शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी खाजेइस्योमेइस्यो (कर प्रमाणपत्र) को बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

इमिग्रेशनमा थप भिसा वा भिसा परिवर्तनका लागि आवेदन गर्दा खाजेइ स्योमेइस्यो अनिवार्य बुझाउनुपर्ने हुन्छ । बर्तमान अवस्थामा भने डिपेन्डेन्ट भिसा भएका ब्यक्तिले पनि भिसा एप्लाई गर्दा खाजेइ स्योमेइस्यो बुझाउनुपर्ने भएको छ ।खाजेइ स्योमेइस्यो भनेको वार्षिक आय र निवास कर (सिटी कर) को बारेमा लेखिएको सिटी कार्यालयले प्रमाणित गरेको कागजात हो ।
उदाहरणका लागि २०१९ सालको वार्षिक आय बारेको खाजेइ स्योमेइस्यो अर्को साल अर्थात २०२० को ६ महिना तिर सिटी अफिसबाट प्राप्त गर्न सकिन्छ । बसाई सराई गरिएको अवस्था हो भने जनवरी १ तारिखमा बसेको ठेगानाको सिटी कार्यालयबाट अघिल्लो बर्षको खाजेइ स्योमेइस्यो प्राप्त गर्न सकिन्छ । सिटी कार्यालय अनुसार सामान्य फरक भए पनि लगभग यहि अनुसार नै हुन्छ ।

खाजेइ स्योमेइस्योबाट देहायका जानकारीहरु पाउन सकिन्छ ।
१. यसबाट अघिल्लो १ बर्षमा भएको कमाई अर्थात तलव थाहा पाउन सकिन्छ । काम गरेको कम्पनीले गेन्सेन (१ बर्षको तलबी विवरण) सिटी कार्यालयमा पठाइदिने हुँदा सिटी कार्यालयले प्रमाणीकरण गरी खाजेइ स्योमेइस्यो बनाउँछ । २ वटा कम्पनीबाट तलब प्राप्त गरेको अवस्थामा सिटी कार्यालयले २ वटै कम्पनीको गेन्सेन जोडेर खाजेइ स्योमेइस्यो बनाउँदछ ।
अचेल इमिग्रेशनले डिपेन्डेन्ट भिसा बाहकहरुको पनि भिसा एप्लाई गर्दा खाजेइ स्योमेइस्यो बुझाउनुपर्ने प्रावधान राखेको छ । डिपेन्डेन्ट भिसामा १ बर्षको तलब हेरी १ हप्तामा २८ घण्टा भन्दा बढि काम गरेको छ कि छैन भनेर कडाईका साथ चेक गर्ने गरेको छ । खाजेइ स्योमेइस्योमा काम गरेको घण्टा लेखिएको हुँदैन तथापि तलब धेरै देखिएमा १ हप्तामा २८ घण्टाभन्दा बढि काम गरेको हुन सक्ने आशंका हुनु स्वभाविकै हो । प्रतिघण्टा धेरै तलव हुने अवस्था पनि हुन सक्ने भएकोले त्यस्तो अवस्थामा त्यसलाई पुष्टि गर्ने प्रमाण पेश गर्नुपर्ने हुन्छ । डिपेन्डेन्ट भिसा भएको ब्यक्तिले पार्ट टाइम काम गर्न अनिवार्य वर्क-पर्मिट लिनुपर्दछ ।

२. कम्पनीबाट तलब बापत प्राप्त हुने रकमलाई आय मानिएको हुन्छ । यदि कुनै ब्यक्तिगत ब्यवसाय पनि गरिएको छ भने त्यो कमाई व्यापारबाट भएको आय भनेर उल्लेख गरिएको हुन्छ । यदि तलब र ब्यक्तिगत ब्यवसाय पनि गरिएको छ भने तलब आय र ब्यापार आय छुट्टा छुट्टै उल्लेख गरिएको हुन्छ ।

३. स्याखाइ होकेन (सामाजिक बीमा प्रिमियम-स्वास्थ्य बीमा, पेन्सन, रोजगार बीमा) को भुक्तानी गरिएको तलब प्राप्त गर्दा कटौती गरिएको छ भने कति कटौती गरिएको छ त्यो रकम खाजेइ स्योमेइस्योमा लेखिएको हुन्छ । यदि आफैले भुक्तानी गरिएको हो भने तिरेको बिल कम्पनी वा सिटी कार्यालयमा बुझाएमा मात्र खाजेइ स्योमेइस्योमा उल्लेख गरिन्छ ।

४. आश्रतिहरूको संख्या : आश्रितहरु भन्नाले आफ्नो जीबनसाथी, १६ बर्ष भन्दा मुनिका बच्चा, अनि ७० बर्षभन्दा माथिको परिवारको संख्या लेखिएको हुन्छ । श्रीमानको गेन्सेनमा श्रीमतीको नाम लेखिएको भए पनि सिटी कार्यालयको कर्मचारीले श्रीमतीको तलब धेरै भएको अवस्थामा श्रीमानको खाजेइ स्योमेइस्योबाट श्रीमतीको नाम हटाइदिन सक्छ ।
श्रीमानको आश्रितमा हुनको लागि वार्षिक १० लाख ३० हजार (१ सय ३ मान) भन्दा थोरै र बिशेष अवस्थामा भने १५ लाख (१ सय ५० मान) भन्दा थोरै भएको हुनुपर्दछ ।
इमिग्रेशनले श्रीमानको खाजेइ स्योमेइस्यो हेरेपछि श्रीमति आश्रितमा छ कि छैन चेक गर्छ । नेपालमा भएको परिवारलाई आश्रितमा राख्नका लागि परिवारको नाममा पैसा पठाएको हुनुपर्छ । नाता प्रमाणित र नेपालको परिवारको नाममा पैसा पठाएको कागज पत्र प्रत्येक बर्ष कम्पनी र सिटी कार्यालयमा बुझाउनुपर्दछ । खाजेइ स्योमेइस्योमा १६ बर्षभन्दा तलका बच्चाहरुको संख्या लेखिने हुँदा गेन्सेन बनाउने बेला सहि तरिकाले कम्पनीमा जानकारी गराउनुपर्दछ । इमिग्रेशनले बच्चाको संख्या चेक गरी अभिलेख राख्ने हुँदा भिसा आवेदन गर्दा कुनै आशंका उत्पन्न नहुने गरी सावधानी अपनाउनु पर्दछ ।

५. आवासीय करको रकम : सिटी कार्यालयले जारी गर्ने खाजेइ स्योमेइस्योमा तिर्नुपर्ने ट्याक्स रकम उल्लेख गरिएको हुन्छ । करको सम्पूर्ण रकम शुन्य भएको बेला हिखाजेइ स्योमेइस्यो लेखिएको हुन्छ । वार्षिक आय कम भएको बेला अथवा आश्रित परिवार धेरै भएको बेला कर शुन्य हुन आउँछ ।

सिटी कार्यालयको खाजेइ स्योमेइस्योबाट धेरै बिषयको जानकारी प्राप्त हुने हुँदा दिईएको विवरणमा त्रुटी भएका छन् भने सिटी कार्यालयमा गई सच्याउन सकिन्छ । खाजेइ स्योमेइस्यो तपाईको वार्षिक आय र परिवारका आश्रित सदस्यहरुको प्रमाणित गर्ने कागजात भएकोले आफ्नो खाजेइ स्योमेइस्यो राम्रोसंग रुजु गर्न आवश्यक छ ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

तपाईको प्रतिक्रिया