शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक जापान सरकारबाट प्राप्त गर्ने राहत अनुदान मध्य “रोजगार समायोजन अनुदान” (koyōchōsei josei-kin) को बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

रोजगार समायोजन अनुदान भनेको कम्पनीले आफ्नो कर्मचारीलाई बिदा राखेको अवधिको ६० प्रतिशत भन्दा बढी तलबभत्ता भुक्तानी गरेको अवस्थामा कम्पनीले सरकारबाट प्राप्त गर्ने रकम भन्ने बुझिन्छ ।

यो बर्ष कोरोनाको कारणले गर्दा प्रक्रिया सहज भएको जानकारी गराउँदै देहायका कम्पनीहरु यस्तो अनुदानका लागि योग्य मानिन्छन् ।

१. श्रमब्यूरो र हेलोवर्कमा श्रमवीमा प्रक्रिया पूरा गरिएका कम्पनी
२. जापानको श्रम कानुनअनुसार कर्मचारी १ जना मात्र भए पनि श्रम वीमा छिरेको कम्पनी
३. बिस घण्टा भन्दा बढि काम गर्ने स्थायी (स्याइन) वा पार्टटाइमर कर्मचारी भएको र रोजगार वीमा छिरेको कम्पनी
३. श्रमवीमा र रोजगार वीमाको प्रक्रिया गरिसकेको कम्पनीलाई कोरोना महामारीका कारण यस बर्ष अप्रिल १ बाट सेप्टेम्बर ३० सम्मको अवधिमा कर्मचारीलाई बिदा भत्ता दिएमा १ जनाको १ दिनमा बढिमा १५ हजार येनसम्म जापान सरकारलाई अनुदान माग गर्न सकिने
४. अघिल्लो बर्षको सोही महिनाको तुलनामा कम्पनीको ५५ प्रतिशतभन्दा बढि ब्यापार घटेको हुनुपर्ने
५. खाईपाई आएको साबिकको तलवको ६० प्रतिशत भन्दा बढि बिदा भत्ता कम्पनीले तिरेको हुनुपर्ने, कर्मचारीलाई यो भत्ता नदिएको कम्पनीले भने यो अनुदानका लागि आबेदन गर्न पाउने छैनन् ।
६. यो स्याइन लगायत पार्टटाइमर र आरुबाइतो गर्नेहरुका हकमा पनि लागू हुने छ ।
७. कम्पनीमा भर्खर छिरेको र कम्पनीको नाइते लिएर १ दिन पनि काम नगरेको तर बिदा भत्ता तिरेको छ भने त्यस्तो अवस्थामा पनि आबेदन गर्न पाईने छ ।
८. कम्पनीको कार्यकारी प्रमुखको हकमा भने यो लागु हुने छैन । कम्पनी नभई ब्यक्तिगत (कोउजिन) ब्यवसायको हकमा पनि यो आवेदन गर्न सकिने छ ।
९. यो कोरोनाको कारण वीमा रकम ढिला गरी तिरेको छ भने पनि यो सुबिधा लिनका लागि आबेदन गर्न पाईने छ ।

राहत अनुदानका लागि आवेदन गर्न आवश्यकपर्ने कागजातहरु यसप्रकार छन् ।

१. आबदेन पत्र
२. उरिआगेको कागजपत्र (गएको बर्षको उरिआगे र यो बर्षको उरिआगे)
३. कर्मचारी बिदा बसेको पुष्टि गर्ने कागजात (जस्तै सिफ्ट डिटेल)
४. बिदा भत्ता भुक्तानी गरेको पुष्टि हुने कागजात (स्यालरी स्लिप)
५. कम्पनीको कार्यकारी प्रमुख २ वा २ जना भन्दा बढि भएमा उनीहरुको विवरण
६. कम्पनीको बैंक एकाउन्ट विवरण वा  क्याश कार्डको फोटोकपी
यो अनुदानको पहिलो चरणको आवेदन आगामी अगस्ट ३१ तारिखसम्म मात्र  रहेको छ, श्रमब्यूरो अथवा हेलोवर्कमा आवेदन गर्न सकिने छ । हेलो वर्कमा प्रक्रिया गरेको कर्मचारीको रोजगार वीमाको जानकारी इमिग्रेशनमा पनि पठाइने हुँदा कम्पनीमा प्रवेश मिति र छाडेको मितिको बारेमा सहि जानकारी गराउनुहोला ।

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया