शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले जापानबाट बिगत लामो समयदेखि प्रकाशित हुँदै आएको पहिलो र नेपाली भाषाको एक मात्र पत्रिका ‘नेपाली समाचार’ मा सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी अस्पताल वा क्लिनिकको उपचार खर्च धेरै आएमा जापानमा उपलब्ध सुविधाका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
अस्पताल वा क्लिनिकमा गरिने उपचारका क्रममा स्वास्थ्य बीमा कार्ड छ भने कुल उपचार खर्चको ३० प्रतिशत मात्र तिर्नुपर्दछ । उदाहरणका लागि दन्त चिकित्सक कहाँ गएर दाँत जँचाउनु परेमा ५ हजार येन बिल आयो भने स्वास्थ्य बीमा कार्ड छ भने ५ हजारको ३० प्रतिशतले हुन आउने रकम १५ सय येन मात्र तिरे पुग्छ । बाँकी ७० प्रतिशत रकम राज्यले तिर्दछ । यदि स्वास्थ्य बीमा छैन भने शतप्रतिशत अर्थात ५ हजार येन नै पूरै आफै तिर्नुपर्ने हुन्छ ।
साना बच्चाहरूको हकमा सिटी कार्यालयमा प्रक्रिया गरिएको छ भने सो कागजात तथा कार्डहरू देखाउनुभयो भने उपचार र औषधी खर्च निःशुल्क छ । प्राथमिक विद्यालयको विद्यार्थी वा जुनियर हाइस्कुलको विद्यार्थीलाई पनि अस्पताल तथा क्लिनिकमा हुने उपचार खर्च बापत थोरै रकम मात्र तिरे पुग्छ ।
यद्यपि वयस्क वा ठूला बच्चाहरु अस्पताल भर्ना वा शल्यक्रिया गर्दा धेरै ठूलो रकम तिर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा अस्पताल वा क्लिनिकहरूमा तिर्ने रकम कम गर्ने विशेष प्रक्रियाहरू छन् ।
१. Gendo Gaku Tekiyō Nintei Shō (Eligibility Certificate for Ceiling Amount Application) ’उपचार खर्च दावी आवेदनका लागि योग्यताको प्रमाणपत्र’ का लागि प्रक्रिया : अस्पतालमा भर्ना वा शल्यक्रिया गर्दा उपचार खर्च धेरै लाग्ने भएकोले ’उपचार खर्च दावी आवेदनका लागि योग्यताको प्रमाणपत्र’ को प्रक्रिया पूरा गरिएमा उपचार खर्च सस्तो बनाउन सकिन्छ ।
क. जस्तै, मासिक तलब २ लाख ७० हजार (२७ मान) येन वा सो भन्दा कम भएको व्यक्तिले एक महिनाका लागि अधिकतम चिकित्सा खर्च सीमा रकम ५७ हजार ६ सय (५ मान ७ हजार ६ सय) येन
ख. मासिक तलब २ लाख ७० हजार (२७ मान) येन देखि ५ लाख येन भएको व्यक्तिले एक महिनाको लागि चिकित्सा खर्चको माथिल्लो सीमा रकम ८० हजार १ सय ( ८ मान १ सय) येन र (चिकित्सा खर्चको लगभग १ प्रतिशत)
ग. आवास कर छुट भएका व्यक्तिहरूको हकमा एक महिनाका लागि अधिकतम चिकित्सा खर्च सीमा रकम ३५ हजार ४ सय (३ मान ५ हजार ४ सय) येन
२. अस्पताल वा क्लिनिकमा हुने उपचार खर्च उच्च हुन सक्ने समयमा यो प्रक्रियाको आबेदन देहायको निकायमा गर्न सकिन्छ ।
