Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी पछिल्लो समयमा जापान इमिग्रेशनले भिसा आवेदकहरुलाई माग्ने गरिएको अतिरिक्त कागजातहरु जस्तै कार्यरत स्टाफ लिस्ट, चिङ्गिनदाइच्योउ लगायतका बिषयमा जानकारी गराउने प्रयास गरिएको छ । उक्त कागजातहरु मध्यको एक होउतेइ ३ चोबोउ हो । होउतेइ ३ चोबोउ भनेको श्रम ऐनले तोकेको रोउदोउस्या मेइबोउ, चिङ्गिनदाइच्योउ र स्युकिन्बोउ हो ।

१. रोउदोउस्या मेइबोउ : यो स्टाफ लिस्टको बिषय हो । कम्पनी वा कोउजिन ब्यवसायको स्टाफ भए श्रम कानूनले तोकिएअनुसार स्टाफ लिस्ट बनाई कम्पनीमा सुरक्षित राख्नुपर्छ । अस्थायी वा आंशिक स्टाफ भए पनि उक्त सूची बनाउनुपर्दछ । श्रम कानून अनुसार कम्पनीले कार्यरत सबै स्टाफको निम्न बमोजिमको विवरण लेखेर सुरक्षित राख्नुपर्दछ ।

हरेक कर्मचारीको नाम, जन्ममिति, लिंग, ठेगाना, कार्यसामग्री (३० भन्दा कम कर्मचारी भएको कम्पनीको हकमा, कार्य सामग्री लेख्न आवश्यक छैन), बायोडाटा, कम्पनीमा प्रवेश मिति, सेवानिवृत्तिको मिति र सेवानिवृत्तिको कारण, यदि कसैको मृत्यु भएको भए मृत्यु भएको मिति र मृत्युको कारण आदि स्टाफले काम छोडे पछि पनि छोडेको ३ वर्षसम्म सुरक्षित राख्नुपर्दछ ।
इमिग्रेशनले कम्पनीमा कति जना स्टाफ छन् र के कस्तो काम गरिरहेका छन्, स्टाफको कम्पनीमा प्रवेश मिति हेर्दा साँच्चिकै सो कम्पनीमा काम गरिरहेका छन् कि छैन भन्ने निश्चित गर्छन् । बिदेशी कर्मचारी भएको अवस्थामा भिसाले अनुमति दिएको क्षेत्रमा मात्र काम गर्न पाउने हुंदा काम लगाउने बेलामा भिसा पनि निश्चित गर्नुपर्ने हुन्छ । कम्पनी प्रवेश गरेको बिषयमा पनि स्टाफले पहिलेको कम्पनी छोडेर अहिलेको कम्पनीमा कहिले प्रवेश गरे भन्ने पनि निश्चित गर्नुपर्ने हुन्छ । इमिग्रेशनमा रजिस्टर भएको कम्पनी प्रवेश मिति फरक पर्न गयो भने स्टाफको काममा आशंका हुन गई भिसा रद्ध भएका घटनाहरु बढ्दो छ ।

२.  चिङ्गिनदाइच्योउ : यो स्टाफको १ वर्षको तलबको रेकर्ड हो । श्रम नियमअनुसार प्रत्येक महिनाको तलब भुक्तानी भौचर र अर्को १ वर्षको कर्मचारीको तलबको चिङ्गिन दाइच्योउ बनाई कम्पनीमा सुरक्षित राख्नुपर्दछ । कम्पनीमा कार्यरत मालिक, स्थायी वा अस्थायी कर्मचारी वा आंशिक स्टाफ भए पनि देहायअनुसारका विवरण लेखि सुरक्षित राख्नुपर्दछ ।
कार्यरत कर्मचारीको नाम, लिंग, पारिश्रमिक गणना अवधि (मासिक तलब कुन दिन देखि कुन दिनसम्म), काम गरेको दिन, काम गरेको घण्टा, ओभरटाइम, बिदा र लेट नाइट काम गरेको भए काम गरेको घण्टा, दिनमा ८ घण्टाभन्दा बढी ओभर टाइम गरेको भए जम्मा घण्टा आदि ।
यसैगरी बिदाको दिनमा पनि काम गरेको भए काम गरेको घण्टा, मध्यराति १० बजेदेखि बिहान ५ बजेसम्मको अवधिमा काम गरेको भए सो अवधिमा काम गरेको घण्टा, तलब स्केल र आधारभूत तलब भत्ता, तलबबाट कट्टा हुने रोजगारी बीमा प्रिमियम, स्वास्थ्य बीमा प्रिमियम, निवृत्तिभरण, आदिबाट कटौती गरिएको कर आदि ।
चिङ्गिन दाइच्योउ अन्तिमपटक तिरेको तलबको दिनबाट ३ वर्ष सुरक्षित राख्नुपर्छ । इमिग्रेशनले काम गरेको अबधि र तलब रकम हेर्ने भएकोले काम गरेको दिन अनि काम गरेको घण्टा हेरी उक्त कम्पनीमा साँच्चिकै काम गरे-नगरेको निश्चित गर्दछन् । काम गरेको दिन अनि घण्टा नलेखिएको भए त्यो कम्पनीमा साँच्चि नै काम गरे-नगरेकोमा आशंका रहन्छ । कम्पनीमा रोजगारी बीमा प्रिमियम, स्वास्थ्य बीमा प्रिमियम, निवृत्तिभरणमा छिरे-नछिरेको यो चिङ्गिन दाइच्योउबाट स्पष्ट हुन्छ ।

३. श्युकिनबोउ : कम्पनीमा कार्यरत कर्मचारीहरुको सिफ्ट तालिकालाई श्युकिनबोउ भनिन्छ । यदि टाइमकार्ड राखिएको छ भने त्यसले पनि हुन्छ तर स्टाफले काम गरेको रेकर्ड सुरक्षित राख्नुपर्दछ । जापानको श्रम कानूनअनुसार देहायमा उल्लिखित विवरण पनि सुरक्षित राख्नुपर्दछ ।

कार्यरत कर्मचारीहरुको नाम, काम गरेको दिन, काम सुरु हुने समय र अन्त्य हुने समय आदि पछिल्लो काम भएको मितिदेखि ३ वर्षसम्म सुरक्षित राख्नुपर्दछ । जसअनुसार होउतेइ ३ चोबोउ (रोउदोउस्यामेइबोउ, चिङ्गिन दाइच्योउ, स्युकिन्बोउ) श्रम ऐनले तोकेको हुनाले ३ वर्षसम्म सुरक्षित राख्नुपर्छ । सुरक्षित नराखेको खण्डमा ३० मान येनसम्म जरिवाना लाग्न सक्छ । आजभेलि इमिग्रेशनले माथि उल्लिखित कागजातहरु माग्ने गरेकोले ठीक दुरुस्तसंग बनाई सुरक्षित राख्नुहोला ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

 

 

तपाईको प्रतिक्रिया