बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानको स्वास्थ्य बीमा (होउकेन) का सम्बन्धमा जानकारी गराउने प्रयास गरिएको छ ।

जापानको कानूनअनुसार काम नभएको व्यक्ति अथवा बच्चा, बूढा, बिदेशी जो भए पनि जापानमा ठेगाना दर्ता भएका सबैले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने प्रावधान छ ।

स्वास्थ्य बीमा ३ प्रकारको हुन्छ ।
१. पहिलो आफुले काम गर्ने कम्पनीबाट प्रक्रिया गरिन्छ र यो स्वास्थ्य बीमा र पेन्सन सेटमा कम्पनीले तलबबाट काटी राष्ट्रलाई तिर्ने तरिका हो, यसलाई स्याखाई होकेन भनिन्छ ।
२. दोस्रो भनेको सिटी अफिसबाट प्रक्रिया गर्ने राष्ट्रिय स्वास्थ्य बीमा हो जुन सिटी अफिसमा आफै गई गर्नुपर्ने हुन्छ । कम्पनीबाट स्याखाई होकेन छिरेको छ भने राष्ट्रिय स्वास्थ्य बीमामा छिर्न पर्दैन र मिल्दैन पनि ।
३. तेस्रो भनेको काम-सम्बन्धि संगठन (समुदाय) को स्वास्थ्य बीमाको प्रक्रिया गर्ने तरिका हो । यो जापान सरकारले प्रमाणित गरेको संगठन हुनुपर्दछ ।
जापानमा ठेगाना भएको व्यक्तिले यी माथिका ३ मध्ये कुनै १ वटा बिमामा छिरी प्रत्येक महिना बीमाको पैसा तिर्नुपर्दछ । बीमा प्रीमियम तलब अनुसार निर्धारण गरिन्छ । कम्पनीको स्याखाई होकेनमा छिरेको अवस्थामा तलबको ६ प्रतिशत स्वास्थ्य बीमाको प्रिमियम तलबबाट घटाइन्छ । राष्ट्रिय स्वास्थ्य बीमा भने १ बर्षको कमाई, परिवारको संख्या र सिटी अफिस अनुसार हिसाब निर्धारण गरिन्छ ।
स्वास्थ्य बीमाको सिस्टम भनेको यदि हामी बिरामी भएर अथवा चोटपटक लागेर हस्पिटल गयौं भने स्वास्थ्य बीमा कार्ड देखाएमा तिर्नुपर्ने पैसा सस्तो पर्दछ । ६ बर्षबाट ७० बर्ष उमेरको व्यक्तिले ३० प्रतिशत मात्र तिरे पुग्छ र ६ बर्षभन्दा मुनिको व्यक्तिले २० प्रतिशत मात्र तिरे पुग्छ ।
उदाहरणका लागि डेन्टलमा गइ ५ हजार येन लाग्ने अवस्थामा स्वास्थ्य बिमा कार्ड देखाएमा ५ हजार × ३० प्रतिशत = १५०० येन मात्र तिरे पुग्छ । बाँकी ७० प्रतिशत सरकारले ब्यहोर्छ । यदि स्वास्थ्य बीमा गरिएको छैन भने १०० प्रतिशत (५ हजार येन) नै बिरामी आफैले तिर्नुपर्ने हुन्छ ।
स्वास्थ्य बीमा कार्ड प्रयोग गरी उपचार खर्च घटाउन मिल्ने कन्टेन्ट निर्धारण गरिएको छ । धेरै व्यक्तिहरूको बाँच्नका लागि अत्यधिक आवश्यक पर्ने उपचार खर्च स्वास्थ्य बीमा कार्ड प्रयोग गरी कम गर्न सकिन्छ र सरकारले यो हस्पिटल र क्लिनिकहरूलाई भुक्तानी गर्दछ ।
स्वास्थ्य बीमा प्रयोग नहुने मेडिकल बिलहरु यसप्रकार छन् ।
– कस्मेटिक सर्जरी
– दन्त प्रत्यारोपण
– इन्फ्लुएञ्जा र अन्य खोपहरू
– मेडिकल चेकअप
– उन्नत चिकित्सा सेवा
उपचारका लागि हस्पिटल भर्ना वा अप्रेसन गर्नुपर्ने अवस्था आई उपचार खर्च धेरै लागेमा स्वास्थ्य बीमाको प्रक्रिया गरी उपचार खर्च फर्कने प्रक्रिया गर्न सकिन्छ ।
उदाहरणका लागि ३ सय ६० मान येनको कमाइ हुने व्यक्तिको १ महिनामा लाग्ने हस्पिटलको उपचार खर्च ५७ हजार ६ सय येनले पुग्ने र त्यो भन्दा बढि तिरिएको अवस्थामा सो भन्दा बढिको उपचारमा खर्च भएको रकम फिर्ता पाउने प्रक्रिया गर्न सकिन्छ । फिर्ता प्रक्रियाको रकम व्यक्तिको तलब अनुसार हिसाब निर्धारण गरिएको छ । परिवारका आश्रित सदस्यको स्वास्थ्य बीमाको हकमा कम्पनीको स्याखाई होउकेन छिरेको व्यक्ति भए परिवारका आश्रित सदस्यको पनि कम्पनीबाट स्याखाई होकेन छिर्ने प्रक्रिया हुन्छ । यो अवस्थामा परिवारका आश्रित सदस्यको स्वास्थ्य बीमाको प्रीमियम तिर्नुपर्दैन । परिवारका आश्रित सदस्यको बार्षिक कमाई १ सय ३० मान भन्दा तल भएको हुनुपर्छ बढि भएमा आश्रितबाट हट्ने र छुट्टै बिमा रकम तिर्नुपर्ने हुन्छ ।
सिटी अफिसको राष्ट्रिय स्वास्थ्य बीमा छ भने परिवारका आश्रित सदस्यको पनि बीमा रकम तिर्नुपर्दछ । परिवारको मुख्य व्यक्तिले एकमुस्ट परिवारको स्वास्थ्य बिमा जम्मा गरी तिर्नुपर्दछ ।
स्वास्थ्य बीमा र करको सम्बन्ध

१. बर्षभरिमा तिरिएको बीमा रकम छ भने आयकर र आवास करमा छुट भई कर सस्तो गर्न सकिन्छ । कर कार्यालय र सिटी अफिसमा गेन्सेन र राष्ट्रिय स्वास्थ्य बीमा रकम तिरेको प्रमाण लगेर प्रक्रिया गर्ने हो भने कर फिर्ता हुने अवस्था हुनसक्छ । स्वास्थ्य बिमा र इमिग्रेशनको सम्बन्ध जापानको कानूनअनुसार जापानमा ठेगाना दर्ता भएका सबैले अनिवार्य स्वास्थ्य बीमामा छिर्नुपर्ने र सो बापत रकम तिर्नुपर्ने नियम छ । इमिग्रेशनले एइजु भिसा आबेदन अथवा अन्य भिसा आवेदन गर्दा स्वास्थ्य बीमा तिरेको छ कि छैन चेक गर्ने र सो को प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ । सिटी अफिसमा स्वास्थ्य बीमा नतिरेको बिदेशीलाई इनिग्रेशनमा जानकारी गराउने सिस्टम रहेको र यदि तिरिएको छैन भने भिसामा समस्या आउने पनि हुनसक्ने हुँदा स्वास्थ्य बिमा समयमै तिर्ने गरौ ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया

हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

तपाईको प्रतिक्रिया