शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी महामारीका कारण कम्पनी बन्द भएमा बैंकबाट लिएको कर्जा के हुन्छ भन्ने बिषयमा जानकारी गराउने प्रयास गरिएको छ ।
लामो समयदेखि विद्यमान विश्वब्यापी कोभिड-१९ महामारीका कारण उत्पन्न विषम परिस्थितिमा ब्यवसायिक निरन्तरताका लागि बैंकहरूले ब्यवसायीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउँदै आएका छन् । यसरी उपलब्ध गराईएका सहुलियत कर्जा निश्चित समयावधिभित्र अनिवार्य फिर्ता गर्नुपर्दछ । तर ब्यवसाय राम्रोसंग चल्न नसकेका कारण कर्जा फिर्ता गर्न नसकेको अवस्थामा हुने प्रावधानका बारेमा यहाँ चर्चा गरिएको छ ।
बैंकबाट लिईएको कर्जा पूर्वनिर्धारित योजना अनुसार तिर्न नसकेको अवस्थामा मासिक किस्ता रकम पूर्वनिर्धारित रकमभन्दा कम गराउन सकिन्छ । यसका लागि बैंकलाई अनुरोध गरी कर्जा फिर्ताको रि-स्याडुलिङ गर्न सकिन्छ । यसैगरी ब्याज कम गर्नका लागि रिफाइनान्सिङ गर्न सकिन्छ ।
१. यसो गर्दा अदालती प्रक्रियाबाट बाँकी रहेको कर्जा घटाउने र यसरी घटाई बाँकी रहेको कर्जा अनिवार्य फिर्ता गर्दै जानुपर्दछ ।
२. अदालती प्रक्रियाबाट कम्पनी बन्द भएमा बाँकी रहेको कम्पनीको कर्जा फिर्ता गर्नुपर्दैन । यसलाई जिकोउ हासान (होउजिन हासान) भनिन्छ । जिकोउ हासान गर्नका लागि केही निश्चित नियमहरु छन्, जस्तै लिएको कर्जा कुनै पनि हालतमा फिर्ता गर्न नसक्ने अवस्था भएको हुनुपर्ने, व्यवसाय सामान्य चलिरहेको अवस्थामा कर्जा तिर्न नसक्ने भन्ने कुरो मान्य हुँदैन ।
लेखा प्रतिवेदन (खेस्सानस्यो) को साइमुच्योउका भएको हुनुपर्दछ । साइमुच्योउका भनेको खेस्सानस्योको ब्यालेन्स सिटमा एसेट (सम्पति) भन्दा लियाबिलीटी बढी भएको अवस्था हो ।
जिकोउ हासान गरेको अवस्थामा जापानको क्रेडिट सूचना केन्द्र (सिआइसी) को डेटामा कालोसूचीको रूपमा दर्ज हुने हुँदा ५ देखि १० बर्षसम्म क्रेडिट कार्ड र बैंकसंग कर्जासंग सम्बन्धित कारोवार गर्न मिल्दैन । कम्पनी जिकोउ हासान भएपनि कर्जा लिने बेला मालिक ग्यारेन्टर बसेको छ भने मालिकले कर्जा फिर्ता गर्नुपर्दछ । यदि मालिकको पनि कर्जा फिर्ता गर्न नसक्ने अवस्था हो भने मालिकले पनि जिकोउ हासान गर्नुपर्दछ । मालिकले जिकोउ हासान गरेपछि भने बैंकको कर्जा फिर्ता नगरे पनि हुन्छ तर जिकोउ हासानको प्रक्रिया गर्दा अदालतमा बुझाएको साइमुच्योउखाको खेस्सान्स्योउले गर्दा मालिक बिजनेश भिसाबाहक हो भने नविकरणको बेलामा त्यसपछिको बिजनेस प्लान बुझाउनुपर्दछ । जिकोउ हासानको प्रक्रियापछि बिजनेस नगरिएको खण्डमा बिजिनेस भिसा अस्वीकृत भई भिसा रद्द हुन्छ ।
जिकोउ हासानको प्रक्रिया गर्दै नयाँ कम्पनी बनाउन त पाईन्छ तर कम्पनीको नाम मात्र फरक तर कामको प्रकृति सबै पहिलेकै जस्तो भयो भने पहिलेको कम्पनीको कर्जा नयाँ कम्पनीले तिर्नुपर्ने हुन सक्छ ।
बैंकबाट लिएको कर्जा कम्पनीको ब्यवसायिक प्रयोजनमा नलगाई मालिकले व्यक्तिगत प्रयोजनमा खर्च गरेको छ भने जिकोउ हासान गर्न मिल्दैन । उदाहरणका लागि बैंकबाट लिईएको कर्जा कम्पनीको ब्यवसायिक प्रयोजनमा खर्च भएको छ भने त्यो खर्च लागत अथवा सम्पतिमा भएको हुनुपर्छ नत्र कम्पनीको ब्यवसायिक प्रयोजनमा खर्च भएको मानिदैन ।
जिकोउ हासान गर्नका लागि ब्यवसाय घाटामा गई चरम बजेट अभाव भएको र टाँट पल्टेको अवस्था हुनुपर्छ । यसप्रकारको लेखा प्रतिबेदन (खेस्सानस्यो) बिजिनेस भिजा नविकरणको बेलामा व्यापार योजना र स्पष्टीकरण सहित इमिग्रेशनमा बुझाउनुपर्दछ । जिकोउ हासान पछि कम्पनी नहुने हुँदा इमिग्रेशनलाई चित्तबुझ्दो स्पष्टीकरण दिन नसके भिसा रद्द हुन पनि सक्दछ । ***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

तपाईको प्रतिक्रिया