Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी कोरोनाको कारण कम्पनीमा कार्यरत कर्मचारीले कम्पनी बिदा हुँदा कम्पनीबाट बिदा भत्ता प्राप्त गर्न नसकेकाहरुका लागि सरकारबाट बिदा भत्ता सहायता (Kyūgyō shien-kin) प्राप्त गर्न सकिने प्रक्रिया बारे जानकारी गराउने प्रयास गरिएको छ ।

कोरोनाका कारण कम्पनीबाट बिदा बस्नुपरेको अवस्थामा कतिपयले बिदा भत्ता बापत तलबको ६० प्रतिशत भन्दा बढि रकम प्राप्त गरिसक्नुभएको होला । तर कतिपयले लिन सक्नुभएको छैन भने बिदा भत्ताको लागि निबेदन गर्न सकिन्छ ।

यो बर्षो अप्रिल १ तारिखबाट सेप्टेम्बर ३० तारिखसम्मको अवधिमा बिदा बसेको बिदा भत्ता प्राप्त नगरेको ब्यक्तिले श्रमब्युरो

(रोदोक्योकु) मा गई निवेदन गरेमा तलबको ८० प्रतिशत बिदा भत्ता स्वरुप सहायता रकम प्राप्त गर्न सकिने छ ।

यो भत्ता जापानमा काम गर्ने स्वदेशी तथा विदेशी नागरिक सबैले पाउँछन भने रोजगार वीमामा नछिरेका आंशिक कामदारले पनि प्राप्त गर्न सक्दछन् । यसैगरी प्रशिक्षार्थी कामदार (गिनोउ जिइस्युउसेइ) ले पनि यो सुविधा प्राप्त गर्न सक्छन् ।

काम गर्ने दिन र समय घटाइएकाहरुले पनि यो सुबिधा पाउँछन भने सुरुमा बिदा भत्ता प्राप्त गरेको तर बिचबाट नपाएकाहरुले पनि सो अवधिको बिदा भत्ता प्राप्त गर्न सक्दछन् । कम्पनी छोडेको ब्यक्तिले पनि कम्पनी छोड्नु भन्दा अघि बिदा बसेको भए बिदा बसेको अवधिको भत्ता पाउन सकिन्छ । तर कम्पनीका प्रमुखले भने यो सुविधा पाउने छैनन् । यसका साथै युक्यु बिदा, सुत्केरी वा चाइल्ड केयरका लागि कामबाट बिदा लिने व्यक्तिहरूले पनि यो सुविधा पाउने छैनन् ।

प्रक्रियाका लागि तयारी गर्नुपर्ने कागजात (पोस्ट अथवा अनलाइनबाट आवेदन गर्न सकिने)

१. आवेदन फारम (आफैले भर्नुपर्ने)

२ पुष्टिकरण फारम (व्यक्ति र कम्पनीले भर्नुपर्ने)

३. आवासीय कार्ड (जाइर्‍यु कार्ड) वा चालक अनुमतिपत्रको प्रतिलिपी

४. बैंक पासबुक प्रतिलिपि वा एटीएम कार्डको प्रतिलिपी

५. बिदा अघि र बिदाको अवधिमा तलब बापत प्राप्त गरेको रकम पुष्टि हुने कागजात

६. पुष्टिकरण फाराममा कम्पनीले नभरेको खण्डमा, कम्पनीले भर्ने ठाउँ खाली राखेर पनि बुझाउन सकिन्छ । यस्तो अवस्थामा श्रम ब्युरोबाट कम्पनीमा सम्पर्क गरी सोधपुछ गर्न सक्नेछन् ।

आवेदन अवधि यो बर्षको अप्रिलबाट जुनसम्म बिदा लिएको भए सेप्टेम्बर ३० सम्ममा आवेदन गरिसक्नुपर्ने छ ।

यसैगरी जुलाई महिनामा बिदा लिएको भए अक्टोबर ३१ सम्म आवेदन अवधि हुने छ भने अगस्टमा बिदा लिएको भए नोवेम्वर ३० सम्म र सेप्टेम्बर महिनामा लिएको बिदाको आवेदन अवधि डिसेम्बर ३१ सम्म रहने छ ।

यदि तपाईसंग यस प्रक्रियाको बारेमा कुनै जिज्ञासाहरु छन् भने, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय, श्रम ब्यूरोको कल सेन्टर  (0120-221-276) मा सम्पर्क गरी बुझ्न सकिने छ । जापानको श्रम कानुनअनुसार कम्पनीका कर्मचारी, पार्टटाइमर वा आरुबाइतो १ जना भन्दा बढि भएमा श्रम वीमामा छिर्नुपर्ने हुन्छ । कम्पनीले श्रम वीमाको प्रक्रिया नगरेको भए श्रम ब्युरोले सम्पर्क गरी कम्पनीलाई श्रम वीमामा छिर्न अनुरोध गर्नेछन् । त्यस्तै कर्मचारी, पार्टटाइमर भई हप्तामा २० घन्टा भन्दा बढि काम गरेको छ भने हेल्लो वर्कमा गएर रोजगार वीमाको प्रक्रिया गर्नुपर्ने हुन्छ ।***

हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया