शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक जापानको ’श्रम वीमा’ को बारेमा थप जानकारी गराउने प्रयास गरिएको छ । श्रम वीमामा आबद्द भएको अवस्थामा त्यो कम्पनीमा काम गर्ने कर्मचारीहरुले पनि धेरै सुबिधा प्राप्त गर्न सक्नेछन् ।श्रम वीमा २ प्रकारका हुन्छ । जापानको श्रम कानूनअनुसार प्रत्येकको प्रक्रिया फरक फरक छ ।

१. औद्योगिक दुर्घटना वीमा (Rōsaihouken)
कर्मचारीहरुलाई कामको अवधिमा चोटपटक लागेमा वा कामको कारण बिरामी भए, काममा जाँदा-आउँदा चोटपटक लागेको अवस्थामा राज्यबाट कर्मचारीहरुलाई लाभ भुक्तान गरिन्छ ।
१. उपचार खर्च लाभ
२. विदा भित्ता
३. चोटपटक पेन्सन
४. अशक्तता लाभ
५. हेरचाह भुक्तान
६. मृत्यु लाभ
कामको कारण उपचार अथवा हस्पिटलमा लाग्ने खर्च, काममा बिदा बस्नुपर्दा, कामको अवस्थाको कारण स्वास्थ्य राम्रो नभएमा, अशक्त भए, सँधै हेरचाह गर्नुपर्दा र मृत्यु भएमा जापान सरकारबाट सुबिधा भत्ता प्राप्त गर्न सकिन्छ ।
कामको बेला हुने चोटपटक र बिरामी मात्र नभइ काममा जाँदा-आउँदा हुने दुर्घटनाको बेलामा पनि जापान सरकारबाट बिमा रकम प्राप्त गर्न सकिन्छ ।
कर्मचारीले औद्योगिक दुर्घटना वीमा प्राप्त गर्नलाई कार्यरत कम्पनीले श्रम वीमाको प्रक्रिया गरेको हुनुपर्दछ । श्रममानक निरीक्षण कार्यालय (Rōdōkijunkandokusho) बाट यो वीमाको प्रक्रिया गर्न सकिन्छ ।
श्रम वीमा प्रत्येक बर्ष जुलाई १० तारिखसम्म गरिसक्नुपर्दछ । तर यो बर्ष कोरोनाको कारण अगस्ट ३१ तारिखसम्म लम्ब्याईएको छ ।
श्रम वीमा शुल्क कर्मचारीको १ बर्षको कमाइको ० मशमलव ३५ प्रतिशत (कामको प्रकृति अनुसार) पर्ने छ । यो शुल्क कर्मचारीले नभई सबै कम्पनीले तिर्नुपर्दछ ।

२. रोजगार वीमा (Koyōhouken)
कर्मचारीहरुले काम छोडेको खण्डमा अथवा बच्चा हुर्काउनलाई बिदा बस्दा, परिवारमा कसैलाई हेरचाह गर्न बिदा बस्दा सरकारबाट वीमा रकम कर्मचारीलाई उपलब्ध गराईन्छ ।

बेरोजगारी भत्ता (कम्पनी छोड्दा) चाइल्ड केयर भत्ता (बच्चा ० देखि २ वर्षको हुँदा बिदा भत्ता) नर्सिङ हेरविचार भत्ता (परिवारको सदस्यको हेरचाह गर्दा) कर्मचारीले रोजगार वीमाको रकम प्राप्त गर्नका लागि कम्पनीले रोजगार वीमाको प्रक्रिया गरिएको हुनुपर्दछ । यो प्रक्रिया हेलो वर्कबाट गर्नुपर्ने हुन्छ । रोजगार वीमा कर्मचारीको बार्षिक कमाईको ० दशमलव ९५ प्रतिशत कर्मचारीले ० दशमलव ३५ मासिक तलवबाट तिर्नुपर्छ भने कम्पनीले ० दशमलव ६५ प्रतिशत तिर्नुपर्दछ ।

जापानको श्रम कानुन अनुसार कम्पनीमा कर्मचारी स्याइन, पार्टटाइमर अथवा आरुबाइतो १ जना भन्दा बढि भएमा श्रम वीमामा छिर्नुपर्ने हुन्छ । त्यस्तै स्याइन, पार्टटाइमर कर्मचारी भई हप्तामा २० घण्टा भन्दा बढि काम गरेको छ भने हेलोवर्कमा गएर प्रक्रिया गर्नुपर्ने हुन्छ ।कर्मचारीहरुको काम गर्ने क्रममा घाउ चोटपटक लागेमा औद्योगिक दुर्घटना वीमा प्राप्त गर्न सक्छन् भने काम गुमेको अथवा काम छोडेको बेला बेरोजगारी भत्ता प्राप्त गर्न सक्छन् ।

रोजगार वीमा र इमिग्रेशनको सम्बन्धमा हेलोवर्कमा प्रक्रिया गरिएको रोजगार वीमाको जानकारी इमिग्रेशनमा पनि पठाइने हुँदा कम्पनी प्रवेश गरेको मिति र काम छोडेको मिति सहि तरिकाले जानकारी गराउनु पर्दछ ।

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया