शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी परिवारका आश्रित सदस्यहरूको बारेमा कर, सामाजिक बीमा र भिसासंग सम्बन्धि बिषयमा जानकारी गराउने प्रयास गरिएको छ । आश्रितहरू भन्नाले जीवनयापनका लागि आर्थिक सपोर्ट गर्दै आउनुभएको परिवारका सदस्यहरू जस्तै आफ्नो श्रीमान-श्रीमती, बच्चा, दाजुभाइदिदीबहिनी, बुबाआमालाई जनाउँछ । उहाँहरुको जीबनयापनकाका लागि आर्थिक सपोर्ट गर्दै आउनुभएको छ भने कर, सामाजिक बीमा सस्तो हुन सक्छ ।

हरेक वर्ष परिवारका आश्रित सदस्यहरुको विवरण गेन्सेन बनाउने बेलामा कम्पनीलाई जानकारी गराउनुपर्दछ । कम्पनीले उपलब्ध गराएको निर्भर छुटको घोषणा’ (Fuyoukojoshinkokusho) पत्रमा आफ्नो परिवारका आश्रित सदस्यहरुको विवरण लेखी कम्पनीमा बुझाउनुपर्दछ । कम्पनीमा प्रवेश गर्दा र त्यसपछि हरेक वर्षको नोवेम्बर देखि डिसेम्बरसम्ममा कम्पनीले यो फाराम उपलब्ध गराउँदछन् ।

१. परिवारका आश्रित सदस्यहरु हुँदाको करको सम्बन्धमाः यदि परिवारका कुनै सदस्य जापानमा बस्छन् र उनीहरूको वार्षिक आय १ सय ३ मान येन वा सो भन्दा कम छ भने ती सदस्य आश्रित मानिने छ र कर सस्तो हुने छ । श्रीमान-श्रीमती पनि वार्षिक आय १ सय ३ मान येन भन्दा कम भएमा आश्रित परिवारमा समावेश गर्न सकिन्छ । यदि श्रीमान-श्रीमतीको आम्दानी १ सय ३ मान येन भन्दा बढी छ र २ सय १ मान येन वा कम छ भने आश्रितमा समावेश गर्न सकिँदैन, तर विशेष छूटको (Haigūshatokubetsukōjo) कारण कर सस्तो हुन जान्छ ।

जापानको नियम अनुसार रोजगारीका संलग्न जो कसैको तलबमा दुई प्रकारका कर लाग्छ । आयकर (राष्ट्रिय कर) र आवासीय कर (सिटी कार्यालय कर) । आयकर तलबबाट काटिने कर हो र काम गर्ने कम्पनीले राष्ट्रलाई तिर्नुपर्दछ । आवासीय कर अवस्था हेरिकन तलबबाट काटिने वा सिधै सिटी कार्यालयमा गएर तिर्नुपर्ने पनि हुन्छ । परिवारका सदस्यहरु जति धेरै आश्रित हुन्छन त्यति नै तपाईको तलबको कर कम लाग्छ । १६ वर्षभन्दा कम उमेरका बच्चाहरु भएको हकमा आयकर कम हुँदैन तर आवासीय कर कम हुन सक्छ ।

नेपालमा भएका आश्रितको हकमा सम्बन्धित ब्यक्तिको नाममा रहेको खातामा पैसा पठाएको हुनुपर्दछ । यो वर्ष २०२२ सम्म थोरै मात्र पैसा पठाएको भए पनि आश्रितमा राख्न सकिन्थ्यो भने अब उप्रान्त भने नेपालमा भएका परिवारका सदस्यहरुलाई आश्रितका राख्न परेमा हरेक सदस्यलाई छुट्टाछुट्टै पैसा पठाएको हुनुपर्दछ । यदि कुनै एक सदस्यलाई मात्र पैसा पठाएको अवस्था हो भने पैसा पठाएको व्यक्तिलाई मात्र आश्रितमा राख्न सकिन्छ । यसका अतिरिक्त नाता प्रमाणपत्र र विवाह प्रमाणपत्रहरू प्रत्येक वर्ष कम्पनीमा पेश गनुपर्दछ ।

