शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जिन्जाइ हाकेन ब्यवसाय सुरु गर्दा अपनाउनुपर्ने प्रक्रियाका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
जिन्जाइ हाकेन भनेको काम गर्न चाहने ब्यक्तिले कामको स्योखाइ (परिचय) गरिदिने कम्पनीमा आफ्नो नाम दर्ता गर्ने र काम भएको खण्डमा दर्ता गरेको कम्पनीको निर्देशनमा अर्कै कम्पनीमा काममा जाने तरिका भन्ने बुझिन्छ ।
कामको निर्देशन र ब्याख्या काम गर्न गएको कम्पनीले गर्छ भने तलब दर्ता गरिएको हाकेन कम्पनीले तिर्दछ । जापानमा जिन्जाइ हाकेन ब्यवसाय सुरु गर्ने बेलामा जापान सरकारबाट अनुमति लिन आवश्यक पर्दछ । कम्पनी वा निजी व्यवसाय -Kojin jigyō_ जुन भए पनि, निम्न मापदण्ड पूरा गर्न आवश्यक पर्दछ ।
१.स्रोत प्रबन्धक (Haken Moto Sekininsha)
१ जना भन्दा बढि भएको हुनुपर्छ । स्रोत प्रबन्धक बन्नका लागि १ दिनको प्रशिक्षण लिएर परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ र ३ बर्षभन्दा बढिको सोही कामको अनुभब भएको हुनुपर्छ ।
२. कम्पनीको मालिक वा अरु याकुइन (अधिकारी) बिदेशी भए ब्यवसाय गर्न मिल्ने भिसाबाहक हुनुपर्छ । व्यवसाय गर्न स्वीकृत गरिएको भिसाहरु भन्नाले व्यापार व्यवस्थापन (Keiei kanri) , अति विशिष्ट (व्यवसाय व्यवस्थापन) (Kōdo Senmon-Shoku- keiei Kanri), स्थायी निवासी (Eizu-Sha) स्थायी निवासी (Teizu-Sha) जापानीको पति वा पत्नी (Nihonjin no Haigusha) आदि हुन् ।
३. स्टाफको रोउदो होकेन (श्रम वीमा) सामाजिक वीमा प्रक्रिया भएको हुनुपर्दछ ।
४. ब्यवसायिक कार्यालय भएको हुनुपर्छ ।
५. २० वर्गमीटर भन्दा फराकिलो कार्यालय हुनुपर्ने ।
६. अलग्गै मिटिङ रुम भएको हुनुपर्ने ।
७. क्यारियर कन्सल्टिङ (कामसंग सम्बन्धी सोधपुछ र सहयोग काउन्टर) भएको हुनुपर्ने ।
८. गोपनियता र व्यक्तिगत जानकारी सुरक्षित गर्न सक्ने कोठा हुनुपर्ने ।
९. कार्यालयको रुपमा प्रयोग गरिएको र बस्ने ठाउँबाट अलग भएको कोठा हुनुपर्ने ।
१०. यदि अर्को कम्पनी संगै कोठा भाडामा लिनु भएको छ भने, कोठामा पार्टेशन गरिएको र प्रवेशद्वार ढोका अलग हुनुपर्ने ।
११. चिन्ताई केइयाकु (भाडाको सम्झौता) मा अफिस भनि लेखिऐको हुनुपर्ने ।
१२. तेन्ताइ केइयाकु (कुनै एक ब्याक्तिले भाडामा लिएर फेरि अर्को ब्यक्तिलाई भाडामा दिनु) अवस्थामा कोठाको ओनरबाट उपयोग गर्न मिल्ने पुष्टि गरिएको पत्रको आवश्यक हुने ।
खेस्सान्स्यो सम्बन्धमा
१. कुल सम्पत्तिबाट कुल ऋण घटाएपछि कुल रकम २ हजार मान येन वा सो भन्दा बढि भएको हुनुपर्दछ ।
२. कुल सम्पत्तिबाट कुल ऋण घटाए पछिको कुल रकम ऋणको ७ भागको १ भाग वा सो भन्दा बढि भएको हुनुपर्दछ ।
३. नगद पैसा र बैंकको खातामा जम्मा १५ सय मान येन भन्दा बढि भएको हुनुपर्ने ।
४. कम्पनी स्थापना भएदेखि खेस्सान मिति पूरा भएको छैन भने कुल पूँजी २ हजार मान येन वा सो भन्दा बढि भएको हुनुपर्दछ ।
५. कम्पनिको तोहोनमा व्यवसायिक उद्देश्य रोउदोस्या हाकेन जिग्यो लेखिएको हुनुपर्छ । यदि नलेखिएको छ भने होउमुक्योकुमा गएर उद्देश्य थप्नुपर्ने हुन्छ ।
आबेदन, व्यवसाय योजना, शुल्क सूचना फाराम तेइखान, तोहोन कार्यालय भाडा सम्झौता, कार्यालय लेआउट नक्शा खेस्सान्स्यो, कर भुक्तान प्रमाणपत्र (नोउजेइ स्योमेइस्यो) ज्युमिन्ह्यो, रिरेकिस्यो (बायोडाटा) आदि तयार गरी श्रम ब्यूरोमा बुझाउनुपर्दछ । टिकट बापत शुल्कको हकमा १२ मान येन र दर्ता इजाजतपत्र करका लागि ९ मान येन लाग्छ । श्रम ब्यूरोमा कागजी प्रक्रिया सकेपछि श्रम ब्यूरोको स्टाफले अनुसन्धान र निरिक्षण गर्नेछन् । अनुमति प्राप्त गर्न, प्रक्रिया र निरिक्षण गरी करीव ३ महिना जति लाग्न सक्छ । क्यापिटल २ हजार मान येनले कम्पनी बनाउँदा हाकेन कम्पनीको प्रकिया केहि सजिलो त हुन्छ तर क्यापिटल २ हजार मान येनको कम्पनीको कर (उपभोग कर र स्थानीय कर) महंगो हुन्छ, त्यसैले करको बारेमा जानकारी लिएर मात्र प्रकिया अगाडि बढाउनुहोला ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 
Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया