शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको कर प्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी कोभिडका कारण बैंकिङ कर्जा फिर्ता गर्न समस्या परेमा के गर्ने भन्ने बारेमा यस अघि प्रकाशित जानकारीलाई थप स्पष्ट पार्ने प्रयास गरिएको छ ।
गएको बर्ष र यो बर्षभरि कोभिडका कारण राम्रोसंग ब्यवसायिक गतिविधि हुन नसक्दा बैंकको कर्जा फिर्ता गर्न गाह्रो भएको अवस्थामा सम्बन्धित बिषयका वकिलको परामर्शमा अदालती प्रक्रिया अगाडि बढाउन सकिन्छ।यो प्रक्रिया ३ किसिमले गर्न सकिन्छ ।

१. नागरिक पुनर्वास प्रक्रिया (Minjisaisei) :  यो अदालती प्रक्रिया अनुसार बाँकी रहेको ऋण घटाईदिने र ब्यापार जारी राख्न सक्ने प्रक्रिया हो । अदालत, वकिल, कम्पनी मालिक र बैंकबीच छलफल गरी बैंकको कर्जा कति घटाए कम्पनीको ब्यापार पहिलेकै अवस्थामा फर्कन सक्छ भन्ने योजना बनाई बैंकको सम्झौता र अदालतबाट अनुमति प्राप्त गरिन्छ । ब्यापारमा टेवा दिनका लागि बैंक अथवा अर्को कम्पनीले तपाईको कम्पनीमा लगानी गर्ने केस पनि हुन सक्छ वा कम्पनी मालिकले साबिकै बमोजिम जारी राख्न पनि सक्छन् । यो प्रक्रियाबाट कर्जा त घट्छ तर बाँकी रहेको कर्जा अनिवार्य फिर्ता गर्नुपर्दछ । यो प्रक्रिया पछि तपाईको कम्पनीको ब्यवस्थापकीय जिम्मेवारीमा ३ वर्षसम्म अदालतले निगरानी गर्ने छ भने कर्जा तिरेको रेकर्ड नियमित अदालतमा पेस गर्नुपर्नेछ । यो प्रक्रिया गरिसकेपछि तपाईको कम्पनीको विश्वासनियता गुम्ने भएकोले अर्को नयाँ बैंकमा कारोवार गर्न सकिदैन । यो अदालती प्रक्रिया गर्दा व्यक्तिगत भए २० मान येन र कम्पनीको हकमा २ सय मान येन सेवा शुल्क लाग्छ । कर र स्याखाई होउकेनको तिर्न बाँकी रकम धेरै भए बैंकको कर्जा फिर्ता गर्न सक्ने संभावना थोरै हुने हुँदा यो प्रक्रियामा बैंकले सहमति दिने संभावना कम भएकोले यो प्रक्रिया अगाडि बढाउन सकिदैन ।

२. कम्पनी पुनर्गठन प्रक्रिया (Kaisha Kōsei) : अदालती प्रक्रियाबाट कम्पनीको मालिक परिवर्तन गर्ने, बैंकको कर्जा घटाउने र तर व्यवसाय भने जारी राख्ने प्रक्रिया हो यो । खाबुसिकी खाइस्याको हकमा मात्र यस्तो प्रक्रिया अगाडि बढाउन सकिन्छ । गोउदोउ खाइस्या र युगेन खाइस्याको हकमा यो प्रक्रिया गर्न मिल्दैन । पहिलो नागरिक पुनर्वास प्रक्रिया भन्दा यो प्रक्रिया अदालतबाट कडा निगरानी हुन्छ । अदालती प्रक्रिया गर्दा २ हजार मान येन भन्दा बढि खर्च लाग्न सक्छ ।

३. अदालती प्रक्रियाबाट कम्पनी बन्द गर्ने (होउजिन हासान) : अदालती प्रक्रियाबाट कम्पनी बन्द गर्ने प्रक्रिया गरेमा कम्पनीको तिर्न बाँकी कर्जा फिर्ता नगरे पनि हुन्छ । यसलाई जिकोउ हासान (होउजिन हासान) भनिन्छ ।

जिकोउ हासान गर्दा देहायका बिषयमा ध्यान दिनुपर्दछ ।
१. लिएको कर्जा के कति कारणले फिर्ता गर्न नसकिएको हो, सो बारेमा स्पष्ट पार्नुपर्ने ।
२. वित्तीय अवस्था अथवा खेस्सानस्योको साइमुच्योउका भएको हुनुपर्ने । साइमुच्योउका भनेको खेस्सानस्योको ब्यालेन्स सिटमा एसेट (आन्तरिक सम्पत्ति) भन्दा लियाबिलीटी (बाह्य पूँजी) बढि भएको अवस्था हो ।
३. अदालती प्रक्रिया र वकिल खर्चको हकमा, व्यक्तिगत जिकोउ हासानमा ३० मानदेखि माथि र कम्पनीको हकमा ७० मान देखि माथि लाग्ने छ ।
४. जिकोउ हासान प्रक्रिया भईरहेको बेला घर सर्ने र ३ दिन भन्दा लामो समय बिदेश भ्रमणमा जानुपरेमा अदालतबाट अनिवार्य अनुमति लिनुपर्दछ ।

जिकोउ हासान गर्दा अपनाईनुपर्ने सावधानीहरु यसप्रकार छन् ।
१. जापानको क्रेडिट इन्फर्मेशन सेन्टर -सीआइसी_ को डेटामा कालोसूचीमा पर्ने हुँदा ५ देखि १० बर्षसम्म क्रेडिट कार्ड र बैंकिङ कारोबार गर्न मिल्दैन ।
२. जिकोउ हासान गरेका ब्यक्ति वा कम्पनीको नाम जापानको सरकारी पत्रिकामा प्रकाशित हुने छ ।
३. भएको चल-अचल सम्पत्ति रोक्का गरी अदालतले बैंकको कर्जा असुलीमा प्रयोग गर्न सक्छ । अदालतले तपाईको सम्पत्तिमा कडा चेकजाँच गर्ने हुँदा सम्पत्ति लुकाइएको र झुटा विवरण दिएको फेला परेमा जिकोउ हासानको प्रक्रिया रद्द भई कर्जा फिर्ता गर्ने अवस्था यथावत हुने छ ।
४. ब्यवसायिक कर्जा लिई व्यक्तिगत प्रयोजनमा खर्च गरेको, जस्तै घरजग्गा किनेको पाईएमा जापानको बैंकिङ कसुर अनुसार सम्झौता बिपरित ठगी गरेको अभियोगमा कानून बमोजम सजायँ हुने छ ।
५. कम्पनीको जिकोउ हासान भए पनि मालिक ग्यारेन्टर बसेको अवस्थामा मालिकले कर्जा फिर्ता गर्नुपर्दछ ।
६. कम्पनीको मालिकले पनि कर्जा फिर्ता गर्न नसक्ने अवस्था हो भने मालिक आफैले पनि जिकोउ हासान प्रक्रिया गर्नुपर्दछ ।
व्यक्तिगत जिकोउ हासान गरेपछि मात्र बैंकको कर्जा फिर्ता नगरे पनि हुन्छ, तर आफ्नो तर्फबाट राष्ट्रलाई तिर्नुपर्ने कर र राष्ट्रिय स्वास्थ्य वीमा भने अनिवार्य तिर्नुपर्दछ । ***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

तपाईको प्रतिक्रिया