Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी यो वर्षको अक्टुबर महिनाको १ तारिखबाट जापानमा सुरु भएको केही नयाँ नियमहरुका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
१ न्युनतम ज्याला : जापान सरकारले यो वर्षको अक्टुबर महिनाको १ तारिखबाट लागू हुनेगरी श्रमिकहरुको न्युनतम पारिश्रमिक प्रतिघण्टा २८ येनबाट बढाएर ३२ येनसम्म पुर्‍याएको छ । जसअनुसार टोकियो तोको न्युनतम पारिश्रमिक १ हजार १३ येनबाट १ हजार ४१ येन भएको छ ।
यसैगरी अन्य प्रिफेक्चरहरुमा पनि प्रतिघण्टाको पारिश्रमिक रकम देहायअनुसार परिवर्तन भएको छ ।
१. होक्काइदो ८८९ येन
२. आओमोरी ८२२ येन
३. मियाजाकी ८५३ येन
४. कानागावा १०४० येन
५. साइतामा ९५६ येन
६. चिबा ९५३ येन
७. गुन्मा ८६५ येन
८. शिजुओका ९१३ येन
९. आइची ९५५ येन
१०. ओसाका ९९२ येन
११. हृयोगो ९२८ येन
१२. ओकायामा ८६२ येन
१३. हिरोसिमा ८९९ येन
१४. फुकुओका ८७० येन
१५. ओकिनावा ८२० येन
यो बाहेक अरु क्षेत्रको पनि प्रतिघण्टा पारिश्रमिक दर बढेको छ । जापान सरकारले जापानमा काम गर्ने श्रमिकको हितलाई ध्यानमा राखेर न्युनतम तलबमान निर्धारण गरेको हो । र, सोही अनुसार जापानमा कानूनी ब्यवस्था गरिएको हुन्छ । त्यसैले निर्धारित न्युनतम पारिश्रमिक भन्दा कम तलब भुक्तानी अवैध मानिन्छ । रोजगारदाता कम्पनीसंग रोजगारी सम्बन्धित करारनामा गर्दा निर्धारित तलबमान अनुसार मेल नखाएमा मान्य हुँदैन । इमिग्रेशन वा हेल्लो वर्कको रोउदोउ क्योकुमा कुनै कागजात बुझाउनुपर्दा न्युनतम तलबमान मिले नमिलेको राम्रोसंग चेकजाँच गर्नुपर्दछ ।

२. सूर्तीजन्य पदार्थको कर : यो बर्षको अक्टुबर महिनाबाट सूर्तीजन्य पदार्थमा कर बृद्धि भएको छ । चुरोट १ खिल्लीको १ येन बढेको छ । १ बट्टामा २० खिल्ली चुरोट छ भने चुरोटको कर २० येन बढेको छ । जसअनुसार २० खिल्ली भएको चुरोट १ बट्टामा ५ सय ८० येन भएको भए त्यसभित्रको ३ सय ५ चुरोट कर अनि ५२ येन उपभोग कर गरी ३ सय ५७ येन जम्मा तिर्नुपर्ने करको रकम हुन्छ ।

३. उपभोग कर इनभ्वाइस ब्यापार अपरेटरको दर्ता सुरु : २०२३ सालको अक्टुबर महिनाबाट कम्पनी वा व्यक्तिगत तवरले ब्यवसाय गर्ने व्यक्तिले कर कार्यालयमा उपभोग कर बुझाउने बेलामा खर्च भएको जम्मा रकमको हिसाबले इनभ्वाइस व्यापार अपरेटरको दर्ता भएको कम्पनीको र व्यक्तिगत व्यापारको सेइक्युस्योउ, र्‍योउस्युस्योउ मात्रको स्योउहिजेइ सस्तो हुने भएको छ ।

उदाहरणका लागि उपभोग करको स्योउहिजेइ सिन्कोकु गर्दा भएको खर्च जम्मा गरी जोड्ने बेलामा अहिलेसम्मको अवस्थामा तिरिएको बिलहरु खर्च अनुसार उपभोगकर सस्तो गर्न सकिन्थ्यो भने २०२३ को अक्टुबर महिनाबाट इनभ्वाइस व्यापार अपरेटरको दर्ता भएको कम्पनीको र व्यक्तिगत व्यापारको सेइक्युस्योउ, र्‍योउस्युस्योउ भएको मात्रको खर्च अनुसार स्योउहिजेइ सस्तो हुने छ ।
त्यसैले यदि कुनै कम्पनीको पसलको कोउजी गरेको छ भने कोउजी कम्पनीले इन्भोइस व्यापारको दर्ता गरेको छैन भने त्यो कोउजी कम्पनीको खर्चका बिलहरु हाली उपभोग कर सस्तो बनाउन मिल्दैन ।

वार्षिक आय १ हजार मान भन्दा तलको उपभोग करको सिन्कोकु गर्नु नपर्ने अवस्थामा इन्भोइस व्यापारको दर्ता नगरेको भए आवश्यक पर्ने छैन ।

यदि तपाईको कम्पनीको इन्भोइस व्यापारको दर्ता नगरेको भए र तपाईको कम्पनीलाई तिरेको बिलको उपभोग कर अर्को कम्पनीले खर्चमा देखाई सस्तो गर्न खोजे त्यसो गर्न पाइने छैन र अर्को कम्पनीलाई समस्या पर्न जाने छ ।

तर पनि १ हजार मान भन्दा थोरै सेल गरेर उपभोग करको सिन्कोकु नगरे पनि हुने अवस्थामा इन्भोइस व्यापारको दर्ता गरेमा सेल १ हजार मान भन्दा थोरै भए पनि उपभोग करको सिन्कोकु गर्नुपर्ने हुन्छ । इन्भोइस व्यापारको दर्ताको आबेदन यो बर्षको अक्टुबर महिनाको १ तारिखदेखि सुरु भएको छ । यो दर्ता कर कार्यालयमा गर्नुपर्ने आवश्यक हुन्छ । यस बिषयमा थप जानकारी चाहिएमा सरोकारवला निकाय वा जेइरिसीसंग परामर्श गर्नु उपयुक्त हुन्छ । ***

पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

 

तपाईको प्रतिक्रिया