Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापानको भिजिट भिसा प्रक्रियाका बारेमा जानाकारी गराउने प्रयास गरिएको छ ।

यदि तपाई जापानमा वैधानिकरुपले बसिरहनुभएको छ भने नेपालमा हुनुभएका आफ्ना परिवारका सदस्यलाई जापानमा छोटो अवधिका लागि भिजिट भिसामा बोलाउन सक्नुहुन्छ । यसका लागि आवश्यक प्रक्रिया सहित आवेदन गर्नुपर्दछ । छोटो अवधिको भिजिट भिसा भन्नाले जापानमा बस्न मिल्ने १५ दिन, ३० दिन वा ९० दिन गरी ३ किसिमको हुन्छ ।
छोटो अवधिको भिजिट भिसा प्रक्रिया गर्नुपरेमा जापानमा बेलाउन चाहेको ब्यक्तिले आवश्यक कागजात तयार गरी नेपालमा पठाउनुपर्दछ । उक्त कागजात प्राप्त भएपछि नेपालमा रहेको जापान आउन चाहेको ब्यक्ति अर्थात निवेदकले आफ्नो राहदानीसंगै प्राप्त सबै कागजात नेपालमा भएको जापानी राजदूतावासमा पेश गर्नुपर्दछ ।

नेपालमा रहेको जापानी राजदूतावासमा बुझाउनुपर्ने कागजातहरु :
१. राहदानी
२. फोटोसहितको भिसा आवेदन फाराम
३. ग्यारेन्टर (बोलाउने ब्यक्ति) को
क. खाजेस्योउमेइस्यो र अन्तिम कर रिटर्न
ख. ज्युमिन्हृयोउ
ग. पारिवारिक दर्ता प्रतिलिपि (कोसेकी तोहोन)
घ. जागीर हो या ब्यवसाय संलग्नता खुल्ने प्रमाणपत्र (जाइश्योकु शोमेइश्यो वा तोहोन)
ङ. जाइर्‍युकार्डको (दुबै साइडको) फोटो कपी
च. बैंक ब्यालेन्स प्रमाणपत्र
४. निवेदक र ग्यारेन्टरको नाता खुल्ने नाता प्रमाणित प्रमाणपत्र (र आवश्यकता अनुसार निवेदकको जन्मदर्ता, विवाह दर्ता आदि)
५. निवेदकलाई जापान बोलाउनुको ठोस कारण खुलेको ब्यहोरा
६. निवेदक जापान आईसकेपछि बसाईको समयतालिका
७. ग्यारेन्टी लेटर
८. आवेदकको लिस्ट
९. निवेदकको हवाई टिकट

