शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक, हामी जापानबाट भ्रमणका क्रममा अन्य देशमा बिरामी वा चोटपटक लागेर विदेशका क्लिनिक वा अस्पतालमा उपचार गर्दा भएको खर्च जापानको स्वास्थ्य बीमा बाहकहरूलाई उक्त बीमाले कसरी कभर गर्छ भन्ने बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

यदि तपाई काम गर्ने कम्पनीमा सामाजिक बीमा (स्वास्थ्य बीमा) गर्नुभएको छ वा राष्ट्रिय स्वास्थ्य बीमा गर्नुभएको छ भने, विदेश यात्रा गर्दा वा व्यवसायिक यात्राको क्रममा बिरामी भएमा वा चोटपटक लागेमा विदेशको क्लिनिकमा वा अस्पताल भएको उपचार खर्च जापान फर्केपछि प्रक्रिया गर्न सकिन्छ । यो प्रक्रिया गरेमा त्यसरी भएको उपचार खर्चको केही अंश फिर्ता हुने प्रावधान छ । यसलाई वैदेशिक चिकित्सा खर्च भनिन्छ । यो जापानको स्वास्थ्य बीमा भएका व्यक्तिहरूले जापान सरकारबाट पाउने सुबिधा हो ।
पैसा फिर्ता नहुने अवस्थाः बैदेशिक यात्राको क्रममा बिरामी भएमा वा चोटपटक लागेमा विदेशी क्लिनिक वा अस्पतालमा भएको उपचार खर्च भुक्तानीका लागि यो प्रक्रिया गर्न सकिन्छ । यदि सौन्दर्य प्रयोजनका लागि शल्यक्रिया वा दाँत प्रत्यारोपण बापत भुक्तानी गर्नुभएको छ भने, यो सुबिधा दाबी गर्न पाउनुहुने छैन । बिरामी वा चोटपटकको अवस्थामा पनि जापानमा अनुमति नदिएको सर्जिकल अपरेशनहरू वा जापानमा अनुमति नभएको निको पार्ने विधिहरूका लागि पनि पैसा फिर्ता गर्न सकिँदैन ।
यो बिदेश भ्रमण वा कामको सिलसिलामा बिरामी वा चोटपटकको कारण विदेशी क्लिनिक वा अस्पतालमा उपचार गर्दा लागेको खर्च भुक्तानी सुबिधाका लागि गरिने प्रक्रिया हो । जापानको अस्पतालमा भर्ना गर्न वा जापानमा शल्यक्रिया गर्न सकिने भएता पनि यदि तपाई त्यसो नगरी विदेश जानुभयो र विदेशको अस्पतालमा गर्नुभयो भने त्यस्तो खर्च दावी गर्न मिल्दैन ।
यो सुबिधा दावी गर्न सकिने अवस्था र रकमः यो प्रक्रिया गर्दा जापानी अस्पतालमा लाग्न सक्ने केससंग तुलना गरेर हिसाब गरिन्छ । विदेशी क्लिनिक वा अस्पतालमा तिरेको रकममा यदि सोही अवस्थाको बिरामी जापानको अस्पतालमा उपचार गर्दा लाग्ने खर्चसंग तुलना गरी हिसाब गरिन्छ र सो भन्दा बढी तिरेको रकम जापान सरकारबाट फिर्ता पाउन सकिन्छ ।
यदि जापानको उपचार खर्च भन्दा बढी लागेको छ भने जापानमा लाग्ने खर्चसंग तुलना गरी जापानमा लाग्ने खर्चको ७० प्रतिशत रकम जापान सरकारबाट फिर्ता पाउन सकिन्छ । जापानमा लाग्ने खर्च भन्दा कम खर्च लागेको हकमा भने लागेको खर्चको ७० प्रतिशत जापान सरकारबाट फिर्ताका लागि प्रकिया गर्न सकिन्छ ।

यस प्रक्रियाको लागि आवेदन गर्दा पेश गर्नुपर्ने कागजातहरू
१. आवेदन फारम
२. रोगको विवरण (तोकिएको ढाचामा अस्पतालका डाक्टरद्वारा लेखिने)
३. अस्पतालमा तिरेको रकमको स्पष्टीकरण (तोकिएको ढाचामा अस्पतालद्वारा लेखिने)
४. अस्पतालबाट प्राप्त भएको ओरिजिनल रसिद
५. क्र. सं. २ र ३ नं को कागजात जापानी भाषामा अनुवाद गरिएको हुनुपर्छ ।
६. राहदानीको प्रतिलिपि (नाम र अनुहारको फोटो सहितको पृष्ठ, विदेश प्रवेश गरेको मिति र छोडेको मितिको स्ट्याम्प सहितको पृष्ठ)
७. विदेशी अस्पतालहरूमा सोधपुछ गर्न सकिन्छ भन्ने सम्झौता पत्र
८. क्र. सं. २ र ३ नं को कागजात चेक जाचका लागि धेरै महत्वपूर्ण हुन् । कहिलेकाँही पुष्टि गर्न विदेशी अस्पतालहरूमा कल गर्नुपर्ने हुन्छ । तसर्थ, यो चेकजाँचको प्रक्रिया समाप्त गर्न महिनौ लाग्न पनि सक्छ ।
विदेशी अस्पतालमा तिरिएको दुई वर्षपछि यो प्रक्रिया गर्न मिल्दैन । त्यसैले उपचार गरेको २ बर्ष भित्रैमा यो फिर्ता प्रक्रिया गरिसक्नुपर्दछ । यो प्रक्रिया जापानी स्वास्थ्य बीमा भएका जापानी मात्र नभई जापानी स्वास्थ्य बीमा भएका नेपालीहरू लगायत सबै बिदेशीले गर्न पाउँदछन् ।
जापानी स्वास्थ्य बीमा छ भने नेपालमा बच्चाको जन्म दिए पनि जापान फर्केपछि ४२ मान येन एकमुष्ट (सुस्सान इचिजिकिन) बच्चा जन्माउने एकमुष्ट रकम भत्ताका लागि आवेदन गर्न सक्नुहुन्छ । यस अवस्थामा जापान छोड्दा, जापान छोड्नु अघि पुनः प्रवेश अनुमति वा विशेष पुनः प्रवेश अनुमतिको लागि आवेदन दिनुहोस् । तपाईले जापान छोड्नु अघि, सिटी हलमा गई राष्ट्रिय स्वास्थ्य बीमा अन्तर्गत एकमुष्ट सुस्सान इचिजिकिन भत्ता प्राप्त गर्ने प्रक्रिया जाँच गर्नुहोस् । कम्पनीको सामाजिक बीमामा हुनुभएको छ भने कम्पनीमा सामाजिक बीमाको इञ्चार्जलाइ सुस्सान इचिजिकिन भत्ता प्राप्त गर्नका लागि प्रक्रिया पुष्टि गर्नुपर्दछ ।
यदि झूठो कागजातहरू सहित प्रक्रिया गरिएको छ भने अपराध हुनेछ र तपाईलाई प्रहरीले पक्राउ गर्ने छ । केही वर्षघि विदेशमा बच्चा जन्माएको भनि झुटो जन्म प्रमाणपत्र बनाएर ४२ मान येन दाबी गरी गरिएको अभियोगमा एकजना बिदेशीलाई प्रहरीले पक्राउ गरेको समाचार बाहिरिएको थियो । यसका साथै विदेशमा रहेको अस्पतालबाट नक्कली कागजात बनाएर यो सुबिधा दाबी गर्ने विदेशीलाई पनि प्रहरीले पक्राउ गरेको घटना पनि छ ।
यस पटकको लेख अंगीकृत र जापानी बनेका सबै नेपाली, अन्तर्राष्ट्रिय रूपमा जापानी व्यक्तिसँग विवाह गर्ने र जापानी स्वास्थ्य बीमा गरेका नेपालीहरू लगायत सबै व्यक्तिसंग सम्बन्धित छ । यस प्रक्रियाका लागि सियाकुस्योको राष्ट्रिय स्वास्थ्य बीमाको इञ्चार्ज वा तपाईको कम्पनीमा सामाजिक बीमाको इञ्चार्जसंग परामर्श गर्नुहोला ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

 

तपाईको प्रतिक्रिया