बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापानमा उत्तराधिकारी करका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

जापानमा कुनै व्यक्तिको मृत्यु भयो र यदि मृतकको घर, गाडि, बैंक ब्यालेन्स वा नगद लगायतका चलअचल सम्पत्ति छ भने यो प्राप्त गर्ने हकवलालाई कर लाग्छ । यसलाई उत्तराधिकारी कर भनिन्छ । मृतकको कति चल-अचल सम्पत्ति छ र पति-पत्नी वा छोराछोरीहरु कति छन् भन्ने बिषयले कर निर्धारण गर्दछ । उत्तराधिकारी कर निम्नलिखित अवस्थामा लाग्छ ।
मृतकको पति वा पत्नी र बच्चाहरू कतिजना छन् र मृतकको कूल सम्पत्ति देहायमा उल्लिखित गरिएको भन्दा बढि भएमा देहायअनुसारले उत्तराधिकार कर लाग्छ :
१. पति वा पत्नी भएको, बच्चाहरु नभएमा ३ हजार ६ सय मान येन
२. पति वा पत्नी भएको र १ जना बच्चा भएमा ४ हजार २ सय मान येन
३. पति वा पत्नी भएको र २ जना बच्चाहरु भएमा ४ हजार ८ सय मान येन
४. पति वा पत्नी भएको र ३ जना बच्चाहरु भएमा ५ हजार ४ सय मान येन
५. पति वा पत्नी नभएको, १ जना बच्चा भएमा ३ हजार ६ सय मान येन
उदाहरणका लागि पति वा पत्नी र २ जना बच्चाहरु भएको ३ हजार मान येनमा घर किनेको र अरु २ हजार मान येन सम्पति भएको ब्यक्तिको मृत्यु भएमा उत्तराधिकारी कर यसरी निर्धारण हुन्छ ।
३ हजार मान येन र २ हजार मान येन जोड्दा हुन आउने कुल सम्पत्ति ५ हजार मान येन हुन्छ, त्यसबाट ४ हजार ८ सय मान (मापदण्ड) येन घटाउँदा बाँकी रहने २ सय मान येनको १० प्रतिशत २० मान येन उत्तराधिकारी कर हुन आउँछ ।
उत्तराधिकारी कर १० प्रतिशतदेखि ५५ प्रतिशतसम्म लाग्ने प्रावधान छ । तर पनि उत्तराधिकारी करको सुक्ष्म हिसाबमा अहिले बसिराखेको घरको मूल्य सस्तो हिसाब गरी आश्रितलाई कर नलाग्ने पनि हुन सक्छ ।
आश्रित र बच्चाहरु पनि नभएको अवस्थामा भने त्यो व्यक्तिको अभिभाबक जीवित भए वा त्यो व्यक्तिको दाजुभाइ, दिदीबहिनी कति जना छन् त्यहिअनुसार कर हिसाब गरिन्छ ।
मृतक जापानी हो बिदेशी, बिदेशी हो भने कुन प्रकारको भिसा बाहकको हो भन्ने बिषयले उत्तराधिकारी करको हिसाब निर्धारण गर्दछ । उदाहरणका लागि :
केस – १ मृतक जापानी नागरिक भएको अवस्थामा जापान र नेपालको सम्पतिको कुल रकमको उत्तराधिकार कर हिसाब गरिन्छ ।
केस – २ मृतकको राष्ट्रियता नेपाली तर पर्मानेन्ट रेसिडेन्ट भिसा बाहक वा जापानी स्पाउज वला भिसा बाहक वा तेइज्युस्या भएमा जापान र नेपालमा भएको कूल सम्पतिको उत्तराधिकारी कर हिसाब गरिन्छ ।
केस – ३ मृतकको राष्ट्रियता नेपाली तर माथि उल्लिखित दूवै केसहरु भन्दा फरक भिसा बाहक तर आश्रति सदस्य वा बालबच्चा जापानमा बसेको १० बर्षभन्दा थोरै भएमा जापानको मात्र सम्पतिको हिसाब गरी कर निर्धारण गरिन्छ ।
परिवारका आश्रित सदस्य वा बालबच्चा जापानमा बसेको १० बर्ष भन्दा बढि भएको छ भने जापान र नेपालको कूल सम्पतिको उत्तराधिकारी कर हिसाब हुन्छ । परिवारका आश्रित सदस्य वा बच्चाहरुको भिसा एइज्यु, जापानी स्पाउज भिसा वा तेइज्युस्या भई जापानमा १० बर्षभन्दा थोरै भए पनि जापान र नेपालको कूल सम्पतिको हिसाब गरी उत्तराधिकारी कर निर्धारण गरिन्छ ।
उदाहरणका लागि, जापानमा २ जना आश्रित र बच्चा भएको एइज्युस्याको मृत्यु भएमा जापानमा ३ हजार मान येनको घर र नेपालमा ३ हजार मान येन बराबरको सम्पति छ भने उत्तराधिकारी कर ३ हजार मान येन र ३ हजार मान गरी ६ हजार मान येनबाट ४ हजार ८ सय मान येन घटाउँदा हुन आउने १ हजार २ सय मान येनको १० प्रतिशत रकम १ सय २० मान येन उत्तराधिकारी कर लाग्छ । नेपालमा धेरै सम्पति भए उत्तराधिकार कर पनि महङ्गो पर्छ ।
मृत्यू भएको व्यक्ति बस्दै आएको घरको कर भने सस्तो पर्छ वा आश्रितलाई कर नलाग्न पनि सक्छ । उत्तराधिकारी कर सस्तो गर्ने हो भने सम्पत्तिबाहकको मृत्यु हुनु अगावै चल-अचल सम्पत्ति परिवारका सदस्यको नाममा नामसारी गर्न सकिन्छ । यस्तो अवस्थामा उपहार कर लाग्ने हुँदा नामसारी गर्ने बेलामा सो बापत लाग्ने कर बारे जानकारी लिएर मात्र प्रक्रिया अगाडि बढाउन उपयुक्त हुन्छ ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

 

तपाईको प्रतिक्रिया