शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी सामाजिक कल्याणकारी ऋण सहायता -(Seikatsu Fukushi Kashitsuke) सामाजिक कल्याणकारी ऋण (Shakai Fukushi Kashitsuke) को बारेमा जानकारी गराउने प्रयास गरिएको छ । नयाँ कोरोना भाइरसको प्रभावका कारण गएको बर्षबाट जापान सरकारले जीवित कल्याण कोषहरू ’आपतकालीन कोष’ र ’बृहत समर्थन कोष’ को ऋण दिन शुरू गरेको छ ।
यो प्रक्रिया सिटी अफिसमा गएर गर्न सकिन्छ र आवेदन अवधि यस वर्षको जुन ३० सम्म बढाईएको छ ।
यद्यपी यो प्रक्रिया गर्न पाउने निश्चित मापदण्ड तोकिएको छ । प्रक्रिया गर्न चाहने व्यक्तिले प्रक्रियाका लागि सामग्री ध्यानपूर्वक अध्ययन गरी प्रक्रिया गलत नहुने निश्चित गर्नुपर्दछ ।
१. आपतकालीन कोषः यदि कोरोनाको असरका कारण जीवन निर्बाहमा असहज भएको छ भने, तुरुन्तै सहयोग प्राप्त गर्न सकिन्छ । प्रक्रियाका लागि कुनै ग्यारेन्टरको आवश्यकता पर्दैन । २००,००० (दुईलाख) येन सम्म लिन सकिने यो रकम २०२२ को मार्चसम्म फिर्ता गर्नुपर्दैन । त्यसपछिको दुई वर्षदेखि फिर्ता गर्नुपर्ने हुन्छ र सो रकमको कुनै ब्याज लाग्दैन ।
प्रक्रियाका लागि योग्य व्यक्तिहरू :
क. ज्युमिन्हृयोउमा ४ जना वा सो भन्दा बढि संख्या भएको परिवारका कुनै एक व्यक्तिलाई कोरोना लागेको अवस्था र कोरोनाकै कारण बच्चाको स्कुल बन्द भई बच्चालाई घरमा हेर्नुपर्ने स्थितिका ब्यक्तिहरुले यो सुबिधा लिन पाउँछन् ।
ख. कोरोनाकै कारण काममा असर पर्न गई खाईपाई आएको तलबमा ह्रास आई जीवन निर्बाह खर्च धान्न नसकेको अवस्थाबाट पीडित ब्यक्तिहरुले पनि यो सुबिधा लिनका लागि आवेदन गर्न सक्दछन् ।
२. बृहत समर्थन कोष : कोरोना प्रभावका कारण मासिक तलब वा आम्दानी घटेको छ वा आफ्नो जागिर गुमाउनु परेका कारण जीवन निर्बाहमा कठिनाई आएको छ भने त्यस्तो ब्यक्तिले पनि उक्त सुबिधा लिन सक्दछन् । यस प्रक्रियाका लागि कुनै ग्यारेन्टरको आवश्यकता पर्दैन ।
क. रकम : ज्युमिन्हृयोउमा परिवारका सदस्यहरूको संख्या २ जना भए मासिक २००,००० (दुई लाख) येनका दरले तीन महिनासम्म प्राप्त गर्न सकिन्छ ।
ख. ज्युमिन्हृयोउमा परिवारका सदस्यहरूको संख्या १ भए मासिक १५०,००० (एक लाख पचास हजार) येनका दरले तीन महिनासम्म प्राप्त गर्न सकिन्छ ।
यसरी लिएको सहुलियत कर्जा २०२२ को मार्च महिनासम्म फिर्ता गर्नुपर्दैन । त्यसपछिको १० वर्षभित्र उक्त रकम किस्ताबन्दीमा फिर्ता गर्नुपर्दछ । तर यसको कुनै ब्याज लाग्दैन ।
प्रक्रिया गर्न पाउने व्यक्तिहरू :
क. तलब कम भई जीबन निर्बाह गर्न खर्च नपुगेको अवस्थामा ।
माथि उल्लिखित बूँदा नंवर १ र २ अनुसार प्रक्रिया गर्नुपरेमा तलब वा कमाई घटेको कुनै प्रमाण वा कागजात बुझाउनु पर्दैन । र यसमा कतिसम्म घटेको हुनुपर्ने भन्ने नियम पनि छैन । बिदेशीले पनि यो प्रक्रिया गर्न पाउने भएता पनि कम्पनी वा ब्यापारिक प्रयोजनका लागि भने यो सुबिधा लिन पाईदैन । माथि उल्लिखित बुँदा नंबर १ र २ को हकमा दोस्रो प्रक्रिया वा तेस्रो प्रक्रियाबाट यो ऋण प्राप्त गर्न सकिन्छ ।
देहायको अवस्थामा भने फिर्ता गर्न नपर्ने प्रावधान छ ।
१. आपतकालीन कोषको बारेमा २०२१ को आवास कर जेरो भएमा अथवा २०२२ को आवास कर हिखाजेइ जेरो
(०) भएमा, ज्युमिन्हृयोउमा उल्लिखित परिवारका सदस्य सबैको आवास कर हिकाजेइ (आवास कर) जेरो भएमा ।
२. बृहत समर्थन कोषको बारेमाः पहिलो पटकको ऋण २०२१ को आवास कर जेरो भएमा अथवा २०२२ को आवास कर हिखाजेइ जेरो (०) भएमा । २०२३ को आवास कर जेरो भएमा अथवा हिखाजेइ जेरो (०) भएमा । २०२४ को आवास कर जेरो भएमा अथवा हिखाजेइ (०) भएमा । ज्युमिन्हृयोउमा परिवार सबैको आवास कर हिकाजेइ (आवास कर) जेरो भएको हुनुपर्ने छ ।
आवश्यकता अनुसार धेरै व्यक्तिले यो प्रक्रियाबाट कल्याणकारी सहुलियत कर्जा लिएको हुनुपर्छ । यो सजिलो तरिकाले प्रक्रिया गर्न सकिन्छ तर झुटो विवरण पेश गरिनुभने हुँदैन । सिटी अफिसबाट कल्याणकारी कोष मार्फत यस्तो कर्जा लिने बेलामा घटेको तलब रकम सहि लेख्नुपर्दछ ।
हरेक वर्ष आफुले काम गरेको कम्पनीबाट प्राप्त गर्ने गेन्सेन्च्योउस्युहृयोउ सहि छ कि छैन रुजु गर्नुपर्दछ । यो गेन्सेन सिटी कार्यालयमा जाने भएकोले यसैको आधारमा खाजेइ स्योउमेइस्यो बनाईन्छ । त्यसैले तलब घटेको छ कि छैन सजिलै सिटी अफिसमा थाहा हुने हुँदा आफ्नो विवरण उल्लेख गर्दा सहि जानकारी गराउनु पर्दछ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (३६) हेलो सेन्सेइ – (३६) उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया