शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी हरेक वर्षको अन्तमा कम्पनीमा पेश गर्नुपर्ने ’वर्षान्त समायोजन’ (ねんまつちょうせい)को बारेमा जानकारी गराउने प्रयास गरिएको छ । नोवेम्वर तथा डिसेम्वर महिना लागेपछि काम गर्ने कम्पनीबाट नेन्माचु च्योउसेइका लागि डकुमेन्ट प्राप्त गर्नुपर्दछ । नेन्माचु च्योउसेइ भनेको जनवरी महिनाबाट डिसेम्बर महिनासम्मको तलबको कर सहि तरिकाले हिसाब गरिने प्रक्रिया हो । तपाईको प्रत्येक महिना तलबमा लाग्ने कर स्योउतोकुजेइ थोरै भए अझ बढि कर घटाउनु पर्ने हुन्छ भने बढि भए कम्पनीले तपाईलाई कर फिर्ता गर्नुपर्ने हुन्छ । कम्पनीले दिएको नेन्माचु च्योउसेइको डकुमेन्ट भरिसके पछि कम्पनीले तोकेको अबधि भित्र कम्पनीमा बुझाउनुपर्ने हुन्छ ।
नेन्माचु च्योउसेइको डकुमेन्ट ३ पाना हुन्छन् ।
१. 令和4年分給与所得者の扶養控除申告書 तलब पाउने आश्रितहरूको लागि कटौतीः यो कागजातमा तपाईको परिवारका आश्रित सदस्यहरुको बारेमा लेख्नुपर्दछ । तपाईले आश्रितमा राख्नुभएको परिवारका सदस्यहरु जस्तै श्रीमती, बच्चा, दाजुभाइ-दिदीबहिनी, बुबा-आमाको नाम, सम्बन्ध, जन्ममिति, ठेगाना लेख्नुपर्दछ । आश्रित नगरेका व्यक्तिको बिबरण लेख्नु पर्दैन ।
आश्रित सदस्य संख्या जति बढि भयो त्यति कर कम लाग्दछ । १६ बर्ष भन्दा मुनिको बच्चा भएको अवस्थामा आयकर घट्दैन तर आवासीय कर घट्न सक्छ । देहायको मापदण्ड अनुसार परिवारका सदस्यहरुलाई आश्रितमा राख्न पाईन्छ ।
१. बार्षिक कमाई १० लाख ३० हजार (१ सय ३ मान) भन्दा थोरै भएको
२. नेपालमा भएका परिवारका सदस्यको हकमा पैसा पठाएको प्रमाण र नाता प्रमाणित पेश गर्नुपर्ने
यो कागजातमा लेखिएको गेन्सेन च्योउस्युहृयोउमा लेखि त्यो बनेको गेन्सेन च्योउस्युहृयोउ सिटी अफिसमा पठाईन्छ र पछि सिटी अफिसमा गई खाजेइ स्योउमेइस्यो प्राप्त गर्न सकिन्छ । खाजेइ स्योउमेइस्यो भिसा थप्ने, भिसा परिवर्तन गर्ने बेलामा इमिग्रेशनमा बुझाउनुपर्ने हुंदा परिवारका आश्रितहरुको विवरण गलत नहोस् भनि सँधै सावधानी अपनाउनु पर्दछ । नेपालमा बच्चा भएको तर पनि नेन्माचु च्योउसेइको कागजातमा तपाईको बच्चाको नाम नलेखिएको र सिटी अफिसको खाजेइ स्योउमेइस्योमा तपाईको बच्चाको नाम नभए, तपाईले नेपालबाट बच्चा बोलाउने बेला साँच्चैनै नेपालमा भएको बच्चा तपाईमा आश्रित हो या हैन भन्ने अहिले इमिग्रेशनमा समस्या आएको अवस्था छ ।
नेपालमा भएको आश्रितहरु धेरै भए तपाईको खाजेइ स्योउमेइस्यो हिखाजेइ भई आवासीय कर जेरो भयो भने कर जेरो भएको ब्यक्तिको बारेमा जापानमा सामान्य जीवनयापन गर्न गाह्रो पर्ने भन्ने बुझाई पनि हुने भएकोले नेपालबाट परिवारका सदस्यहरु बोलाउन नसकिएका घटनाहरु पनि छन् ।
एइजु भिसाको आवेदनको बेला इमिग्रेशनमा खाजेइ स्योउमेइस्यो ५ बर्षको बुझाउनुपर्ने हुन्छ । त्यो ५ बर्षको अबधिमा नेपालमा भएको परिवार आश्रितमा राख्ने वा नराख्ने गरिएको आश्रित सदस्यको बारेमा चित्तबुझ्दो स्पष्ट ब्याख्या हुन नसकेको अवस्थामा आश्रितका बारेमा आशंका लागि एइजु आवेदन अस्वीकृत भएका घटना पनि छन् ।
२. 令和3年分給与所得者の基礎控除、配偶者控除申告書 तलब प्राप्त गर्ने कामदारहरूको आधारभूत कटौती, पति/पत्नी कटौती रिपोर्ट
यो कागजातमा तपाईले अन्य अतिरिक्त कमाई के कति छ भन्ने बिबरण दिनुपर्दछ । त्यस्तै तपाईको पति वा पत्नीको कमाई कति छ भनि लेख्नुपर्दछ । कम्पनीको तर्फबाट तपाईको पति-पत्नीको कमाई हेरी तपाइको आश्रितमा राख्न मिल्ने नमिल्ने निश्चित गरिन्छ । त्यसपछि मात्र कम्पनीले गेन्सेन च्योउस्युहृयोउ बनाउने काम गर्छ ।
गेन्सेन च्योउस्युहृयोउमा तपाईको पति-पत्नीको नाम आश्रितमा लेखे पनि सिटी अफिसले आश्रतिको कमाई धेरै भएको पाईएमा तपाईको खाजेइ स्योउमेइस्योबाट तपाईको पति वा पत्नीलाई आश्रितबाट हटाइदिन सक्छ । खाजेइ स्योउमेइस्यो इमिग्रेशनमा पनि बुझाउनुपर्ने हुँदा यदि तपाईको पति वा पत्नी आश्रितमा नभएको थाहा पाए तपाईको श्रीमतीले कति काम गरेको छ भन्ने खोजी गर्न सक्ने र भिसामा पनि समस्या आउन सक्दछ ।
३. 令和3年分給与所得者の保険料控除申告書 तलब प्राप्त गर्ने कामदारहरूको बीमा रकमको छुट विवरण : यो कगजात तपाईको जीवन बीमा, भूकम्प बीमा, सामाजिक बीमामा छिर्नु भएको छ भने लेख्नुपर्दछ । यसो गरेमा तलबको कर सस्तो पर्छ ।
क) जीवन बीमा : जीवन बीमा कम्पनीबाट प्रत्येक बर्षको ९ महिनाबाट १० महिनातिर तपाईको ठेगानामा पोष्ट कार्ड अथवा चिठी आउँछ । त्यो भित्र नेन्माचु च्योउसेइका लागि कम्पनीमा बुझाउनु पर्ने कागजात रहेको हुन्छ ।
ख) भूकम्प बीमा : तपाईको घरको बारेमा भूकम्प बीमा छिर्नुभएको छ भने भूकम्प बीमाको कम्पनीबाट तपाईको ठेगानामा नेन्माचु च्योउसेइका लागि कम्पनीमा बुझाउनुपर्ने कागजात पठाएको हुन्छ । यो भूकम्प बीमासंग मात्रै सम्बन्धित हुने हुँदा सामान्य खाशाई बिमा नेन्माचु च्योउसेइका लागि सम्बन्धित हुँदैन ।
ग) सामाजिक बीमा (स्याखाई होकेन) राष्ट्रिय पेन्सन वा राष्ट्रिय स्वास्थ्य बीमाको रकम तिरेको छ भने पेन्सन अफिसबाट आएको पेन्सन तिरेको प्रमाण अथवा पेन्सन तिरेको बिल, राष्ट्रिय स्वास्थ्य बीमाको तिरेको बिल कम्पनीमा बुझाए तपाईको तलब कर सस्तो हुन्छ । घ) आवास ऋण : आवास ऋण तिरेको अवस्थामा १० बर्षसम्म तपाईको तलबको कर, ऋण रकमको किस्ता सस्तो पर्न जान्छ । उदाहरणका लागि बैंक ऋण २ हजार मान येनले घर किन्नु भएको भए २० मान येनको कर (आयकर, निवास कर) सस्तो हुन्छ । तर पुरानो घर किनेको खण्डमा त्यो किनेको घर बनेको २० बर्षभित्र र मान्शन भए २५ बर्ष भित्रको भएको अबस्थामा कर सस्तो पर्छ ।
नेन्माचु च्योउसेइका लागि प्रत्येक बर्ष बैंकबाट प्राप्त आवास ऋणको शेष प्रमाणपत्र (Zandaka Shōmei Sho) कम्पनीमा बुझाउनुपर्दछ । तर आवास ऋण भएको पहिलो बर्ष नेन्माचु च्योउसेइ गर्न नमिल्ने हुँदा कर कार्यालयलाई खाकुतेइ सिन्कोकु गर्नुहोला ।
यो नेन्माचु च्योउसेइको प्रक्रिया तपाईको तलबको कर र इमिग्रेशनको भिसा आबेदनको बेलामा सम्बन्धित हुने हुँदा कुनै त्रुटि नहुने गरी सहि तरिकाले भर्नुपर्दछ र कम्पनीमा बुझाउनुपर्दछ ।***

पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

तपाईको प्रतिक्रिया