शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमा स्याखाई होउकेन (स्वास्थ्य बीमा तथा पेन्सन प्याकेज) सम्बन्धमा जानकारी गराउने प्रयास गरिएको छ ।

कम्पनीबाट स्याखाई होउकेन आवेदन गर्दा स्वास्थ्य बीमा र पेन्सन संगै प्याकेजमा गर्नुपर्दछ । कम्पनीबाट गरिने पेन्सन प्रक्रियालाई कोसेइ नेन्कीन भनिन्छ । जापानको कानून अनुसार खाबुसिकी खाइस्या वा गोउदोउ खाइस्या जस्ता कम्पनीको हकमा अनिवार्य स्याखाई होउकेन छिर्नुपर्दछ । जसअनुसार कम्पनीमा कार्यरत कर्मचारीहरु र कम्पनीको मालिक यस प्रक्रियामा सामेल हुनुपर्दछ । कम्पनीमा मालिक मात्र १ जना भए पनि यो प्रक्रिया गर्नुपर्दछ । कम्पनी नभई व्यक्तिगत व्यवसाय (कोउजिन) को हकमा पूर्णकालिन कर्मचारी ५ जना भन्दा बढी भएमा मात्र स्याखाई होउकेन छिर्नुपर्दछ । व्यक्तिगतरुपमा गरिएको रेस्टुरेन्ट ब्यवसाय हो भने पूर्णकालिन कर्मचारी ५ जना भन्दा बढी भए पनि स्याखाई होउकेन नछिरे पनि हुन्छ । व्यक्तिगत ब्यवसायको मालिकले स्याखाई होकेन छिर्न मिल्दैन, कर्मचारीको मात्र प्रक्रिया गर्नुपर्ने हुन्छ ।

कम्पनीबाट स्याखाई होकेन छिरेको व्यक्तिले सिटी अफिसको राष्ट्रिय स्वास्थ्य बीमा र पेन्सन तिर्नुपर्दैन । परिवारका आश्रित सदस्यहरूको हकमा कम्पनीबाट स्याखाइ होउकेन प्रक्रिया गरिएको छ भने परिवारका आश्रित सदस्यहरुको पनि स्याखाई होउकेन छिर्न मिल्छ । यस्तो अवस्थामा आश्रितहरुको स्याखाई होउकेनको बिल छुट्टै तिर्नुपर्दैन । तर आश्रितको वार्षिक कमाई १ सय ३० मान येन भन्दा तल हुनुपर्छ । यदि आश्रितको आम्दानी वार्षिक १ सय ३० मान येन भन्दा बढी छ भने त्यस्तो अवस्थामा छुट्टै प्रक्रियामा गई स्वास्थ्य बीमा र पेन्सन बापतको बिल तिर्नुपर्दछ ।

कम्पनीबाट स्याखाइ होउकेन गरेको अवस्थामा कम्पनीले प्रत्येक महिना देहायअनुसार बिल भुक्तानी गर्नुपर्दछ ।
स्वास्थ्य बीमा बापत तलबको ११ दशमलव ६४ प्रतिशत कोसेइ नेन्कीन बापत तलबको १८ दशमलव ३० प्रतिशत गरी जम्मा तलबको लगभग करीव ३० प्रतिशत हुन आउँछ ।
यो रकम मध्य कम्पनीले देहायअनुसारले प्रत्येक महिना कर्मचारीको तलबबाट कटाउँदछन् । स्वास्थ्य बीमा बापत तलबको ५ दशमलव ८२ प्रतिशत, कोसेइ नेन्कीन बापत तलबको ९ दशमलव १५ प्रतिशत गरी जम्मा तलवको करीव १५ प्रतिशत हुन्छ । यसैगरी बोनस भएको बेलामा पनि स्याखाइ हाउेकेन हिसाब गरी तलबबाट कटाई राष्ट्रलाइ तिर्नुपर्दछ ।
गणना आधारभूत सूचना (Santei Kiso no Todokede) स्याखाई होकेनको प्रक्रिया गरिसकेपछि प्रत्येक बर्ष पेन्सन कार्यालयलाई बुझाउनुपर्ने कागजपत्र हुन्छ र यसैलाई सान्तेइ किसो तोदोकेदे भनिन्छ । यो कागजपत्र स्याखाई होउकेनको प्रक्रिया गरिएको ओनर र कर्मचारीको प्रत्येक बर्षको ४, ५, ६ महिनाको तलब लेखी पेन्सन कार्यालयमा बुझाउनुपर्ने हुन्छ । यसमा लेखिएको ४, ५, ६ महिनको औसत तलबको हिसाब गरी ९ महिनाबाट एक वर्षको अबधिका लागि भुक्तानी रकम निर्धारण गरिन्छ । प्रत्येक महिना स्याखाई होउकेनको तिर्नुपर्ने रकमको हिसाब गर्ने भने होइन । त्यसैले यदि ४ बाट ६ महिनासम्मको तलब ओभर टाइमले गर्दा धेरै भएको छ भने औसत तलब पनि बढ्ने हुँदा ९ महिनाबाट एक वर्षको अबधिको स्याखाई होउकेनको तिर्नुपर्ने रकम पनि बढ्न सक्छ र त्यसरी नै तलबबाट काटिने स्याखाई होउकेनको रकम पनि धेरै हुन्छ ।
स्याखाई होउकेन छिरेको महिला कर्मचारी सुत्केरी बिदा लिएको बेला, सुत्केरी भन्दा ६ हप्ता अघि र सुत्केरी पछिको ८ हप्ता पछिसम्मको स्याखाई होउकेनको बिल शुन्य हुन्छ । सुत्केरी भएपछि बच्चा हुर्काउनका लागि बिदा लिएमा बच्चा ३ बर्ष हुने बेलासम्म स्याखाई होउकेन शुन्य येन हुन्छ । यो अवस्थामा पेन्सन कार्यालयमा प्रक्रिया गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

 

तपाईको प्रतिक्रिया