शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमा श्रम कानून अनुसार कामदारले पाउने न्यूनतम पारिश्रमिक र अतिरिक्त पारिश्रमिकको प्रावधान बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
जापानको श्रम कानूनअनुसार कम्पनीले आफ्नो कर्मचारीलाई काम गरेबापत दिनुपर्ने न्यूनतम तलब (पारिश्रमिक) दर स्पष्ट संग निर्धारण गरिएको छ । यसलाई न्यूनतम ज्याला भनिन्छ । जापानमा ठाउँ अनुसार प्रतिघण्टा न्यूनतम पारिश्रमिक तोकिएको छ । निर्धारित न्यूनतम ज्यालादर भन्दा सस्तोमा काम गराउनु जापानको श्रम कानूनअनुसार अवैध हुने भएकोले त्यस्तो कम्पनीलाई कानूनअनुसार कार्वाही हुन्छ ।
जापानमा प्रिफेक्चरअनुसार निर्धारण गरिएको कामदारको न्यूनतम पारिश्रमिक (ज्याला) दर देहायअनुसार तालिकामा देखाईएको छ ।

न्यूनतम ज्याला दरको नियम स्थायी, अस्थायी वा पार्ट टाइम कामदारको हकमा पनि लागू हुन्छ । जुनसुकै उमेर समूहको कर्मचारी, स्वदेशी, विदेशी तथा प्रशिक्षार्थी कामदारको हकमा पनि यो नियम लागू हुन्छ । हाकेन (जनशक्ति प्रदायक) कम्पनी मार्फत उपलब्ध गराईएको कामदारको हकमा समेत यो नियम लागू हुन्छ ।
अतिरिक्त काम गरे बापत भुक्तानी गर्नुपर्ने पारिश्रमिक (Warimashi Chingin) को सम्बन्धमा पनि जापानमा छुट्टै प्रावधान छ । जापानको श्रम कानूनअनुसार दैनिक ८ घण्टा वा सो भन्दा बढी वा बिदाको समयमा काम गरेको बिशेष अवस्थामा कम्पनीले कामदारलाई सो अवधिको अतिरिक्त तलव दिनुपर्ने हुन्छ । यसलाई ओभरटाइम पनि भनिन्छ । यस्तो अवस्थामा सामान्य तलवको १ दशमलव २५ गुणा बढि पारिश्रमिक भुक्तानी गर्नुपर्दछ ।
दिनमा ८ घण्टा वा सो भन्दा बढी काम गरेको अवस्थामा अतिरिक्त अवधिको १ दशमलव २५ गुणा बढी दिनुपर्ने हुन्छ भने बिदाको दिनमा काम गरेको अवस्थामा १ दशमलव २५ देखि १ दशमलव ३५ गुणा बढी भुक्तानी गर्नुपर्ने हुन्छ । यसैगरी राती १० बजेदेखि बिहान ५ बजेसम्म काम गरेको अवस्थामा पनि तलब दरको १ दशमलव २५ गुणा बढी दिनुपर्दछ ।
दैनिक ८ घण्टा भन्दा बढी कामको अतिरिक्त रातीको १० बजेभन्दा ढिलासम्म काम हुँदाको बखतमा भने सो अवधिको १ दशमलव ५ गुणा अतिरिक्त पारिश्रमिक भुक्तानी गर्नुपर्दछ ।
तथापि, कम्पनीको नियम अनुसार कम्पनी र कामदार बीच सुरुमा काम गर्ने समय, तलब दर, ओभर टाइम, तलब भुक्तानी गर्ने मिति लगायतका बिषयमा आपसी सहमतिमा रोजगार सम्झौता गरिएको पनि हुनसक्छ । यस सम्बन्धमा केही जिज्ञासा भए सम्बन्धित कम्पनीसंग आपसी परामर्श गर्न सकिने छ । श्रम कानूनअनुसार कर्मचारीको यातायात खर्च भने कम्पनीले ब्यहोर्न बाध्य हुने छैन । यो बाध्यकारी नभएकोले यातायात खर्च पूरै वा आंशिक के कति उपलब्ध गराउने वा नगराउने भन्ने कम्पनीले स्वतन्त्ररुपले निर्णय गर्न पाउनेछन् ।
न्यूनतम पारिश्रमिक र अतिरिक्त पारिश्रमिकको बारेमा कुनै जिज्ञासा वा आशंका भए श्रम तथा रोजगारी ब्यूरोसंग सम्पर्क गरी परामर्श लिन सकिने छ ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया