहरु कम्प्युटरबाट टाइप गरिएको हुनुपर्ने छ । आफैले जापानीमा लेखेर होमक्योकु – Legal Affairs Bureau_ मा बुझाउनुपर्ने हुन्छ । आवेदन दिएपछि होमक्योकुका तोकिएका अधिकारीबाट लिईने अन्तरवार्तामा जापानी भाषामा बोल्नुपर्ने छ ।
यि माथि लेखिएका ७ वटा मुलभुत मापदण्ड पूरा गरेका विदेशी नागरिकले जापानी राष्ट्रियताका लागि आवेदन गर्न सक्ने छन् । यो प्रक्रिया इम्रिग्रेशनमा नभएर होमक्योकुमा गर्नुपर्ने छ । सामान्य अवस्थामा यसको परीक्षण अवधि ६ महिना देखि १ बर्ष लाग्ने छ । ***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ ! भाग (१०)  यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान !
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972
थप जानाकारीका लागि यहां क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया