शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी अक्टोबर १ तारिखबाट जापानमा लागू भएको परिवर्तित जनजिबिकासंग सम्बन्धित नयाँ नियमको बारेमा जानाकारी गराउने प्रयास गरेका छौं, जुन यसप्रकार छन् ।

१ न्युनतम ज्याला बृद्धि : अक्टुबर १ तारिखबाट लागू हुनेगरी जापानमा न्युनतम ज्याला प्रतिघण्टा ३० येनबाट ३३ येनसम्म बढेको छ । जसअनुसार टोकियो-तोको न्युनतम ज्याला १ हजार ४१ येनबाट १ हजार ७२ येन भएको छ । यो बाहेक अन्य स्थानको न्युनतम ज्याला देहायअनुसारको हुने भएको छ ।
टेबुल
यो बाहेक अरु क्षेत्रको पनि ज्याला बढ्ने भएको छ । न्युनतम ज्यालाको कानून जापान सरकारले जापानमा काम गर्ने व्यक्तिको काम गर्ने अवस्था राम्रो बनाउने र न्युनतम तलबको ग्यारेन्टी गरी नागरिकको जीवनस्तर र जापानको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले बनाईएको कानून हो । त्यसैले सरकारद्वारा तोकिएको न्युनतम ज्यालाभन्दा थोरैमा काम लगाउनु अवैध हो । रोजगार सम्बन्धि सहमति पत्र बनाउदा न्युनतम ज्यालाको ख्याल गर्नुपर्दछ । इमिग्रेशन, हेल्लो वर्क, रोउदोउक्योकुमा कागजात बुझाउँदा न्युनतम ज्यालाको बिषयलाई ध्यानमा राख्नुपर्दछ ।

२ रोजगार बीमा प्रिमियममा वृद्धि : कम्पनीहरूले भुक्तान गर्ने रोजगार बीमा प्रिमियम यस वर्षको अक्टोबर १ देखि तलबको ० दशमलव ९ प्रतिशतबाट बढेर १ दशमलव ३५ प्रतिशत हुने भएको छ । हप्तामा २० घण्टाभन्दा बढी काम गर्ने व्यक्तिले रोजगारी बीमामा छिर्नुपर्ने हुन्छ । तलबबाट कटौती गरिने रोजगार बीमा प्रिमियम पनि काम गर्ने व्यक्तिको तलबको ० दशमलव ३ प्रतिशतबाट ० दशमलव ५ प्रतिशतसम्म बढ्ने छ । कोरोनाको प्रभावका कारण देशले तिर्ने सहयोग रकम बढेसँगै देशको आर्थिक अवस्था खस्किँदै गएकोले बीमा प्रिमियम बढाईएको हो ।

३. आंशिक कामदारहरूको सामाजिक बीमामा सहभागिता सम्बन्धमा : यो वर्षको अक्टोबर १ देखि १०० भन्दा बढी कर्मचारी भएको कम्पनीमा हप्तामा २० घण्टाभन्दा बढी काम गर्नेहरूले कम्पनीको सामाजिक बीमामा छिर्नुपर्दछ ।
क. १०० भन्दा बढी कर्मचारी भएको कम्पनीमा काम गरेमा
ख. हप्तामा २० घण्टाभन्दा बढी काम गरेमा
ग. कम्पनीमा दुई महिनाभन्दा बढी काम गरिरहेका वा काम जारी राख्ने योजनामा रहेका व्यक्तिहरूको हकमा
घ. मासिक तलब ८ मान ८ हजार येन वा सोभन्दा बढी भएमा
ङ. विद्यार्थी बाहेक अन्य भएमा
आंशिक काम गरिरहेको भएता पनि माथि उल्लिखित बुँदाहरुसंग मेल खानेहरुले कार्यरत कम्पनीमार्फत सामाजिक बीमामा छिर्नुपर्ने नयाँ प्रावधान रहेको छ ।
तलबबाट काटिने सामाजिक बीमा प्रिमियमको हकमा स्वास्थ्य बीमा तलबको ४ दशमलव ९० प्रतिशत नर्सिङ हेरचाह बीमा (४० वर्ष वा सोभन्दा माथि उमेर भएमा ) तलबको ० दशमलव ८२ प्रतिशत, कर्मचारीको निवृत्तिभरण (कोसेइनेनकिन) तलबको ९ दशमलव १५ प्रतिशत छ । कुल जम्मा करीव १५ प्रतिशत रकम सामाजिक बीमा प्रिमियम कटौती हुने भएको छ ।

४ बच्चा जन्मेपछि बाल हेरचाह बिदा सम्बन्धमा : बच्चा जन्मेपछि बाल हेरचाह गर्न बच्चाको बाबुका लागि बिदा सम्बन्धि नयाँ नियम लागू हुने भएको छ । जसअनुसार बच्चा जन्मेको ८ हप्ता भित्र ४ हप्ता बिदा लिन सकिन्छ । ४ हप्ताको बिदालाई २ पटक गरेर पनि लिन सकिन्छ ।
बिदा लिदा कम्पनीको नियमअनुसार दुई हप्ता वा एक महिना अगावै कम्पनीलाई पूर्व जानकारी गराउनुपर्दछ । कामबाट बिदा लिदा कम्पनीले तपाईलाई तलब दिदैन तर एक वर्ष भन्दा बढी रोजगार बीमामा रहेकाहरूको हकमा भने सरकारबाट राहत प्राप्त गर्न सकिन्छ । प्राप्त हुने उक्त राहत तलबको ६७ प्रतिशत हो । यो बच्चा जन्मेको बेलामा बच्चाका बाबुले लिनसक्ने बिदा सम्बन्धि नियम हो । यसका अतिरिक्त सामान्य बाल हेरचाह बिदाको नियम अनुसार पनि कामबाट बिदा लिन सकिने छ ।
सामान्य बाल हेरचाह बिदा सम्बन्धि नियममा समेत समान्य परिवर्तनहरू हुने भएको छ । जसअनुसार बच्चा जन्मेको समयदेखि बच्चा १ वर्ष नपुग्दासम्म बाबु र आमाले बाल हेरचाह बिदा २ पटकमा विभाजन गरी लिन सक्नेछन् । जसले गर्दा काम गर्न चाहनेहरूले काम गर्न मिल्ने भएको छ । कम्पनीले बाल हेरचाह बिदाको तलबको भुक्तानी गर्दैन, तर एक वर्ष भन्दा बढी रोजगार बीमामा रहेकाहरूले सरकारबाट राहत प्राप्त गर्न सक्छन् । सरकारबाट प्राप्त गर्ने राहत सुबिधा १ सय ८० दिनसम्मको बिदाका लागि तलबको ६७ प्रतिशत र १ सय ८० दिनभन्दा बढीको लागि तलबको ५० प्रतिशत हो । यो सामान्य बाल हेरचाह बिदाको नियम हो । बुवाको बाल हेरचाह बिदाको नियमसँग मेल खाने गरी कामबाट बिदा लिन सक्नुहुन्छ ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972

तपाईको प्रतिक्रिया