बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमा कम्पनी र कर्मचारीबीचको रोजगारी सम्झौता बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
जापानमा कुनै पनि कामदारले नयाँ कम्पनीमा प्रवेश गरी काम सुरु गर्नुभन्दा पहिले कामदार र कम्पनीबीच श्रम सम्झौता गरिन्छ । त्यस्तो सम्झौतालाई रोजगार सम्झौता भनिन्छ । रोजगार सम्झौतामा कम्पनीको विभिन्न नियमहरू उल्लेख गरिएको हुन्छ । त्यसैले रोजगार सम्झौतामा हस्ताक्षर गर्नु पहिले यसलाई सावधानीपूर्वक हेर्नुपर्दछ । रोजगार सम्झौता अध्यागमन ब्यूरोमा पनि पेश गरिने हुँदा पेश गर्नु अघि सावधानीपूर्वक हेर्नु अनिवार्य हुन्छ ।
जापानको श्रम कानून अनुसार रोजगार सम्झौतामा अनिवार्य उल्लेख गर्नैपर्ने केही बुँदाहरु यसप्रकार छन् ।
१. श्रम सम्झौता अवधि : सम्झौता पत्रमा कामदारको काम गर्ने अवधि कति हो भन्ने स्पष्ट खुलाएको हुन्छ । तर कतिपय अवस्थामा नखुलाएको पनि हुन्छ । सामान्यतया, पूर्णकालिन स्थायी कर्मचारी वा करार हो भने अवधि तोकिएको हुँदैन । कुनै निश्चित अवधि तोकिएको छैन भने कम्पनीमा सँधै काम गर्न सकिने छ । यदि निश्चित अवधि तोकिएको छ भने त्यो अवधिसम्म मात्र काम गर्न सकिने छ । जसले गर्दा भिसालाई समेत असर गर्न सक्ने छ ।
२. काम गर्ने स्थान : सम्झौता पत्रमा कामदारले काम गर्ने स्थान उल्लेख गरिएको हुन्छ ।
३. कामको प्रकृति : नवप्रवेशी कर्मचारीले कम्पनीमा के कस्तो प्रकृतिको काम गर्ने हो भन्ने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको हुन्छ । श्रम कानून अनुसार भिसासंग मेल नखाने प्रकृतिको काम गर्न नपाईने भएकोले यदि तपाईको कम्पनीले भुलबश सम्झौता पत्रमा अन्यथा उल्लेख हुन गयो भने अध्यागमन ब्यूरोबाट भिसा अस्वीकृत हुन सक्नेछ । जस्तैः अन्तर्राष्ट्रिय मानविकी भिसा बाहकले बेड मेकिङ प्रकृतिको काम गर्ने अनुमति हुँदैन । यसैगरी व्यवसायिक प्रकृतिको भिसाबाहकले कुकको रूपमा काम गर्न मिल्दैन । कतिपय जापानी कम्पनीहरूलाई भिसाको बारेमा बिस्तृतमा जानकारी नहुन पनि सक्छ । त्यसैले आफ्नो भिसाका लागि कामको प्रकृति मिलेको छ वा छैन आफैले सुनिश्चित गर्नुपर्दछ ।
४. काम गर्ने समय : सम्झौता पत्रमा काम सुरू हुने समय र अन्त हुने समय लेखिएको हुन्छ । यदि समय परिवर्तन हुने भएमा सोको बारेमा उल्लेख गरिएको हुन्छ ।
५. ओभरटाइम र बिदामा कामको बारेमा : सम्झौता पत्रमा ओभरटाइम (अतिरिक्त समय) को ब्यवस्था छ वा छैन र बिदामा कामको प्रावधान छ कि छैन भन्ने बारेमा स्पष्ट उल्लेख गरिएको हुनुपर्दछ । यसबारेमा स्पष्ट उल्लेख भएको छ भने कम्पनीले सो बापत अतिरिक्त भुक्तानी गर्ने गरी काममा लगाउन सक्ने छ ।
६. आराम (ब्रेक टाइम) गर्ने समय सम्बन्धमा : जापानको श्रम कानून अनुसार ६ घण्टा भन्दा बढि र ८ घण्टा भन्दा कम काम हुने अवस्थामा ४५ मिनेट आराम गर्न आवश्यक हुने र ८ घण्टा वा सो भन्दा बढी समय काम हुने भएमा १ घण्टा आरामका लागि समय उपलब्ध गराईनुपर्ने प्रावधान छ । तर यसप्रकारको ब्रेकटाइमको पारिश्रमिक सुबिधा भने हुँदैन ।
७. बिदाको बारेमा : सम्झौता पत्रमा नियमअनुसार कर्मचारीले पाउने बिदाको बारेमा स्पष्ट उल्लेख गरिएको हुन्छ । जसअनुसार हप्तामा एक दिन वा ४ हप्ताको ४ दिन बिदा बस्न पाउने सुबिधा हुन्छ । श्रम कानूनअनुसार स्थायी कर्मचारीले भुक्तान बिदा (युउक्युउ) को लागि पनि काम बिदा लिन सक्नुहुन्छ ।
८. तलब भुक्तानी गर्ने तिथिमिति सम्बन्धमा : सम्झौता पत्रमा कर्मचारीले मासिक तलब पाउने हिसाबको गणना र तलब पाउने मिति स्पस्ट उल्लेख गरिएको हुनुपर्दछ । सोहीअनुसार कर्मचारीले पाउने तलब, भत्ता वा अन्य सुबिधा भए सो समेत गरी मासिकरुपमा तलबी हिसाब भुक्तान गर्ने गर्दछन् ।
९. अवकाश सम्बन्धमा : सम्झौता पत्रमा कर्मचारीको सेवानिवृत्ति र अवकाशका बारेमा स्पष्ट किटान गरिएको हुनुपर्छ । जसले गर्दा विशेष कारणवश कम्पनीले कर्मचारी छोडाउनुपर्ने र कर्मचारीले कम्पनी छोड्नुपर्ने स्थिति आएमा कति समय अगाडि जानकारी गराउनुपर्ने भन्ने किटान गरिएको हुनुपर्दछ ।
८ विविध : माथि उल्लिखित बिषय बाहेक कतिपय कम्पनीहरुको सम्झौता पत्रमा कर्मचारीले काम सुरु गर्ने बेलामा सुरुवाती चरणको निश्चित अवधिलाई परीक्षण अवधि मानेर काम गर्नुपर्ने प्रावधान राखिएको हुनसक्छ । यस्तो अवस्थामा सामान्य अवस्थाको भन्दा तलव सुबिधा केही कम हुन सक्दछ । यसैगरी रोजगार सम्झौतामा बोनस सुबिधा हुने नहुने बारे पनि स्पष्ट उल्लेख गरिएको हुनुपर्दछ ।
यसैगरी कम्पनीले कार्यरत कर्मचारीहरु परिचालन गर्ने सन्दर्भमा निश्चित श्रम नियमहरु अवलम्बन गरेका हुन्छन् । १० जना वा सो भन्दा बढि कर्मचारीहरू कार्यरत कम्पनीहरूले श्रम नियमहरु तयार गरी श्रम ब्यूरोमा बुझाउनुपर्दछ ।
तथापी श्रम कानून उल्लङ्घन गर्ने कम्पनीहरुको हकमा उनीहरुले बनाएका श्रम नियमहरूको कुनै मान्यता हुँदैन, त्यस्ता श्रम नियमहरू पालना गर्नु आवश्यक छैन ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया