Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक जापानमा पेन्सन प्रणाली र यसको प्रावधान बारे चर्चा गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा आफ्ना जिज्ञासा पठाउन सक्नुहुने छ ।

जापानमा पेन्सन प्रणाली (स्याकाइ होउकेन) यसको प्रावधान के कस्तो छ ?
जापानमा पेन्सनलाई २ किसिमले छुट्टाउन सकिन्छ । खोकुमिन नेन्किन र खोसेइनेन्किन । काम गरेको कम्पनीबाट पेन्सनको प्रक्रिया गरेको अवस्था भनेको खोसेइ नेन्किन हो भने कम्पनीबाट प्रक्रिया नगरेको अवस्थामा खोकुमिन नेन्किन हो । खोकुमिन नेन्किन अथवा खोसेइ नेन्किन जापानको कानून अनुसार जापानमा बस्ने २० बर्षभन्दा माथि र ६० बर्षभन्दा तलका स्वदेशी-बिदेशी सबैका लागि अनिवार्य हुन्छ । यो पेन्सन भनेको ६५ बर्ष भन्दा माथि उमेर पुगेका, अशक्त र निजको मृत्यु पश्चात आफ्नो बच्चा वा श्रीमतीले प्राप्त गर्ने निवृत्तिभरण हो ।

जापान छोडेको अवस्थामा हालसम्म पेन्सन बापत तिरेको रकम के हुन्छ ?
जापान छोडेको तलका अवस्थामा एकमुष्ट फिर्ता पेन्सन पाउन सकिन्छ । यसलाई एकमुष्ट पेन्सन फिर्ता प्रक्रिया (नेन्किन नो दात्ताइ इचिजिकिन) भनिन्छ ।
देहायको अवस्थामा एकमुष्ट पेन्सन फिर्ता पाउने प्रक्रिया लागू हुन्छ ।
१. जापानी नागरिकता नलिएको विदेशीहरुले खोकुमिन नेन्किन अथवा खोसेइ नेन्किन ६ महिना भन्दा बढि तिरेको अवस्थामा
२. जापानमा बसोबास त्यागेको प्रमाणित हुने निजको ठेगाना हटेको अवस्थामा
३. अहिलेसम्म अशक्त पेन्सन नलिएको अवस्थामा
४. एकमुष्ट पेन्सन फिर्ता पाउने प्रक्रियाका लागि जापान छोडेको २ बर्षभित्र पुरा गर्नुपर्ने छ । उक्त प्रक्रियाका लागि आवश्यक डकुमेन्टहरु पोस्टबाट जापानको पेन्सन कार्यालयमा पठाउनुपर्ने अथवा जापानमा रहेको एजेन्सीले पेन्सन कार्यालयमा गई प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।
यदि तपाईसंग पुनः प्रवेशको अनुमतिका साथ जापान छोड्नुभएको हो भने पनि सिटी कार्यालयलाई तपाईको ठेगाना सारिएको सूचित गरेको खण्डमा तपाईले एकमुष्ट पेन्सन रकम फिर्ता शुल्कको लागि आवेदन दिन सक्नुहुने छ ।

एकमुष्ट पेन्सन रकम कुन आधारमा के कसरी फिर्ता हुन्छ ?
यो रकम ६ महिना भन्दा बढि पेन्सन तिरेको अवस्थामा प्राप्त गर्न सकिन्छ । अधिकतम ३ बर्ष सम्मको पेन्सन रकमको आधारमा हिसाब गरी सो रकम प्राप्त गर्न सकिन्छ । अधिकतम पाउने भनेको ३ बर्ष सम्मको हुने छ । यदि तपाईले ९ बर्ष ११ महिना सम्मको पेन्सन तिर्नुभएको छ भने पनि पाउने भनेको अधिकतम ३ बर्ष सम्मको मात्रै हुन्छ र त्यो पनि ३ बर्ष सम्मको पेन्सन रकमको आधा रकम हुने छ । उदाहरणका लागि खोकुमिन नेन्किन तिरेको ब्यक्तिले तलको तालिका अनुसार एकमुष्ट पेन्सन फिर्ता पाउने छन् ।
तालिका

एकमुष्ट पेन्सन फिर्ता पाउन के कस्तो प्रक्रिया गर्नुपर्छ र आवेदनका लागि बुझाउनुपर्ने कागजातहरु के के हुन ?
बुझाउनुपर्ने कागजातहरु
१. एकमुष्ट पेन्सन फिर्ता आबेदनको चलानी (सेइक्युस्यो)
२. राहदानीको फोटो कपी
३. जाइर्‍यो कार्डको अगाडि पछाडिको फोटो कपी
४. आफ्नै बैंक खाता भएको प्रमाणित कागजात
५. जापानको पेन्सन पट्टा (नेन्किन तेच्यो)
क. एउटा कम्पनीबाट अर्को कम्पनीमा काम परिवर्तन गरे पनि नयाँ कम्पनीले खोसेइ नेन्किनको प्रक्रिया गरेमा खोसेइ नेन्किनको समय पहिलेको कम्पनीबाट जोडिएर आउने हुन्छ ।
ख. पेन्सन १० बर्ष भन्दा बढि अवधि तिरेको अवस्थामा एकमुष्ट फिर्ता नभएर सामान्य पेन्सन पाउने प्रक्रिया हुन्छ ।
ग. एकमुष्ट पेन्सन फिर्ता लिने बेलामा जापानको कर घटाउने केश हुनसक्ने भएकोले कर फिर्ता गराउने प्रक्रिया छुट्टै गर्न आवश्यक हुन्छ ।
घ. खोसेइ नेन्किन काम गरेको कम्पनीबाट प्रक्रिया पुरा गरिन्छ भने खोकुमिन नेन्किन भनेको आफैले प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । खोकुमिन नेन्किनका लागि सिटी अफिसमा गएर आवेदन गर्नुपर्दछ । अहिले खोकुमिन नेन्किन होकेन शुल्क प्रतिमहिना १६ हजार ४ सय १० येन लाग्छ । विदेशी बिद्यार्थीको हकमा पनि २० बर्ष कटेको छ भने खोकुमिन नेन्किन प्रक्रिया अनिवार्य छ । तर उनीहरुका लागि विद्यार्थी विशेष भुक्तानी प्रणाली अनुसार पेन्सनको शुल्कमा छूटको ब्यवस्था छ । त्यसका लागि आवेदन गर्नुपर्ने हुन्छ ।
पेन्सन प्रक्रियामा प्रवेश गरिएको छैन वा सो बापतको शुल्क तिरिएको छैन भने भने स्थायी भिसा (एज्यु) अथवा जापानी नागरिकता लिने प्रक्रियाका लागि गरिने आवेदन अस्वीकृत हुने संभावना बढि हुन्छ ।

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-4972
थप जानाकारीका लागि यहां क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया