बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी काममा परिचय (स्योउखाइ) गराउने ब्यवसाय (Shokugyō Shōkai jigyō) सुरु गर्दा अपनाउनुपर्ने आवश्यक प्रक्रियाका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

जापानमा काम स्योउखाइ गर्ने ब्यापार सुरु गर्ने बेलामा जापान सरकारबाट अनुमतिपत्र लिनुपर्दछ । त्यसका लागि कम्पनी वा निजी व्यवसाय (Kojin jigyō) जुन भए पनि, निम्न मापदण्ड पूरा गर्न आवश्यक पर्दछ ।

१. काम स्योखाइ गर्नसक्ने प्रबन्धक (Shokugyō Shōkai Sekininsha) १ जना भन्दा बढि हुनुपर्ने हुन्छ । काम स्योखाइ गर्न सक्ने प्रबन्धक बन्नका लागि १ दिनको प्रशिक्षण लिएर परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ र ३ बर्षभन्दा बढि कामको अनुभव भएको हुनुपर्छ ।

गोपनियता र व्यक्तिगत जानकारी सुरक्षित गर्नसक्ने कार्यालय हुनुपर्दछ र कार्यालय बस्ने ठाउँबाट अलग हुनुपर्दछ । यदि अर्को कम्पनी संगै कोठा भाडामा लिएको हो भने, कोठामा पार्टेशन गरिएको र ढोका अलग अलग भएको हुनुपर्दछ । भाडाको (रेन्टल) अफिस भए पनि हुन्छ तर खुल्ला स्थान भएको रेन्टल अफिसको मान्यता हुँदैन । रेन्ताइ केइयाकु (कुनै एक ब्यक्तिले भाडामा लिएर फेरि अर्को ब्यक्तिलाई भाडामा दिनु) को अवस्थामा घरबेटीको अनुमतिपत्र आवश्यक हुन्छ ।

खेस्सान्स्योको कन्टेन्ट अनुमति प्राप्त गर्न सक्ने सामग्री भएको हुनुपर्दछ । खेस्सान्स्योको निरिक्षणको बारेमा कुल सम्पत्तिबाट कुल ऋण घटाएपछि कुल रकम ५०० मान येन वा बढि भएको हुनुपर्दछ । नगद पैसा र बैंकको खातामा १ सय ५० मान येन भन्दा बढि भएको हुनुपर्ने छ । कम्पनी स्थापना भएदेखि खेस्सान मिति पूरा भएको छैनभने कुलपूँजी ५ सय मान येन वा सो भन्दा बढि भएको हुनुपर्दछ । कम्पनीको तोहोनमा व्यापार उद्देश्य काम स्योउखाइ गर्ने भनि लेखिएको हुनुपर्दछ । यदि नलेखिएको भए होमक्योकुमा गएर उद्देश्य थप्नुपर्ने हुन्छ ।

आबेदन गर्दा व्यवसाय योजना, शुल्क सूचना फाराम तेइखान, तोहोन कार्यालय भाडा सम्झौता, कार्यालयको आउटलेट नक्शा,
वित्तीय विवरण, करभुक्तान प्रमाणपत्र, खेस्सान्स्यो, करभुक्तान प्रमाणपत्र (नोउजेइ स्योमेइस्यो) ज्युमिनहयो, रिरेकिस्यो (बायोडाटा) आदि तयार गरी श्रमब्यूरोमा बुझाउनुपर्दछ । शुल्क टिकटहरूको लागि ५ मान येन र दर्ता इजाजत पत्र करको लागि ९ मान येन लाग्दछ । श्रमब्यूरोमा कागजी प्रक्रिया सकेपछि श्रमब्यूरोको स्टाफले अनुसन्धान र निरिक्षण गर्नेछन । अनुमति प्राप्त गर्न, प्रक्रिया र निरिक्षण गरी ३ महिना सम्म लाग्न सक्छ । पुनश्चः अर्को अंकमा जिन्जाइ हाकेनग्यो (हाकेन कम्पनी) को बारेमा जानकारी गराउने छौं ।
यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 
Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया