शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक कर कार्यालयले कसरी जेइमु च्योउसा गर्ने गर्दछ – यो च्योउसा गर्दा के कस्तो प्रक्रियाहरु हुन्छ र के-के कुरामा सावधानी अपनाउनु पर्दछ भन्ने बिषयमा जानकारी गराउने प्रयास गरिएको छ । त्यसो त कोरोना समाप्त भएपछि अधिक जेइमुच्योउसा (कर कार्यालय) हुने अनुमान गर्न सकिन्छ । त्यसैको सेरोफेरोमा रहेर प्रतिनिधिमुलक वास्तविक घटनाहरुका बारेमा यहाँ चर्चा गरिएको छ । चर्चा गरिएका घटनालाई उदाहरणको रुपमा मात्र लिनुहोला ।

रेष्टुरेन्ट तथा इजाकायाहरुमा : जेइमुच्योउसा विना सूचना एक्कासी आउन सक्ने पनि हुन्छ । नगदमा कारोवार हुने व्यवसायको हकमा क्यास सजिलै लुकाउन सकिने हुँदा कर कार्यालयको कर्मचारीले पूर्व सूचना बिनै तपाईको पसल तथा कम्पनीमा आएर जेइमुच्योसा सुरु गर्दछन् । बिहान ९ बजे कर कार्यालयको कर्मचारी आई तपाईको सबै पसलमा एउटै समय र दिनमा जेइमुच्योउसा सुरु गर्दछन् । त्यस्तै कम्पनी मालिकको घरमा पनि गएर जेइमुच्योउसा गर्ने बारेमा जानकारी दिन्छन । सुरुमा कर कार्यालयले पसलको रेजी चेक गर्दछन । रेजीमा कति पैसा छ भनेर नगद गन्छन् । त्यसपछि रेजीको पेपेरको रेकर्ड र सेल नोट चेक गर्छन । अघिल्लो दिनको व्यापार कति थियो र त्यो सेल रेजीमा थियो कि थिएन, रेजीभित्र नभएको अवस्थामा कसको पकेटमा त्यो नगद छ चेक गर्ने गर्छन । कर कार्यालयको कर्मचारीले ग्राहक बनेर पसलमा आई पैसा तिर्ने बेलामा पैसा तिर्दा १ मान दिएर फिर्ता रकम पाउँछन । त्यसदिनको भोलिपल्ट कर कार्यालयको कर्मचारी आई जेइमुच्योउसा सुरु गर्दछन । अघिल्लो दिन तिरेको १ मान कहाँ छ र हिसाबमा हालेको छ कि छैन खोजी गर्दछन जुन पैसामा उनीहरुले चिनिने तरिकाले चिनो राखेको हुन्छ । पैसा तिर्ने बेलामा रेजी हुंदा पनि रेजीको प्रयोग नगरी रसिद पनि नदिए सेल्स लुकाएको ठहरिन्छ । मालिकको घरमा गई घर भित्र छिरी मालिकको घरमा भएको डकुमेन्ट हेर्दछन र मालिकको व्यागमा कति पैसा छ पनि चेक गर्दछन् । मालिकको घरमा भएको डकुमेन्टमा भएको सेल्स साँच्चैको सेल्स लेखिएको धेरै हुने हुंदा घरमा भएको डकुमेन्ट कर कार्यालय लिएर गई चेक गर्ने गर्दछन ।

