बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक ब्यक्तिगत व्यापार-ब्यवसाय (कोजिन जिग्यो) सुरु गर्ने तरिका र यसको प्रक्रियाको बारेमा जानकारी गराउने प्रयास गरिएको छ । जापानमा बिदेशीले ब्यापार-ब्यवसाय गर्नका लागि बिजनेस, एइज्युउ, तेइज्यु, जापानी हाइगुस्या लगायतका आधिकारिक भिसा भएको हुनुपर्दछ ।
ब्यवसाय गर्दा कम्पनीबाट भन्दा ब्यक्तिगत तवरले कम समय र लगानीमा गर्न सकिन्छ । त्यसका लागि सर्बप्रथम कुन ब्यवसाय सञ्चालन गर्ने त्यसको तयारी गर्नुपर्ने हुन्छ । यदि रेष्टुरेन्ट ब्यवसाय गर्न चाहेको हो भने पसल भाडामा लिई भित्र बाहिरको निर्माण कार्य सम्पन्न गरी होउकेनज्योबाट ब्यवसाय अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने हुन्छ । कम्पनीको हकमा पनि यहि प्रक्रिया लागू हुन्छ ।

क. रेष्टुरेन्ट सञ्चालन गर्दा पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया
१. सार्वजनिक स्वास्थ्य केन्द्र (होउकेनज्यो) बाट व्यवसाय सञ्चालन अनुमतिपत्र
२. खाद्य स्वच्छता ब्यवस्थापन सम्बन्धि योग्यताको प्रमाणपत्र (Ushokuhin Eisei Sekininsha no shikakuu)
३. अग्नि नियन्त्रण कार्यालयबाट अग्नि नियन्त्रण सम्बन्धि आधारभूत प्रशिक्षण लिएको योग्यताको प्रमाणपत्र

ख. हलाल फुड सञ्चालन गर्दा पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया
१. सार्वजनिक स्वास्थ्य केन्द्रबाट दैनिक उपभोग्य खाद्य पदार्थ बिक्री-बितरण सम्बन्धि व्यवसाय सञ्चालन गर्न पाउने इजाजतपत्र
२. माछा-मासुजन्य उपभोग्य वस्तु विक्रीबितरण गर्न पाउने व्यवसायिक इजाजतपत्र
३. तैयारी खाना लञ्च प्याकेज (बेन्तो) विक्री गर्नका लागि पनि अनुमति आवश्यक पर्दछ ।

ग. मदिराजन्य पदार्थ बिक्री सम्बन्धि ब्यवसाय सञ्चालन गर्दा पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया
१. कर कार्यालयबाट मदिराजन्य वस्तु बिक्री सम्बन्धि इजाजत पत्र (मदिराजन्य ब्यवसाय सञ्चालन गर्दा अनुमतिपत्रका लागि सार्वजनिक स्वास्थ्य केन्द्र नभइ कर कार्यालयमा जानुपर्छ)
२. रेष्टुरेन्टमा बिक्री गरिने मदिराको हकमा भने सार्वजनिक स्वास्थ्य केन्द्रको इजाजत पत्र भए हुन्छ ।

घ. पुनःप्रयोगजन्य सामग्री (रिसाइकल) ब्यवसाय सञ्चालन गर्दा पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया
१. स्थानीय प्रहरी प्रशासनबाट पुनःप्रयोगजन्य सामग्रीहरु विक्री गर्न पाउने अनुमतिपत्र (कोबुचु क्योखा)
यो ब्यवसाय सञ्चालन गर्दा पुराना प्रयोग गरिएका सामग्री खरिद वा बिक्री गर्न पाउने प्रहरीको अनुमतिपत्र अनिवार्य लिनुपर्दछ । यो अनुमति पत्र नलिई व्यवसाय सञ्चालन गर्नु गैरकानूनी हो ।
माथि उल्लिखित कुनै पनि ब्यवसाय सञ्चालनका लागि सम्बन्धित निकायबाट अनिवार्य अनुमतिपत्र प्राप्त गरेपछि मात्र ब्यवसाय सञ्चालन गर्न सकिन्छ । प्राप्त अनुमति पत्रको फोटो कपी इमिग्रेशनका साथै कर्जा तथा अनुदानका लागि आवेदन गर्नुपर्दा सम्बन्धित निकायहरुमा पनि पेश गर्नुपर्ने हुन्छ ।

ङ ब्यक्तिगत व्यवसाय सुरू गरिसकेपछि कर कार्यालयमा बुझाउनुपर्ने आवश्यक कागजातहरु
१. ब्यक्तिगत व्यवसाय खोल्ने सूचना
२. तलब भुक्तान कार्यालयको सूचना
३. तलब आयकरको आधा वर्ष भुक्तानको सूचना
४. आओ इरो सिन्कोकुको सूचना
५. आओ इरो पूर्णकालिन कर्मचारीको सूचना
तलब भुक्तान कार्यालयको सूचना भन्नाले पूर्णकालिन वा आंशिक कर्मचारी भएमा कर कार्यालयलाई सूचना दिनुपर्दछ । बिजनेश भिसा आबेदन गर्दा पनि यो सूचना इमिग्रेशनमा बुझाउनुपर्ने हुन्छ ।
६. आओ इरो शिन्कोकुको सूचना भन्नाले ब्यक्तिगत व्यवसायको कर सस्तो गर्ने सूचना हो, बिक्री र खर्चलाई हिसाब गरी सहि तरिकाले सूचित गर्न चाहने ब्यक्तिले यो सूचना कर कर्यालयमा बुझाए अधिकतम ६५ मान सम्मको नाफालाई कर नलाग्ने हुनसक्छ । यो ब्यवसाय सुरु गरेको २ महिना भित्र जानकारी गराई सक्नुपर्दछ ।
७. आओ इरो पूर्णकालिन कर्मचारीको सूचना भन्नाले ब्यक्तिगत ब्यवसायमा परिवारलाई तलब दिए पनि खर्चमा देखाउन पाईदैन तर यो जानकारी गराएमा परिवारलाई दिएको तलबलाई पनि खर्चमा देखाउन सकिन्छ र करलाई सस्तो बनाउन सकिन्छ । परिवारका सदस्यले अन्यत्र काम गरेको अवस्थामा भने यो सूचनाले कर कम हुँदैन ।
८. ब्यक्तिगत ब्यवसाय सुरु गरिसकेपछि प्रत्येक बर्ष कर कार्यालयमा ब्यवसायको अडिट (खाकुतेइ सिन्कोकु) को जानकारी गर्नुपर्ने हुन्छ ।
ब्यक्तिगत ब्यवसायको ब्यक्तिले प्रत्येक बर्षको जनवरी १ बाट डिसेम्बर महिनाको ३१ सम्मको विक्री, खर्च, तलब, नाफाको हिसाब गरी अर्को बर्षको ३ महिनाको १५ तारिखसम्ममा खेस्सानस्यो कर कार्यालयमा अनिवार्य बुझाउनुपर्दछ । आफ्नो ब्यवसायको अतिरिक्त ब्यवसायीले बाहिर पनि काम गरेको हो भने त्यहाँको तलबको गेन्सेन पनि संगै कर कार्यालयमा बुझाउनुपर्दछ । कर कार्यालयमा जानकारी गराई सकेपछि यो सम्पूर्ण जानकारी सिटी कार्यालयमा पनि जाने हुँदा त्यसैको आधारमा सिटी कार्यालयले आवासीय कर पठाउँदछ । यो अवस्थामा सिटी कार्यालयले दिने खाजेस्योमेइस्योमा ब्यक्तिगत ब्यवसायको नाफा उल्लेख हुन्छ । खाजेस्योमेइस्यो आवश्यकता अनुसार इमिग्रेशन तथा वित्तीय संस्थानहरुमा पनि पेश गर्नुपर्ने भएकोले यसबारेमा सावधानी अपनाउनु आवश्यक छ । ***
यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

तपाईको प्रतिक्रिया