शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमा बसोबास गर्ने स्वदेशी वा विदेशी नागरिकले मासिक कमाईबापत तिर्नुपर्ने करका प्रकार, यसको प्रावधान र यसबापत पाउने सुबिधाका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

प्रत्येक महिना सोतोकुजेइ (आयकर), ज्युमिनजेइ (निवास कर), कोयोहोकेन (रोजगार वीमा), केन्कोउ होकेन (स्वास्थ्य बीमा), कोसेइ नेन्किन (कल्याणकारी पेन्सन) लगायतका शीर्षकमा आफ्नो तलबबाट रकम कटौती हुन्छ ।

१. आयकरः आयकर भनेको मासिक तलवबाट हुने आय बापत राष्ट्रलाई तिर्ने कर हो । प्रत्येक महिनाको तलब रकम अनुसार कर तोकिएको हुन्छ र तलब बढेमा कर पनि बढ्न जान्छ । १६ बर्षभन्दा माथिका आश्रितहरू (डिपेन्डेन्ट) भए यस्तो कर सस्तो हुन्छ । १६ बर्षभन्दा माथिको बच्चा वा पति-पत्नी, भाइ, आमा-बुबा, हजुरबुवा-हजुरआमा हुनुहुन्छ र उहाँहरु तपाईमा आश्रित हुनुहुन्छ भने कर सस्तो हुन्छ । १६ बर्षभन्दा मुनिको आश्रितहरू भएमा कर सस्तो हुँदैन ।
परिवारका कुनै सदस्यले आरुबाइतो (पार्टटाइम) काम गर्नुभएको छ र बर्षमा १ सय ३ मान येन भन्दा थोरै कमाई छ भने परिवारका त्यस्तो सदस्यलाई आश्रितमा राख्न सकिन्छ । आश्रित परिवार नेपालमा भएको अवस्थामा नाता प्रमाणित, निजको नाममा पैसा पठाएको रेमिट्यान्स पेपर पेश गर्नुपर्दछ । यति नै रकम रेमिट्यान्स गरेको हुनुपर्ने भन्ने तोकिएको त छैन त्यसैले नेपालमा भएको परिवारका सदस्यलाई पैसा पठाउनुभएको छ भने आश्रित परिवारमा राख्न सकिन्छ ।

२. निवास कर : निवास कर भन्नाले आफु बसेको सिटी कार्यालयलाई बुझाउने कर हो । निवास कर, कम्पनीको प्रक्रिया अनुसार प्रत्येक महिनाको तलबबाट कटौती गरी सिटी अफिसमा तिर्ने तरिका र तलबबाट नकाटी आफैले कन्भिनियन्स स्टोर वा बैंकबाट तिर्ने गरी दुई तरिकाबाट तिर्न सकिन्छ ।

३. रोजगार बीमा : रोजगार वीमा राष्ट्रलाई बुझाउनुपर्ने श्रम वीमाको प्रिमियम हो । हप्तामा २० घण्टा भन्दा बढि काम गर्ने अवस्थामा रोजगार वीमामा अनिवार्य छिर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कम्पनीले प्रक्रिया गरी तलबबाट वीमा रकम घटाईन्छ । रोजगार वीमाका लागि तपाईको तलब रकमको ० दशमलव ३५ प्रतिशत रकम लाग्दछ । रोजगार वीमा छिरेको खण्डमा कम्पनीबाट काम छोड्दा बेरोजगारी भत्ता अथवा बच्चा हुर्काउनका लागि कम्पनीमा बिदा बस्दा बालबच्चा हेरचाह भत्ता प्राप्त गर्न सकिन्छ । कम्पनीले भने यस बापत आवश्यक प्रक्रिया पूरा गरी सरकारबाट राहत सुबिधा लिन सक्नेछन् ।

४. स्वास्थ्य बीमा र कल्याणकारी पेन्सन : स्वास्थ्य वीमा र पेन्सनको संयोजनलाई सामाजिक (स्याखाइ होकेन) वीमा भनिन्छ । स्वास्थ्य वीमा राष्ट्रलाई भुक्तान गरिने मासिक स्वास्थ्य वीमा हो । कल्याणकारी पेन्सन भनेको राष्ट्रलाई भुक्तान गरिने एक मासिक पेन्सन वीमा हो । कम्पनीमा सेइस्याइन भएर काम गरिराखेको खण्डमा स्याखाइ होउकेनमा अनिवार्य छिर्नुपर्ने हुन्छ । यो अवस्थामा कम्पनीबाट प्रक्रिया गरी तलबबाट स्याखाइ होकेनको रकम कटौती गरिन्छ । तपाईले तिर्नुपर्ने स्याखाइ होकेनको प्रिमियम, स्वास्थ्य वीमा तलबको ४ दशमलव ९ सय ३५, खाइगो होकेन (४० बर्षभन्दा माथि) तलबको ० दशमलव ८ सय ९५ कल्याणकारी पेन्सन तलबको ९ दशमलव १ सय ५५ प्रतिशत हुन्छ ।
तपाईको तलबबाट स्याकाइ होकेनका लागि लगभग १५ प्रतिशत रकम प्रिमियम स्वरुप कटौती हुन्छ । स्याखाइ होकेन छिरेको अवस्थामा सिटी कार्यालयमा स्वास्थ्य वीमा र कल्याणकारी पेन्सन छिर्न आवश्यक छैन । स्याखाई होकेनमा छिरेको छ भने तपाईको आश्रित परिवार पनि स्याखाइ होकेनमा छिर्ने प्रक्रिया हुन्छ । परिवारका आश्रित सदस्यलाई स्याखाइ होकेन नतिरेपनि हुनेहुंदा परिवारका आश्रित सदस्यको स्याखाइ होकेन प्रिमियम ० येनमै प्रक्रिया गर्न सकिन्छ ।
परिवारले आरुबाइतो गरे पनि १ बर्षमा १ सय ३० मान येन भन्दा थोरै कमाई भएको अवस्थामा परिवारका आश्रित सदस्यलाई स्याखाइ होकेनमा हाल्न सकिन्छ ।
करको हकमा परिवारका आश्रित सदस्यका लागि बर्षमा १ सय ३ मान येन भन्दा थोरै कमाई हो भने स्याखाइ होकेनको मापदण्ड १ बर्षमा १ सय ३० मान येन भन्दा थोरै कमाइ हुनुपर्दछ । यसमा नझुक्किनका लागि सावधानी अपनाउनु होला ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया