शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी विद्यार्थी भिसाबाट वर्किङ भिसा – इञ्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ (Gijutsu Jinbun Chishiki Kokusai Gyōmu) परिवर्तन गर्ने सिलसिलामा इमिग्रेशनद्वारा स्वीकृत भएका र अस्वीकृत भएका केही प्रतिनिधिमुलक घटनाहरूको बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

विश्वविद्यालय वा व्यवसायिक कलेजबाट स्नातक प्राप्त गरेकाहरु कम्पनीमा जागीर पाउन सक्षम भए पनि वर्किङ भिसाको ग्यारेन्टी भने हुँदैन । जापानमा काम गर्नका लागि वर्किङ भिसा सम्बन्धि आफ्नै नियमहरू छन् त्यसैले ती नियमहरू पूरा गर्न सकिएन भने भिसा प्राप्त गर्न सकिंदैन ।

जापानी विश्वविद्यालयबाट स्नातक उत्तीर्णको हकमा स्वीकृत घटना –
क. व्यवसाय प्रशासन संकायबाट (केइएइ गाकुबु) मा स्नातक गरेकाहरूले कम्प्युटर सेवा कम्पनीमा अनुवादन र अनुवादकको रूपमा काम गर्न ।
ख. कानून संकायबाट स्नातक गरेका व्यक्तिहरुले वकिल अफिसमा वकिलको सपोर्टका लागि काम गर्न
ग. शिक्षा संकायबाट स्नातक गरेका व्यक्तिले विदेशी भाषाहरू सिकाउने कम्पनीमा अंग्रेजी शिक्षकको रूपमा काम गर्न
घ. अर्थशास्त्र संकायबाट स्नातक गरेको व्यक्ति सफ्टवेयर विकास कम्पनीमा सिस्टम इञ्जिनियरको रूपमा काम गर्न

अस्वीकृत घटनाहरु –
क. अर्थशास्त्र संकायबाट स्नातक गरेका व्यक्तिले कर अडिटर (जेइरिशी) कार्यालयमा जागिरका लागि अवसर प्राप्त गरी भिसा आबेदन गरिएकोमा इमिग्रेशनबाट छानबिन हुँदा जेइरिशी अफिसको ठेगानामा अफिस नभई रेस्टुरेन्ट रहेको भेटिएको । त्यसपछि इमिग्रेशनले घटनाका बारेमा सोधिएको प्रश्नमा चित्तबुझदो जबाफ नपाएकोले अनुमति अस्वीकृति गरिएको ।
ख. शिक्षा संकायबाट स्नातक गरेको व्यक्तिले बेन्तो बनाउने कारखानामा बेन्तो प्याक गर्ने कामका लागि आवेदन दिएको र यो काम इञ्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ भिसाले दिमागी ज्ञान प्रयोग गर्ने काम नभएको ठहर गरी आबेदन अस्वीकृत गरिएको ।
ग. मेकानिकल इञ्जिनियरिङबाट स्नातक गरेका व्यक्तिले कम्प्युटर सेवा प्रदान गर्ने कम्पनीमा सिस्टम इञ्जिनियरको काम गर्नका लागि आवेदन दिएको र मासिक तलब १ लाख ४० हजार मात्र येन रहेको तर एकै समयमा कम्पनीको काम सुरु गरेका जापानीको तलब भने १८ लाख येन थियो । अन्य जापानी व्यक्तिको जस्तै समान तलब दिने सम्झौता नभएकोले एउटै काम गर्ने व्यक्तिहरुको किन फरक तलब र बिदेशी कर्मचारीको लागि पनि जापानी कर्मचारीको बराबर सम्झौता नभएको भन्ने कारण देखाई आबेदन रद्ध गरिएको ।
घ. व्यवसाय प्रशासन संकायबाट स्नातक गरेको व्यक्तिले विदेशी व्यापारको (बोउएकी) कम्पनीमा जागीर गर्ने भनि आवेदन दिएकोमा व्यवसाय प्रशासन संकायको बिद्यार्थी भएको बेला १ बर्ष पुरै प्रत्येक महिना २ सय घण्टा भन्दा बढि काम गरेको पत्ता लागेकोले अनुमति दिएको भन्दा दायरा बाहिर गई गतिविधिहरू गरेको र जापानको कानून पालना नगरिएको ठहर गरी भिसा अनुमति नदिइएको ।
जापानी व्यवसायिक कलेजबाट (सेन्मोन गाक्कोउ) स्नातक गरेका व्यक्तिको हकमा स्वीकृत घटना –
अन्तर्राष्ट्रिय आईटी संकायबाट प्रोग्रामिङ अध्ययन गरेका र स्नातक गरेका व्यक्तिले निर्माण कम्पनीमा प्रोग्रामिङ सम्बन्धि सिस्टम विकास गर्न ।
– कस्मेटोलोजी विभागबाट स्नातक गरेको व्यक्तिले सौन्दर्य प्रशाधन कम्पनीमा सौन्दर्य उत्पादनहरूको विकास र मार्केटिङमा काम गर्न ।
– अन्तर्राष्ट्रिय सञ्चार विभागबाट स्नातक गरेका व्यक्तिले जिन्जाई हाकेन कम्पनीमा विदेशी कर्मचारीहरूलाई कामका नियम र आचरणबारे सिकाउन र कर्मचारी व्यवस्थापन गर्न ।

अन्य अस्वीकृत घटनाहरु – 
क. इन्फर्मेशन सिस्टम संकायबाट स्नातक गरेका व्यक्तिले रेस्टुरेन्ट कम्पनीमा कम्प्युटर प्रयोग गरी सेल्स सिइरे (खरिद समान) व्यवस्थापन गर्न,
ख. ग्राहकको बुकिङ व्यवस्थापन गर्न र स्टाफ व्यवस्थापनको काम गर्नका लागि आवेदन दिएकोमा त्यो रेस्टुरेन्ट कम्पनीका कर्मचारीहरू जम्मा १२ जना मात्र रहेकाले उल्लेखित काम मात्र गर्न प्राप्त काम छ भन्ने मान्यता दिन नसकिएको । ग्राहकको बुकिङ व्यवस्थापन भनेको नोटबुकमा रिजर्भेशनहरू लेख्ने काम मात्र भएकोले कुनै ज्ञान अथवा बौद्धिक प्रयोग गर्ने काम नभएकोले यो आवेदन अस्वीकृत गरिएको ।
ग. अन्तर्राष्ट्रिय सूचना व्यवसाय संकायबाट स्नातक गरेको व्यक्तिले कम्प्युटर पार्टस जाँच र मर्मत गर्ने कामका लागि कम्प्युटर निर्यात बिक्री कम्पनीमा जागिरको लागि आवेदन दिएकोमा अस्वीकृत भएको कारण कामको प्रकृति हार्डवेयर पार्ट्सको प्रतिस्थापन गर्ने डेटा ब्याकअप गर्ने काम भएकोले बौद्धिकता वा ज्ञान प्रयोग नहुने काम भएको निश्कर्ष निकालिएको ।
घ. सेनमोन गाक्कोको ७० प्रतिशत हाजिरी भएको व्यक्तिलाई अध्यागमन ब्यूरोले कारण सोधेकोमा आफू बिरामी भएकाले धेरै विद्यालयमा उपस्थित हुन नसकेको भनिए पनि विद्यालय अनुपस्थित हुँदा पार्ट टाइम काम गरेको प्रमाण भेटिएको र स्पष्टीकरण फरक भएकोले भीसा अस्वीकृत भएको ।
ङ.  इलुस्ट्रेशन संकायबाट स्नातक गरेका व्यक्तिले विदेशीहरूका लागि अनुवाद र व्याख्या गर्दै कपडा बेच्ने पसलमा कपडा बेच्ने काम गर्ने भनी आवेदन दिएकोमा सेनमोन गाक्कोमा पढेको इलुस्ट्रेसन लगायत डिजाइनको कन्टेन्ट र कामको कन्टेन्ट बीच कुनै सम्बन्ध नभएकोले अस्वीकृत भएको ।
च.  अन्तर्राष्ट्रिय सञ्चार संकायबाट सञ्चार अध्ययन गर्ने व्यक्तिको रेस्टुरेन्ट कम्पनीमा काम गर्नका लागि एउटा आवेदन दिएकोमा जहाँ नयाँ उत्पादनको आइडिया बारे सोच्ने, सेल्स, बिक्री ब्यबस्थान गर्ने र मार्केटिङ गर्ने भनी आबेदान गरिएको थियो तर सेनमोन गाक्कोमा पढेको कन्टेन्ट र कामको कन्टेन्ट बीच कुनै सम्बन्ध नभएकोले आबेदन स्वीकृत नदिने निर्णय भएको ।
छ . अन्तर्राष्ट्रिय सञ्चार संकायबाट जापानी दोभाषे पढेका ब्यक्तिले बोउएकी कम्पनीमा दोभाषेको रूपमा काम गर्ने भनी आवेदन दिएकोमा सेनमोन गाक्कोको परिणाम पत्रमा जापानीज स्तर सबै सी ग्रेड थियो र (ABC मध्ये सबैभन्दा कम ग्रेड) थियो । जापानी भाषा लेभलको अन्य प्रमाण पनि नभएकोले जापानी भाषा प्रयोग गरेर दोभाषेको रूपमा काम गर्न सक्छ भन्ने मान्यता दिन नसकी अनुमति रद्ध भएको ।

‘इन्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ’ भिसाको सम्बन्धमा यदि विश्वविद्यालयबाट स्नातक गरिएको छ भने, विश्वविद्यालयमा व्यावसायिक अध्ययन गरेको सामग्री र काम गर्न लागेको सामग्रीको बीचमा थोरै फरक भए पनि ठीकै हुने भनी अध्यागमन नियममा लेखिएको छ । यद्यपि, सेनमोन गाक्कोको स्नातक पछि अध्ययन गरेको सामग्री र भविष्यमा गर्न लागेको कामको सामग्रीसंग सम्बन्धित हुनुपर्छ ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

तपाईको प्रतिक्रिया