Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको कर प्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापानको कर कार्यालयद्वारा कम्पनीहरुको ब्यवसायिक आर्थिक गतिविधि ठीक दुरुस्त भए-नभएको छानबिन गर्न गरिने छड्के चेकजाँच (जेइमु च्योउसा) का बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
प्रत्येक वर्षको ७ महिना तिर कर कार्यालयको कर्मचारीहरुको सरुवा हुने भएकोले ९ देखि ११ महिना र ४ देखि ६ महिना जेइमु च्योउसा बढी हुने समय हो । गत वर्षदेखि कोरोनको कारण जेइमु च्योउसा रोकिएको छ । तर कोरोना संक्रमण रोक्न घोषणा गरिएको आपतकाल सकिएपछि जेइमु च्योउसा बढी हुने आंकलन गर्न सकिन्छ ।

गत वर्ष राष्ट्रिय कर एजेन्सीबाट जारी कर लेखापरीक्षणको तथ्याङ्क अनुसार विदेशी रेष्टुरेण्टहरूको जेइमु च्योउसा उच्च देखिएको र संशोधन घोषणा ४२ दशमलव ३ प्रतिशत छ । रेष्टुरेण्टको व्यापारिक आम्दानी (सेल्स) प्रायः नगदमा नै हुने हुँदा व्यापारमा कम गरेर देखाउने धेरै हुने अनि विदेशी रेष्टुरेण्टहरूको हकमा अन्य धेरै चेकजाँच गर्नपर्ने विषयहरू हुने हुँदा जेइमु च्योउसाको प्रतिशत उच्च देखिएको हो । रेष्टुरेण्टको हकमा जेइमु च्योउसा गर्दा चेकजाँच हुने विषयहरू निम्न अनुसार छन् ।

१ सेल्स सही हो होइन :
कर घटाउनका लागि सेल्स अथवा व्यापार घटाएर थोरै बनाएको छ कि भनेर चेकगरी त्यसको पुष्टि गर्ने गरिन्छ । व्यापार घटाएर देखाएको अवस्थामा व्यवसायिक तथा उपभोक्ता कर समेत कम हुने हुँदा कर कार्यालयले अनिवार्य सेल्स अथवा व्यापार चेकजाँच गर्दछ । केस्सानको बेलामा बुझाईएको सेल्स र रेजीपेपरको सेल्स मिलेको छ कि छैन, सेल्स नोटको सेल्स मिलेको छ कि छैन, उबर इट्स तथा देमायकान मार्फत भएको सेल्स सही तरिकाले राखिएको छ कि छैन ? कम्पनी मालिकको व्यक्तिगत बैंक खाता मार्फत गरिएका कम्पनीको भुक्तानीहरूको सही तरिकाले जानकारी गराईएको छ कि छैन ? त्यसको पनि चेकजाँच गरिन्छ ।
कर कार्यालयले कम्पनी र मालिकको बैंक खाता सजिलै चेकजाँच गर्न सक्ने हुँदा लुकाउन सकिंदैन । त्यसैगरी कर कार्यालयले जेइमु च्योउसा गर्न भन्दा अगाडि उक्त रेष्टुरेण्टको बारेमा धेरै कुराहरू चेकजाँच गर्दछ । पसलको बाहिर बसेर १ दिनमा कति जति पाहुनाहरू पसलमा खाना खान आउँछन्, टेकआउट तथा डेलिभरी गरेको छ कि छैन भन्ने पनि चेकजाँच गर्न सक्छ । त्यसो त जेइमु च्योउसाको अघिल्लो दिन कर कार्यालयका कर्मचारीहरू ग्राहक बनेर पसलमा आई खाना खाँदै पसलमा कति कर्मचारीले काम गर्छन्, पसलको सेल्स पैसा कसरी राख्ने गरेका छन् त्यसको पनि छड्के चेकजाँच गरी पुष्टि गर्ने गर्दछन् ।
कर कार्यालयले छड्के चेकजाँच गर्न आउने बेलामा कर्मचारीहरुले विभिन्न उपाय अपनाउने गरेको पाईन्छ । ग्राहक बनेर रेष्टुरेन्टमा खाना खान आउने र खाना खाईओरी पैसा तिर्ने बेलामा १ मान दिएर फिर्ता रकम लिएर गएको र भोलीपल्ट आई जेइमु च्योउसा सुरु गर्ने गरेको पनि पाईएको छ । अघिल्लो दिन उनीहरुले तिरेको १ मान जुन पैसामा उनीहरुले चिनिने गरी चिनो लगाइएको हुन्छ, त्यो कहाँ छ भनेर खोजी गरेको वास्तविक घटनामा चेक गर्दै जाँदा सो पैसा रेजीमा नभई साहुजीको पर्समा भेटिएको थियो । जसले गर्दा रेजीको पैसा सेल्समा नराखेर आफुले लिएको शंका गरिएको थियो ।

