शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी व्यक्तिगत कर फिर्ता (Kojin no Kakuteishinkoku) प्रक्रियाका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

खाकुतेइ शिनकोकु भन्नाले कर कार्यालयमा १ बर्षको (जनवरी १ बाट डिसेम्बर ३१ सम्मको) तलब अथवा त्यो भन्दा बाहेकको कमाई जानकारी गराएर अथवा बुझाएर व्यक्तिगत करको हिसाब गर्नु भन्ने बुझिन्छ ।
व्यक्तिगत खाकुतेइ शिनकोकु गर्नुपर्ने फेब्रुअरी महिनाको १६ तारिखबाट मार्च महिनाको १५ तारिखसम्म हो तर यो बर्ष कोरोनाको कारण अप्रिलको १५ तारिखसम्म लम्ब्याईएको छ ।

कर कार्यालयमा व्यक्तिगत खाकुतेइ शिनकोकु गरेको भए त्यो बिबरण स्वतः सिटी कार्यालयमा जाने भएकोले सिटी कार्यालयमा फेरी छुट्टै जानकारी गराउन पर्दैन ।

कर कार्यालयमा व्यक्तिगत खाकुतेइ शिनकोकु गर्नुपर्ने ब्यक्तिहरु
१. एक बर्षमा २ भन्दा बढि कम्पनीमा काम गरेको ब्यक्तिले सबै कम्पनीबाट प्राप्त गरेको गेन्सेन जोडेर त्यो कर कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।
२. ब्यक्तिगत व्यवसाय गर्ने ब्यक्तिले १ बर्षको विक्रि, लागत र नाफा हिसाब गरी ब्यक्तिगत ब्यापारको खेस्सान कर कार्यालयमा बुझाउनु जरुरी हुन्छ । कर कार्यालयमा आओइरो शिनकोकु बुझाउनु भएको छ भने कर सस्तो हुन्छ । ब्यक्तिगत व्यवसाय गर्दै अरु कम्पनीमा काम गर्नुभएको छ भने कम्पनीबाट प्राप्त गेन्सेन पनि ब्यक्तिगत ब्यापारको खेस्सानसंगै कर कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।
३. साइड बिजनेश (अतिरिक्त व्यवसाय) को कमाई १ बर्षमा २० मान येन भन्दा बढि भएमा : साइड बिजनेश भन्नाले आउट सोर्सिङको सम्झौता वा सपोर्टको काम गरेर बर्षमा २० मान येन भन्दा बढि कमाई गरेमा कर कार्यालयलाई जानकारी गराउनुपर्दछ । हिजोआज उबर इट्सको काम गर्ने मान्छे पनि धेरै देखिनु भएको छ, यो काम पनि व्यापार सम्झौता (ग्योमु इताकु) ले हुने हुँदा यो साइड बिजनेश हो । घर भाडामा लगाएर भाडा लिइएको छ भने त्यो पनि साइड व्यवसाय हो ।

ब्यक्तिगत खाकुतेइ शिनकोकु नगरे पनि समस्या नहुने तर गरिए कर फिर्ता आउने ब्यक्ति
१. राष्ट्रिय स्वास्थ्य वीमा वा राष्ट्रिय पेन्सन तिर्नेहरूले तिरेको बिल अथवा तिरेको प्रमाण भए कम्पनीबाट प्राप्त गेन्सेन संगै कर कार्यालयमा बुझाए कर फिर्ता भई आउँछ । उदाहरणका लागि यदि २५ मान तलब भएको ब्यक्तिले १ बर्षमा ३० मान राष्ट्रिय स्वास्थ्य वीमा तिरेको छ भने आयकर १५ हजार र निवास कर ३० हजार फिर्ता हुन्छ । यदि कम्पनीबाट लिनुभएको गेन्सेनमा राष्ट्रिय स्वास्थ्य वीमा तिर्नुभएको रकम लेखिएको छ भने त्यो अवस्थामा हिसाब सकिईसकेको हुनाले फिर्ता पाउने रकम हुँदैन । त्यस्तै गेन्सेनको कर ० भएको बेलामा पनि फिर्ता हुने कर हुँदैन ।
२. जापानको बैंकबाट ऋण प्राप्त गरी जापानमा घर किनेको तलको अवस्थामा ऋण लिएको रकमको १५ प्रतिशत कर सस्तो पर्ने ।
-ज्युउमिन्हृ्योको ठेगाना त्यो किनेको घरमा भएको हुनुपर्ने (घर किने पनि त्यो घरमा नबस्ने र ठेगाना परिवर्तन नगरिएको भए कर सस्तो नहुने)
– घरको क्षेत्रफल ५० वर्गमिटरभन्दा बढि भएको हुनुपर्ने, मेन्शनको कोठा किनेको बेला भए पनि हुने ।
– बस्ने ठाउँको क्षेत्रफल घरको आधा भाग भन्दा बढि भएको हुनुपर्ने (कम्पनीलाई भाडामा दिएको अथवा आफैले अफिसको लागि प्रयोग गरेको भए पनि बस्ने ठाउँ घरको आधा भन्दा बढि हुनुपर्ने)
– पुरानो घर किनेको अवस्थामा घर बनेको २० बर्ष भित्रको र मेन्शन २५ बर्ष भित्रको हुनुपर्ने ।
यो अवस्थामा मेल खाएको भए, उदाहरणका लागि बैंकको ऋण लिएर २ हजार मानमा घर किनेको भए २० मान येनको कर सस्तो पर्दछ ।
३. हस्पिटल वा क्लिनिकमा तिरेको रकम १ बर्षमा १० मान कटेको अवस्थामा : हस्पिटलमा भर्ना भएको बेला अथवा अप्रेशन गर्दा तिरेको रकम १ बर्षमा १० मान येन भन्दा बढि भएमा कर कार्यालयमा बुझाए कर फिर्ता हुन्छ ।

४. परिवारका आश्रति सदस्य थप्नुपरेमा :
कम्पनीबाट प्राप्त गरेको गेन्सेनमा परिवारका आश्रति सदस्यको नाम कम्पनीले थपिदिन सक्छ, यदि कम्पनीले नमिलाईदिएको अवस्थामा आफैले कर कर्यालयमा गएर आफ्नो परिवारको सहि विवरण सच्याउन सकिन्छ ।
यसका लागि आवश्यक कागजातहरुमा कम्पनीबाट प्राप्त गेन्सेन, नाता प्रमाणित र परिवारलाई पैसा पठाएको रेमिट्यान्स कागजात हुनुपर्दछ । यो तरिकाले कर कार्यालयमा प्रक्रिया गरेमा कर फिर्ता हुन्छ । यो करको फिर्ता प्रक्रिया ५ बर्षसम्म गर्न सकिन्छ, त्यसैले कम्पनीले दिएको गेन्सेन र तिरिएको राष्ट्रिय स्वास्थ्य बीमाको बिल राम्रोसंग राख्ने गरौं ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 
Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया