बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी वर्किङ भिसा भएकाहरुले कम्पनी परिवर्तन गर्दा आवश्यक पर्ने श्युर्‍योउ शिकाकु श्योमेइस्यो (कार्य दक्षता प्रमाणपत्र) लगायत ध्यान दिनुपर्ने बिषयका बारेमा जानकारी गराउने प्रयास गरिएको छ । श्युर्‍योउ शिकाकु श्योमेइस्यो भनेको कम्पनी परिवर्तन गर्दा अर्को कम्पनीमा पनि अहिले भएकै आवासीय स्टाटसबाट काम गर्न पाउने इमिग्रेशनद्वारा प्रमाणित कागजात हो । कम्पनी परिवर्तन गरेपछि आवासीय स्टाटस मिलेको छ कि छैन भन्ने प्रक्रिया इमिग्रेशनमा पहिले नै गर्न मिल्ने हुन्छ । श्युर्‍योउ शिकाकु श्योमेइस्योको स्वीकृतिका लागि इमिग्रेशनमा आबेदन गर्न सकिन्छ ।
कम्पनी परिवर्तन गर्ने बेलामा इमिग्रेशनमा श्युर्‍योउ शिकाकु श्योमेइस्याका लागि आबेदन गर्न अनिवार्य छैन आवेदन नदिए पनि केहि समस्या रहँदैन, तर पहिलैनै इमिग्रेशनमा आबेदन दिनु भएको छ भने अर्को भिसा थप्ने बेलामा इमिग्रेशनले छोटो समयमा छानबिन गर्न सक्ने र छिटो त्यसको परिणाम दिन सक्छ ।
कम्पनी परिवर्तन गरिसकेपछि श्युर्‍योउ शिकाकु श्योमेइस्यो प्राप्त गर्नुभएको छैन भने अर्को भिसा थप्ने बेला परिवर्तन गरेको कम्पनीको बारेमा छानबिन गर्ने हुंदा कामको प्रकृति नमिलेको खण्डमा भिसा नआउने पनि हुन सक्छ । भिसा नआएपछि अर्को कम्पनी खोज्नुपर्ने वा भिसा समाप्त हुने वा तोकुतेइ भिजा वा नेपाल फर्कनुपर्ने ज्युन्बी भिसा हुने हुँदा साबिकको भिसामा फर्कने प्रक्रिया गर्न कठिनाई हुन्छ, यी सबै समस्याबाट बच्न कम्पनी परिवर्तन गर्ने बेला श्युर्‍योउ शिकाकु श्योमेइस्या प्राप्त गर्नु भए ढुक्क हुन सकिन्छ ।
उदाहरणका लागि अघिल्लो भिसा ए कम्पनीको वर्किङ पेपरबाट आबेदन दिई इमिग्रेशनबाट भिसा थपिएको र त्यसपछि बि कम्पनीमा परिवर्तन गर्नुभएको छ भने तपाईले बि कम्पनीमा काम गर्न पाउने नपाउने त्यहिबेला थाहा नहुन सक्छ । यसद तपाईको भिसा गिजिचु जिन्बुन्चिसिकि कोकुसाइ ग्योमु (Engineer/Specialist in Humanities/International Services) भएको बेलामा ए कम्पनीबाट अनुवादकको भिसा थपिए पनि बि कम्पनीबाट कम्पनी परिवर्तन गरी भिसा थपिन्छ भन्ने छैन । इमिग्रेशनले बि कम्पनीको स्केल, स्थिरता, विगतको इतिहास आदि प्रमाणीकरण गरी तपाईले बि कम्पनीमा काम गर्न हुने वा नहुने निर्धारण गर्दछ ।
पहिलेनै इमिग्रेशनबाट श्युर्‍योउ शिकाकु श्योमेइस्यो पाउन सकिन्छ भने त्यो प्रमाणमा परिवर्तन पछिको कम्पनीको नाम, कामको प्रकृति लेखिएको हुनेहुँदा त्यसपछि ढुक्कले काम गर्न सकिन्छ । तर पनि अर्को भिसा थप्ने बारेमा जरुर भिसा आउँछ भन्ने हुँदैन । अर्को भिसा थप्ने बेलामा पनि तपाई र तपाईको परिवर्तन गरेको कम्पनीको छानबिन हुन्छ ।
श्युर्‍योउ शिकाकु श्योमेइस्योको आबेदनका लागि आवश्यक पर्ने कागजातहरु यसप्रकार छन् । सिन्सेइस्यो (आबेदन पत्र), जाइर्‍यु कार्ड, पासपोर्ट, पहिलेको कम्पनीको थाइश्योकु श्योमेइस्यो (काम छोडेको प्रमाण पत्र), नयाँ कम्पनीको कोयो केइयाकुश्यो, तोहोन, केस्सान्श्यो, होउतेइच्योस्यो, कम्पनीको पम्फ्लेट, परिवर्तन गर्नु पर्नाका कारण खुलेको विवरण आदि ।
कम्पनी छोडेको जानकारी १४ दिन भित्रमा इमिग्रेशनमा दिनुपर्ने हुन्छ । कम्पनी परिवर्तन गरी नयाँ कम्पनीमा छिर्दा पनि १४ दिन भित्रमा इमिग्रेशनमा जानकारी दिनुपर्दछ । १४ दिन कटे पनि अनिवार्य जानकारी गराउनुपर्दछ ।
छोडेको कम्पनीबाट थाइश्योकु श्योमेइश्यो, गेन्सेन श्योमेइश्यो अनिवार्य लिनुपर्दछ । कम्पनी परिवर्तन गर्दा आवासीय स्टाटस परिवर्तन हुने भएमा आवासीय स्टाटसको परिवर्तन अनुमति आबेदन गर्नुपर्दछ । श्युर्‍योउ शिकाकु श्योमेइस्याको आबेदन होईन ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया