शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी
कर कार्यालयमा खाकुतेइ सिन्कोकु गर्ने बेलाको आओइरो सिन्कोकुको बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

कम्पनी सञ्चालन गर्दै आउनुभएका कम्पनीका सञ्चालकहरुले आफ्नो कम्पनीको आम्दानी, खर्च, नाफा-नोक्सानको हिसाब गरी लेखा परीक्षण (खेस्सान) भएको दिन बाट २ महिनाभित्रमा लेखा परीक्षण प्रतिबेदन कर कार्यालयमा अनिवार्य बुझाउनुपर्ने हुन्छ ।

ब्यक्तिगत ब्यबसाय (कोजिन जिग्यो) गर्ने ब्यक्तिहरुले पनि प्रत्येक बर्ष जनवरी १ तारिखबाट डिसेम्बर ३१ तारिखसम्मको आम्दानी, खर्च, नाफा-नोक्सानको हिसाब गरी अर्को बर्षको मार्च १५ तारिखसम्ममा लेखा परीक्षण प्रतिबेदन कर कार्यालयमा बुझाउनु पर्दछ ।
खाकुतेइ सिन्कोकु गर्ने बेलामा करको हिसाब गरी करको खेस्सान्स्यो पनि कर कार्यालयमा बुझाउनु पर्दछ । कम्पनीको हकमा कर्पोरेट कर (होउजिनजेइ) र उपभोक्ता कर (स्योहिजेइ) को विवरण, व्यक्तिगत ब्यवसायको हकमा आयकर र उपभोक्ता करको विवरण (खेस्सान्स्यो) बुझाउनु पर्दछ ।

यो कर हिसाब गर्ने बेलामा कर कार्यालयमा आओइरो सिन्कोकु सूचना फार्म बुझाउनु भएको भए देहायअनुसार कर सस्तो पर्न जान्छ ।
कम्पनीको आओइरो सिन्कोकु सम्बन्धमा :

१. घाटा (आकाजी) कुरिकोसी : कम्पनीको लेखा विवरण घाटा भएको बेला घाटाको रकमलाई अर्को बर्षबाट १० बर्षसम्म तान्न सकिन्छ, र अर्को बर्षको नाफालाई प्लस माइनस गर्न सकिन्छ । नाफाबाट अगाडिको बर्षको घाटालाई घटाउन सकिने हुँदा नाफा थोरै भई कर सस्तो पर्न जान्छ ।
२. घाटा भएको अघिल्लो बर्षको फिर्ता हुने कर : कम्पनीको लेखा विवरण घाटा भएको बेला घाटाको रकमलाई अघिल्लो बर्षको नाफासंग प्लस माइनस गर्न सकिन्छ र अघिल्लो बर्ष तिरेको करलाई फिर्ता गर्न सकिन्छ । यो १ नं. र २ नं. मध्य एउटा रोज्न सकिन्छ ।
३. सानो रकमको सम्पत्ती सम्पूर्णलाई खर्चमा देखाउन सकिन्छ । उपकरणको किनमेल अथवा निर्माण सम्बन्धि कार्य गरिएको अवस्थामा धेरै बर्ष लगाएर खर्चमा देखाउनुपर्ने हुन्छ तर आओइरो सिन्कोकुको अवस्थामा भने १ पटकमा ३० मान भन्दा थोरैको किनमेल वा केही निर्माण सामाग्रीको सम्पूर्ण रकमलाई खर्चमा देखाउन सकिन्छ र करलाई सस्तो बनाउन सकिन्छ ।
४. ब्यक्तिगत व्यवसायको आओइरो सिन्कोकु सम्बन्धमाः देहायको अवस्थामा व्यक्तिगत आयकर सस्तो हुन्छ ।
क. आओइरो सिन्कोकुको कटौतीः आओइरो सिन्कोकु कर कार्यालयमा बुझाएको भए १० मान बराबर कटौती हुने छ ।
ख. ५५ मानसम्म कटौती गर्न सकिने अवस्था : आम्दानी वा खर्च राम्रोसंग हिसाब गरी लेखा प्रतिबेदन बनाई म्याद अवधि मार्च १५ तारिख भित्र कर कर्यालयमा बुझाउनुपर्ने र यो सर्तका लागि पनि आओइरो सिन्कोकु कर कार्यालयमा बुझाएको हुनुपर्दछ ।
ग. ६५ मानसम्म कटौती गर्न सकिने अवस्था : विद्युतीय(इन्टर्नेट) माध्यमबाट सिन्कोकु गरिएको हुनुपर्ने ।
घ. लेखा प्रतिबेदन बनाई म्याद अवधि मार्च १५ तारिख भित्र कर कर्यालयमा बुझाएको हुनुपर्ने ।
ङ. आओइरो सिन्कोकु कर कार्यालयमा बुझाएको हुनुपर्ने ।
५. आकाजी (घाटा) कुरिकोशीः
क. व्यक्तिगत ब्यवसायको लेखा प्रतिबेदन घाटा भएको बेला घाटाको रकमलाई अर्को बर्षबाट ३ बर्षसम्म तान्न सकिन्छ, र अर्को बर्षको नाफालाई प्लस माइन्स गर्न सकिन्छ । नाफाबाट अगाडिको बर्षको घाटालाई घटाउन सकिने हुँदा नाफा थोरै भई कर सस्तो पर्न जान्छ ।
ख. परिवारको सदस्यलाई भुक्तानी गरेको तलबलाई खर्चमा देखाउन सकिन्छ
ग. आओइरो (पूर्णकालिन कर्मचारीको सूचना): ब्यक्तिगत व्यवसायमा परिवारका कुनै सदस्यलाई तलब भुक्तानी गरे पनि खर्चमा देखाउन पाइदैंन तर यो सूचना बुझाएमा परिवारका सदस्यलाई भुक्तानी गरेको तलब पनि खर्चमा देखाउन सकिने र व्यवसायिक कर सस्तो बनाउन सकिन्छ । परिवारले अन्तै काम गरेको छ भने यो सूचनाले कर सस्तो हुँदैन ।
घ. सानो रकमको सम्पत्ति सम्पूर्णलाई खर्चमा देखाउन सकिन्छ । जस्तै आओइरो सिन्कोकु गरेको भएमा १ पटकमा ३० मान भन्दा थोरैको किनमेल वा केही निर्माण कार्यको सम्पूर्ण रकमलाई खर्चमा देखाउन सकिन्छ र करलाई सस्तो गर्न सकिन्छ ।
यसरी आओइरो सिन्कोकु गरेको नगरेको अवस्थामा तिर्नुपर्ने कर रकममा फरक आउने हुँदा आओइरो सिन्कोकुले कर सस्तो भएको छ छैन तपाईको आफ्नो लेखा परीक्षण प्रतिबेदन राम्रोसंग (खेस्सानश्यो) हेर्नुहोला ।

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

तपाईको प्रतिक्रिया