बैंक खाता : जेइमुच्योउसा अघि नै कम्पनीको बैंक खाता र ओनरको व्यक्तिगत बैंक खाता कर कार्यालयले चेक गरिसकेको हुन्छ र बैंक खातामा भएको कारोबार सबै थाहा पाईसकेको हुन्छ । ओनरको व्यक्तिगत बैंक खातामा भएको कारोबारको बारेमा विभिन्न तरिकाले चेक जाँच हुन्छ । उबर इट, देमायखान, फुड पाण्डाको कमाई केस्सानमा परेको छ कि छैन निश्चित गरिन्छ । फरक घटनाको उदाहरणमा कम्पनीको खाताबाट कोउजीको लागि तिरेको पैसा ओनरको व्यक्तिगत बैंक खातामा फिर्ता लिएकोमा केही खराब काम त भएको छैन भनि चेक जाँच गरिन्छ । कर कार्यालयले कोउजी गरेको कम्पनीमा गई कोउजी गरेको विवरण हेर्ने गर्छन । कोरोना राहतको बारेमा मालिकको व्यक्तिगत खातामा प्राप्त गरेको भए पनि कम्पनीको केस्सानमा कमाई देखाएको छ कि छैन चेक गर्ने गर्छन् ।
मदिराजन्य कम्पनीबाट पाउने नगद सहुलियत : बियर कम्पनी र पसलको बियरको सम्झौता भएको बेला छुट अथवा रेबेट पैसा प्राप्त गर्ने सम्भावना हुन्छ । यो रिबेट पैसा केस्सानमा नहाल्ने केस भएकाले कर कार्यालयले यो हाले नहालेको चेक गर्ने गर्छ । बियर कम्पनीले रिबेट पैसा तिरेको बेला बियर कम्पनीले कर कार्यालयलाई रिपोर्ट गर्नुपर्ने हुँदा यदि रिबेट पैसा केस्सानमा नहालिएको भए कर कार्यालयलाई तुरुन्तै जानकारी हुने हुन्छ । त्यसैले मालिकको व्यक्तिगत खातामा रिबेट पैसा आएको बेलामा केस्सानमा राख्नको लागि जेइरिशीलाई जानकारी गराउनु पर्दछ ।

कम्प्युटर तथा मोबाइलमा भएको डेटा चेक : कम्प्युटरको भित्रको सेल्स र केस्सानको सेल्स उही छ कि छैन भनि चेक हुन्छ । यदि सेल्स आफैले मिलाएको अथवा मेटाएको छ भने कर कार्यालयले त्यो कम्प्युटर लिएर जान्छ र आइटीको स्टाफलाई सबै डेटा निकाल्न लगाई चेक गर्छ । कहिले मेटाएको अनि मेलको कन्टेन्ट पनि चेक गर्ने गर्दछ । यदि मालिकले झुटो विवरण कर कार्यालयमा बुझाएको थाहा पाए भारी कर लगाइदिने र पुलिसमा खबर गरी पक्राउ परिने सम्भावना पनि रहन्छ ।

कर्मचारीको तलब र कर्मचारी चेक : जेइमुच्योउको दिनमा पसलको कर्मचारी कति जना छन् र कति बिदामा छन् भनि चेक हुन्छ र कर्मचारीको बिदाको सिफ्ट पनि हेर्ने गर्छन । त्यसैले त्यो व्यक्ति तपाईकै कर्मचारी हो कि होइन भनि सिटी अफिसमा गेन्सेन चेक गर्छन् । सिटी कार्यालयमा गेन्सेन नबुझाएको कर्मचारीको हकमा साँच्चै नै त्यो कम्पनीको काम गर्ने कर्मचारी हो कि होईन कर्मचारीलाई अन्तरवार्ता लिने गरिन्छ ।

यही अनुसार रेस्टुरेन्ट, इजाकायाको जेइमुच्योउसामा सेल्स सही छ कि छैन, नगद सेल्स, क्रेडिट सेल्स, उबर इट्स, देमायकानको सेल्स राम्रोसंग केस्सानमा देखाएको छ कि छैन चेक हुन्छ । व्यक्तिगतरुपमा मालिकको बैंक खातामा आएको पैसालाई सुक्ष्म ढंगले अध्ययन गर्ने हुँदा कमाई भएको सबै राम्रोसंग देखाउन आवश्यक हुन्छ । बैंकको पासबुक हराएकोले केही थाहा छैन भने पनि कर कार्यालय तपाईको बैंकमा गई सम्पूर्ण तपाईको खाताको जानकारी लिन सक्छन् । तपाईको खातामा आएको पैसा कर कार्यालयलाई लुकाउन सक्नु हुन्न र झुटो विवरण दिई ढाँट-छल गर्न पनि मिल्दैन ।

जेइमुच्योउसाको बेलामा जेइरिशीले तपाईको कम्पनीको तर्फाट कर कार्यालयसंग कुराकानी गर्न सक्छन । कर कार्यालयको कार्यशैलीप्रति चित्त नबुझेमा जेइरिशीले तपाईको तर्फबाट सम्बन्धित निकायमा उजुरी पनि गर्न सक्नेछन् ।***

पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

तपाईको प्रतिक्रिया