१. भिसा आबेदन फाराम : आवेदकको बारेमा भर्नुपर्ने विवरण सहि तरिकाले भर्नुपर्दछ । एउटा सानो मात्रै गल्ती भएमा भिसा स्वीकृत नहुन सक्छ । जस्तै नामको स्पेलिङ, जन्ममिति, राहदानी नं., जापान आउनुको कारण आदि ।
२. फोटो : भिसा आवेदन फाराममा निवेदकको फोटो टाँस्नुपर्दछ । फोटो स्पस्ट अनुहार देखिएको, पृष्ठभूमिमा केहि पनि नदेखिएको हुनुपर्दछ ।
३. हवाईयात्रा तालिका : भिजिट भिसा आवेदन स्वीकृत भएमा कुन एअरलाइन्सबाट कुन मितिमा उडान भर्ने लगायतका जानकारी खुल्ने कागजात आवश्यक पर्ने भएकोले आवेदन फारामसंगै यो पनि पेश गर्नुपर्दछ ।
४. नाता प्रमाणित प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता : यो आमन्त्रण गर्ने व्यक्ति र निवेदक एकै परिवारका सदस्य हुन् भन्ने जनाउने कागजात हो । यसमा उल्लिखित नाम र राहदानीमा नाम एउटै छ कि छैन निश्चित गर्नुपर्दछ । नामको स्पेलिङ गलत भएमा भिसा स्वीकृत नहुन पनि सक्छ ।
५. कारण पत्र (रिजन लेटर) : यो भनेको निवेदकलाई जापान बोलाउनुको ठोस कारण खुलेको ब्यहोरा उल्लेख गरिएको कागजात हो । निवेदक जापान आउनुको उद्देश्य केवल ’पारिवारिक भेटघाट’ मात्र नलेखी अलि बिस्तृतमा खुलाएर लेख्दा राम्रो हुन्छ । ध्यान दिनुपर्ने कुरा के छ भने ’पारिवारिक भेटघाट’ र ’भ्रमण’ फरक कुरा हुन् । तर भ्रमण भनेर उल्लेख गर्दा यतिबेला कोरोनाका कारण प्रतिबन्ध लागेको अवस्था पनि हुन सक्ने भएकोले यसबारेमा परिस्थतिको आंकलन गर्नुपर्ने हुन्छ ।
६. जापानको बसाई योजना तालिका : जापान प्रवेश गरेको दिनदेखि जापान छोड्ने दिनसम्मको दैनिक कार्यतालिका एअरलाइन्सको उडान तालिकासंग मेलखाने गरी बनाउनुपर्दछ ।
७. पहिचानको ग्यारेन्टी : यो भनेको आमन्त्रित सदस्य जापान आउँदा र नेपाल फर्कदा लाग्ने यातायात खर्च तथा जापान बसुञ्जेल खाने, बस्ने, यातायात, बिरामी भएमा औषधी उपचार गर्दा लाग्ने खर्चको जिम्मेवारीका साथै जापान बसाई अवधिभर जापानको नियम कानून पूर्णतयाः पालना गराउने छु भन्ने पूर्व ग्यारेन्टीको प्रतिज्ञा पत्र हो । यसका लागि जापानमा बस्दै आएको र कमाई भएको व्यक्ति ग्यारेन्टर हुनुपर्दछ । यदि ग्यारेन्टी गरेको बिषय पालना नगरेको पाईएमा अर्कोपटकका लागि विश्वसनियता गुम्न सक्दछ ।
यो पहिचान ग्यारेन्टी कागजात महत्वपूर्ण कागजात भएकाले यसमा उल्लेख गरिने विवरणमा त्रुटी देखिएमा वा आवश्यक कागजात अपुग भएमा भिसा अस्वीकृत हुने ब्यहोरा जापान सरकारले स्पष्ट किटान गरेको छ ।
८. ग्यारेन्टरको खाजेस्योउमेइस्यो, बैंक ब्यालेन्स प्रमाणपत्र : यो प्रक्रिया गर्दा ग्यारेन्टरको खाजेस्योउमेइस्यो, बैंक ब्यालेन्स प्रमाणपत्र लगायत कागजपत्र आवश्यकता पर्दछ । यो खाजेस्योउमेइस्योले ग्यारेन्टरको के कति कमाई छ भन्ने निश्चित गर्दछ । यो फोटोकपी नभई सक्कल नै बुझाउनुपर्दछ ।
९. ज्युमिन्हृयोउ : ग्यारेन्टरको जापानमा पारिवारिक स्थिति के कस्तो रहेको छ भन्ने खुल्ने कागजात भएकोले यो प्रक्रियाका लागि यो कागजात पनि आवश्यक पर्दछ ।
१०. आवेदकको लिस्ट : यो महलमा निवेदक २ जना वा सोभन्दा बढीको एकैचोटी प्रक्रिया गर्नुपर्दा विवरण उल्लेख गर्नुपर्दछ ।
११. परिवारिक दर्ता प्रतिलिपि (Koseki Tohon) पारिवारिक दर्ता प्रतिलिपि जापानमा बस्ने जापानी भएको खण्डमा वा जीवनसाथी जापानी भएको खण्डमा मात्र बुझाउनुपर्ने हुन्छ । यो सिटी अफिसबाट निकाल्न सकिन्छ ।
जापानमा बच्चा जन्मिदा हजुरबुवा वा हजुरआमालाई जापानमा बोलाउने हो भने बच्चाको जन्म प्रमाणपत्र पनि पेश गर्नुपर्दछ । यो जन्म प्रमाणपत्र बच्चा जन्मेको हस्पिटलबाट प्राप्त गर्न सकिन्छ । यो जन्म प्रमाणपत्र जन्म दर्ता गर्नका लागि सिटी अफिसमा र जाइर्‍यो कार्डका लागि इमिग्रेशनमा बुझाउनुपर्ने हुँदा सुरुमै ३ कपी बनाईराख्दा राम्रो हुन्छ ।

यसैगरी ग्यारेन्टरको पेशा वा ब्यवसाय खुल्ने कागजात पनि पेश गर्नुपर्दछ । यदि जागीर हो भने जाइस्योकुस्योमेइस्यो र बिजनेश हो भने कम्पनीको तोहोन, केस्सानस्यो र जापानी जीवन साथीको हकमा संगै खिचेको फोटो पनि पेश गर्दा अझ राम्रो हुन्छ । कोरोनाका कारण नेपालमा भएको जापानी राजदूताबासको भिसा सम्बन्धि नियमावली समय समयमा परिवर्तन भईरहने हुँदा जापानी राजदूताबासबाट आवश्यक जानकारी लिएर मात्र प्रक्रिया अगाडि बढाउँदा राम्रो होला ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

 

तपाईको प्रतिक्रिया