२. खर्च विवरण सहि छ कि छैन :
खर्चमा हाल्न मिल्ने भनेको व्यापारिक खर्चहरू मात्र हुन् । मालिकको व्यक्तिगत खर्च हाल्न पाइँदैन । व्यापारिक मिटीङ तथा यातायात खर्चलाई कम्पनीको खर्चमा हाल्न मिल्छ तर नितान्तै पारिवारिक वा व्यक्तिगत भ्रमणमा गरिएको खर्च कम्पनीको खर्चमा देखाउन पाइँदैन । झुटो खर्च हाल्न नपाइने स्वभाविक हो यदि हालिएको पाइएमा धेरै नै जरिवाना लाग्ने हुन्छ र प्रहरीले पक्रने सम्भावना पनि रहन्छ । उदाहरणका लागि निर्माण खर्चको झुटो विवरण देखाए कर कार्यालयले अवश्य निर्माण कम्पनीमा गई निर्माणको काम गरे- नगरेको पुष्टी गर्दछन् । खर्चमा हाल्नको लागि इन्भोइस अथवा पैसा तिरेको रसिद चाहिन्छ । कम्पनीको हिसावकिताव सकिए पनि यसको विवरण भने ७ बर्षसम्म राख्नुपर्ने हुन्छ । यो विवरण कर कार्यालयको चेकमा हेरिने गरिन्छ ।

३. कर्मचारीको तलव कर सही छ कि छैनः
कर्मचारीको तलव, कर सही छ कि छैन भन्ने पनि अनुसन्धान गर्ने गरिन्छ । आश्रित परिवारले कति काम गरेको छ ? त्यो पनि हेर्ने गरिन्छ । यदि धेरै काम गरेको छ भने आश्रित परिवारबाट नाम हटाइदिन सक्छ । त्यो अवस्थामा तलवी कर धेरै लाग्ने गर्छ । नेपालमा भएका परिवारका सदस्य कमाई गर्ने व्यक्तिको कमाईमा आश्रित छ भने नाताप्रमाण पत्र र पैसा पठाएको प्रमाण चाहिन्छ । यो प्रमाण नभएमा नेपालमा भएका परिवार आश्रितमा राख्न नपाइँने हुँदा कर बढेर अउँछ । अवश्य पनि झुटो तलवी विवरण खर्चमा हाल्न पाइने छैन । कर्मचारीले साँचै नै काम गरेको छ कि छैन भनेर कर्मचारीको घरमा नै गएर सोधपुछ गरेको घटना पनि छन् ।

४. कोरोन सम्बन्धी राहत आम्दानीमा उल्लेख गरिएको छ छैन :
जापान सरकारले कम्पनीलाई दिएको २ सय मान र व्यक्तिगत व्यापारलाई दिएको १ सय मान, भाडाको राहत, कोरोन सम्बन्धि अन्य राहत रकम अम्दानीमा समावेश गरिएको हुनुपर्छ । यो सबै आम्दानी कर कार्यालयमा बुझाएको केस्सान हेरेपछि थाहा हुने हुँदा उल्लेख गरेको नगरेको निश्चित हुनुपर्दछ । यदि यी राहतवापत प्राप्त रकम केस्सानमा समाबेश नभएको छ भने अतिरिक्त कर लाग्ने र जरिवाना पनि लाग्ने हुन्छ ।
कोरोना संक्रमण रोक्न घोषणा गरिएको आपतकालको समय सकिएपछि जेइमु च्योउसा बढ्ने संभावना छ । जेइमु च्योउसा हुनुपूर्व कर कार्यालयमा सच्याएर पठाएमा जरिवाना थोरैले पुग्छ । यदि आफ्नो केस्सान सम्बन्धि केही चिन्ता भएमा समयमा नै आधिकारिक लेखापरिक्षक (जेइरिसी) संग परामर्श गर्नुहोला ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mobile 070-4339-4972

 

 

तपाईको प्रतिक्रिया