बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024


टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटकको लेखमा नेपाल फर्कने क्रममा जाइर्‍यु कार्ड तथा इलिजिविलिटीको म्याद सकिएको अवस्थामा गरिने प्रक्रियाको बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
विविध कारणले नेपाल फर्केको अवस्थामा जाइर्‍यु कार्डको म्याद सकिएमा गरिने प्रक्रियाहरुः
जापानको भिसा भएको व्यक्ति नेपाल फर्किदा कोरोनाको कारण समयमै फर्कन नपाई भिसा सकिएको अवस्थामा फेरि शुरुमा जसरी इलिजिबिलिटी आवेदनको प्रक्रिया गर्नुपर्ने हुन्छ । आवेदनको प्रक्रिया जापानको इमिग्रेशनमा बुझाउनुपर्ने हुन्छ ।
आवेदनसँगै बुझाउनु पर्ने कागजातहरु
(क) आवेदन फारम
(ख) काम गर्ने कम्पनीले बनाएको कारण (वर्किङ्ग भिसाको हकमा) र जापानमा आश्रित गराउने व्यक्तिले बनाएको कारण (डिपेन्डेन्ट भिसाको हकमा)
(ग) जाइर्‍यु कार्डको प्रतिलिपी
एइज्यु र तेइज्यु भिसा बाहकको अवस्थामा इलिजिबिलिटी आवेदनको प्रक्रिया नभई नेपालमा भएको जापानी राजदूतावासमा प्रक्रिया गर्नुपर्ने हुन्छ ।
एइज्यु भिसा वाहकको पुनः प्रवेश अनुमति अवधि समाप्त भएको अवस्थामा जापानी राजदूतावासमा पुनः प्रवेश अनुमतिको मान्यता अवधि थप्न सकिने अवस्था भएकोले राजदूतावासमा सोधपुछ गर्नुहोला । एइज्यु भिसा बाहकको पुनः प्रवेश अनुमति अवधि समाप्त भएको अथवा माथि १ को प्रक्रिया गर्न नमिल्दाको एइज्यु भिसाको अवस्थामा राजदूतावासमा तेइज्यु भिसाको प्रक्रिया गर्नुपर्ने हुन्छ । त्यसपछि जापानको विमानस्थलमा एइज्युको विशेष अनुमतिको प्रक्रिया गर्नुपर्ने हुन्छ ।
जापानमा आमन्त्रित गर्ने इलिजिविलिटीको म्याद सामान्य अनुमति दिएको दिनबाट ३ महिनाको हुन्छ । तर यस पटक कोरोनाको अवस्थामा इलिजिविलिटीको म्यादको विशेष नियम रहेको छ । इलिजिविलिटीको प्रमाण पत्र प्राप्त गरेको तर कोरोनाको कारण जापान प्रवेश नपाएको अवस्थामा म्याद सकिए पनि म्याद थप्न मिल्छ ।
(१) २०२० को १ महिना १ तारिख बाट २०२१ को ७ महिना ३१ तारिख सम्मको अनुमति दिएको इलिजिविलिटीको म्याद सकिए पनि २०२२ को १ महिना ३१ तारिकसम्म अवधि थपिएको छ र त्यही इलिजिविलिटी प्रयोग गर्न सकिन्छ ।
(२) २०२१ को ८ महिना १ बाट २०२२ को १ महिना ३१ तारिखसम्म अनुमति दिएको इलिजिविलिटीको अनुमति दिएको दिनबाट ६ महिनासम्म अवधि थपिएको छ र त्यही इलिजिविलिटी प्रयोग गर्न सकिन्छ । १ र २ दुवै अवस्थामा जापानमा बनाइएको स्वीकार्यता पुष्टिकरण इलिजिविलिटी पेश गर्न आवश्यक हुन्छ । यदि थपिएको समय अवधिको सीमा समाप्त भए फेरि १ पटक इलिजिविलिटीको नयाँ प्रक्रिया गर्न पर्ने हुन्छ ।
यदि कोरोनाको कारण अन्तर्राष्ट्रिय मेलमा ढिलाई भई इलिजिविलिटीको सक्कल बुझाउन नसकेको खण्डमा दूतावासमा एकप्रति फोटो कपी पेश गर्न सकिन्छ र यसलाई मान्यता पनि दिएको छ । इलिजिविलिटी प्राप्त गरेपछि जापानको निमन्त्रणा रद्द गर्न चाहनुहुन्छ भने इमिग्रेशनमा तोरिसागेस्योउ पेश गर्न आवश्यक हुन्छ ।

यसपटक हामीले हालको इमिग्रेशन नियम अनुसार जानकारी गराईएको छ । सो सम्बन्धि नियम समय-समयमा परिवर्तन हुने भएकोले इमिग्रेशन भिसा सम्बन्धि कुनै प्रश्न भए सम्बन्धित निकायमा परामर्श गर्न सक्नुहुनेछ ।

पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया