शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी डिपेन्डेन्ट भिसामा भएका ब्यक्तिले जापानको हाइस्कुल तहको शिक्षा उत्तीर्ण गरिसकेपछि वर्किङ भिसा परिवर्तन गर्न सकिने विद्यमान प्रावधानहरुका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

डिपेन्डेन्ट भिसा भएको व्यक्तिले जापानको माद्यामिक तहको शिक्षा उत्तीर्ण गरिसकेपछि वा विश्वविद्यालय तह वा व्यवसायिक विद्यालयको निश्चित कोर्स उत्तीर्ण गरेपछि जापानमा पूर्णकालिन काम गर्न वर्किङ भिसा लिन सकिन्छ । यो क्याटगोरीको भिसालाई इञ्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय ब्यवस्थापन भिसा भनिन्छ । यसैगरी विश्वविद्यालय वा व्यवसायिक विद्यालय उत्तीर्ण नगरेको भए पनि तेइज्यु (दीर्घकालीन आवासीय) भिसा वा तोकुतेइ (विशेष गतिविधि) भिसामा परिवर्तन गरी जापानमा काम गर्न पाईन्छ । जापान इमिग्रेशनका अनुसार यस सम्बन्धमा ब्यवस्था गरिएको प्रावधान यस प्रकारको छ ।
१. इञ्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय ब्यवस्थापन क्याटगोरीको भिसामा परिवर्तन गर्दा विश्वविद्यालय वा व्यवसायिक विद्यालय तह उत्तीर्ण गरेपछि वा स्नातक गरिने निश्चित भएमा जापानमा रोजगारदाता कम्पनीबाट उक्त भिसामा मेल खाने नाइतेइ (रोजगार प्रस्ताव) र रोजगार सम्झौता आदि प्राप्त गरेको बेलामा त्यो कम्पनी र कामको प्रकृतिका बारेमा अध्यागमन कार्यालयबाट अनुमति प्राप्त भएमा यो भिसा परिवर्तन गर्न सकिन्छ । इमिग्रेशनद्वारा निश्चित कामका लागि यो भिसा निर्धारण गरिएको हुन्छ । त्यसैले यो क्याटगोरीको भिसाका लागि मेल खाने प्रकृतिको कामहरू मात्र गर्न पाइन्छ ।
२. तेइज्यु (दीर्घकालीन आवासीय) भिसामा परिवर्तन गर्दा : जापानको प्राथमिक विद्यालय र निम्नमाद्यामिक विद्यालय तह उत्तीर्ण गरेको छ भने यो भिसामा परिवर्तन गर्न सकिन्छ । यदि तेइज्यु भिसामा परिवर्तन गर्न सकियो भने जापानको नियम भित्र रहेर कुनै पनि काम गर्न पाईन्छ ।

आवश्यक योग्यता :
क. जापानको प्राथमिक तह र निम्न माद्यामिक तह दुवै तह उत्तीर्ण भएको हुनुपर्ने ।
ख. विश्वविद्यालयबाट स्नातक वा स्नातक गर्न निश्चित भएको हुनुपर्ने ।
ग. १८ वर्षको उमेर अघि जापान प्रवेश गरेको हुनुपर्ने ।
घ. रोजगारदाता कम्पनीबाट प्रस्ताव स्वीकृत गरी रोजगार सम्झौता प्राप्त गरेको हुनुपर्ने ।

आवश्यक कागजातहरू :
क. निवासको स्थिति परिवर्तनको लागि आवेदन फर्म
ख. प्राथमिक र निम्न माद्यामिक तह उत्तीर्ण गरेको विवरण सहितको रिरेकिस्यो
ग. प्राथमिक र निम्न माद्यमिक तह उत्तीर्ण गरेको प्रमाणपत्र
घ. जापानको माद्यामिक तह उत्तीर्ण गरेको प्रमाणपत्र वा स्नातक अध्ययन गर्न निश्चित भएको पुष्टि गर्ने कागजात
ङ. ग्यारेन्टी पत्र (Mimoto Hoshosho)
च. रोजगारदाता कम्पनीको रोजगार सम्झौता, प्रस्ताव पत्र इत्यादि
छ. ज्युमिनहृयो (आवासीय स्थितिको प्रमाणपत्र)
३. तोकुतेइ भिसा (विशिष्ट गतिविधि) मा परिवर्तन गर्नुपरेमा : जापानको प्राथमिक विद्यालय तह उत्तीर्ण नभएता पनि डिपेन्डेन्ट भिसामा रहेका ब्यक्तिले यो भिसामा परिवर्तन गर्न सक्ने ब्यवस्था छ । यदि यो तोकुतेइ भिसामा परिवर्तन भयो भने जापानमा काम गर्न अनुमति पाईन्छ । यद्यपी पाचिङको, पार्लर, बार, क्लब वा यौनजन्य गतिविधिमा भने काम गर्न भने अनुमति छैन ।

आवश्यक योग्यताः
क. माद्यामिक तह उत्तीर्ण गरेको प्रमाणपत्र वा स्नातक तह अध्ययनको निश्चित भएको पुष्टि गर्ने प्रमाणित कागजात भएको हुनुपर्ने
ख. १८ वर्षको उमेर अघि जापान प्रवेश गरेको हुनुपर्ने
ग. रोजगारदाता कम्पनीद्वारा प्रस्ताव स्वीकृत भई रोजगार सम्झौता प्राप्त गरेको हुनुपर्ने
घ. ग्यारेन्टरका रुपमा अभिभावक जापानमै भएको हुनुपर्ने
ङ. यदि जापानको माद्यामिक तहको अध्ययन बीचबाट प्रवेश भएको हो भने जापानी भाषाको लेभल ‘N2’ वा सो सरहको हुनुपर्ने

आवश्यक कागजातहरू :
क. निवासको स्थिति परिवर्तनको आवेदन
ख. माद्यामिक तह अध्ययनका लागि प्रवेश गरेको मिति उल्लेख सहितको रिरेकिस्यो
ग. अध्ययनरत विद्यालयको प्रमाणपत्र
घ. माद्यामिक तह उत्तीर्ण गरेको प्रमाणपत्र वा स्नातक अध्ययन निश्चित भएको पुष्टि गर्ने प्रमाणित कागजात
ङ. अभिभावकको ग्यारेन्टी पत्र
च. रोजगारदाता कम्पनीद्वारा प्रस्ताव स्वीकृत गरिएको ब्यहोराको पत्र र रोजगार सम्झौता पत्र
छ. ज्युमिनहृयो
ज. जापानी भाषा परीक्षाको ‘N2’ वा सो सरह भन्दा माथिको लेभल उत्तीर्ण गरेको प्रमाणपत्र वा BJT जापानी भाषा परीक्षामा चार सय अंक वा सोभन्दा बढी अंक प्राप्त गरेको प्रमाणपत्र
माद्यामिक तहको शिक्षा उत्तीर्ण गरिसकेपछि डिपेन्डेन्ट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्दा करीव २, ३ महिना समय लाग्न सक्छ । त्यसैले भिसाको लागि आवेदन गरिसकेपछि कम्पनीको काम सुरु गर्न सकिन्छ । यदि डिपेन्डेन्ट भिसामै रहेर पार्ट-टाइम काम गर्ने भएमा इमिग्रेशनबाट काम गर्ने अनुमति प्राप्त गरी हप्तामा अधिकतम २८ घण्टासम्म काम गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

 

 

तपाईको प्रतिक्रिया