क. कम्पनीमा सामाजिक बीमा गर्नेहरूका लागि स्वास्थ्य बीमा कार्डमा लेखिएको स्वास्थ्य बीमा कार्यालयमा
ख. राष्ट्रिय स्वास्थ्य बीमा भएकाहरूका लागि सिटी कार्यालयमा
ग. अस्पतालमा भर्ना हुने बित्तिकै यो प्रक्रिया अगाडि बढाउनु पर्दछ । यो प्रक्रिया पूरा गरेको महिनादेखि उपचार खर्च सस्तो हुन्छ ।
घ. ध्यान दिनुपर्ने यो छ कि, राष्ट्रिय स्वास्थ्य बीमा छ भने आफ्नो सबै राष्ट्रिय स्वास्थ्य बीमा भुक्तान नगरेसम्म यो प्रक्रिया पूरा गर्न मिल्दैन ।
ङ. यो प्रक्रिया पुरा गरिएन भने चिकित्सा खर्चका लागि कुनै माथिल्लो सीमा हुँदैन र अस्पताल वा क्लिनिकमा लाग्ने उपचार खर्च महङ्गो पर्न जान्छ ।
३. ’उच्च लागत चिकित्सा खर्च ’Kōgaku Ryōyō Hi को प्रक्रिया : Kōgaku Ryōyō Hi यो भनेको अस्पतालमा भर्ना हुँदा वा शल्यक्रिया गर्दा खर्च भएको उच्च उपचार लागतको राज्यबाट प्राप्त हुने सुबिधा प्रक्रिया हो ।
यदि तपाई ’उपचार खर्च दावी आवेदनका लागि योग्यताको प्रमाणपत्र’ (Eligibility Certificate for Ceiling-Amount Application) का लागि प्रक्रिया अगाडि बढाउन ढिलो भयो भने वा प्रक्रिया पूरा गर्न सक्नुभएन भने अस्पताल वा क्लिनिकमा लाग्ने उपचार खर्च धेरै हुन्छ तर रकम भुक्तानी गरिसकेपछि भने सोे रकम फिर्ता गर्न सकिन्छ । यसलाई उच्च लागत चिकित्सा खर्च भनिन्छ ।
३. राज्यबाट फिर्ता पाउने चिकित्सा खर्चको रकम : Gendo-Gaku Tekiyō Nintei-Shō (Eligibility Certificate for Ceiling-Amount Application)उपचार खर्च दावी आवेदनका लागि योग्यताको प्रमाणपत्र’ को रकम भन्दा बढी पैसा तिर्नुभएको छ भने पैसा फिर्ता पाउन सकिन्छ ।
यस प्रक्रियाका लागि’उपचार खर्च दावी आवेदनका लागि योग्यताको प्रमाणपत्र’ जस्तै कागजातहरू पेश गर्ने स्वास्थ्य बीमा कार्डको कार्यालय वा सिटी कार्यालय हो । यो प्रक्रियामा सरकारबाट चिकित्सा उपचार खर्च फिर्ता गर्नु अघि कागजातहरू जाँच हुने हुँदा ३ महिनाभन्दा बढी समय लाग्न सक्छ । यो सुबिधा फिर्ता लिन समय लाग्ने भएकाले अस्पताललाई तिर्न राज्यले सापटी (ऋण) दिने ब्यवस्था पनि छ ।
राष्ट्रिय स्वास्थ्य बीमा भएका व्यक्तिहरूले राष्ट्रिय स्वास्थ्य बीमाको भुक्तानी गर्नुपर्ने सबै रकम भुक्तानी गरेपछि मात्रै यो प्रक्रियामा सहभागी हुन सकिन्छ ।
सामाजिक बीमा वा राष्ट्रिय स्वास्थ्य बीमाको नियम अनुसार लाग्ने रकम समयमै भुक्तानी भए-नभएको बारेमा भिसा प्रक्रिया गर्दा इम्रि्रेशनद्वारा पनि छानबिन हुने हुँदा भुक्तानीको निश्चित गरौं ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

 

तपाईको प्रतिक्रिया