आगामी वर्ष २०२३ देखि जापानबाहिर रहेका आश्रितहरूको हकमा करको नियम परिवर्तन हुने भएको छ । जापान बाहिर रहेका परिवारका सदस्यहरू जो जापानमा दर्ता छैनन् र उनीहरु ३० देखि ७० वर्षसम्मको उमेरका छन् भने उनीहरूलाई प्रत्येक वर्ष जापानबाट ३८ मान येन वा सोभन्दा बढी रकम पठाएको भए मात्र आश्रितमा राख्न पाईन्छ । यद्यपि पति वा पत्नीको हकमा भने थोरै मात्र रेमिट्यान्स गरिएको छ भने पनि स्वीकार्य हुने छ ।

तसर्थ, यस वर्ष २०२२ को डिसेम्बर ३१ सम्म परिवारका आश्रित सदस्यहरूका लागि रेमिट्यान्स रकमसम्बन्धी नियम खुकुलो रहेकाले थोरै रकम भए पनि अनुमति दिइएको छ । त्यसैले नेपालमा हुने सदस्यलाई सहयोग गरिराख्नु भएको र अझै पैसा पठाउनुभएको छैन भने थोरै रकम भए पनि पैसा पठाउनुपर्ने हुन्छ ।

गेन्सेनमा आश्रित पति-पत्नीको नाम समावेश गरिएको छ भने पनि सिटी कार्यालयले आश्रितको वार्षिक कमाई धेरै भएको खण्डमा आश्रितबाट हटाइदिन सक्छ । कर प्रमाणपत्र अध्यागमन कार्यालयमा पनि पेश हुने हुँदा, यदि पति-पत्नीलाई कर प्रमाणपत्रको आश्रितमा नरहेको थाहा भएमा आश्रितले के कति काम गरेको हो भन्ने बारेमा छानबिन गरिने छ ।

२. परिवारका आश्रित सदस्यहरूको सामाजिक बीमा सम्बन्धमा : कार्यरत कम्पनीमा सामाजिक बीमा (स्वास्थ्य बीमा र पेन्सन) प्रक्रिया गरिएको छ भने आश्रितहरू पनि सामाजिक बीमामा समाविष्ट हुन सक्दछन् । जापानमै भएका आश्रित सदस्यको वार्षिक आय १ सय ३० मान येन वा सो भन्दा कम छ भने आश्रितमा समावेश गर्न सकिन्छ । त्यस्तो सदस्यको सामाजिक बीमा (स्वास्थ्य बीमा र पेन्सन) गरिएको छ भने राष्ट्रिय स्वास्थ्य बीमा र राष्ट्रिय पेन्सनको लागि सिटी कार्यालयमा भुक्तानी गर्न पर्दैन । यदि सो बापतको रकम तिरिसक्नु भएको छ भने सिटी कार्यालयले सो रकम फिर्ता गर्नेछ ।
ध्यान दिनुपर्ने यो छ कि कर आश्रितहरूको लागि १ सय ३ मान येन र सामाजिक बीमा आश्रितहरूका लागि १ सय ३० मान येनको आय रकम फरक छ ।
जापान बाहिर रहेका परिवारका सदस्यहरू जो सिटी कार्यालयमा दर्ता छैनन् उनीहरु जापानको सामाजिक बीमा (स्वास्थ्य बीमा, पेन्सन) को सुबिधा लिन सक्ने छैनन् ।

३. परिवारका आश्रित सदस्यको भिसा सम्बन्धमा : आश्रितमा रहेका सदस्यहरु पारिवारिक भिसा (Dependent Visa) सम्बन्धि घटनाहरु बढ्दोक्रममा रहेको पाईन्छ । पारिवारिक भिसा भनेको परिवारका आश्रित सदस्य जस्तै श्रीमान वा श्रीमती र बच्चाहरुको भिसा हो । बाबुआमालाई पारिवारिक भिसामा बोलाउन मिल्दैन । यो भिसा परिवारसंगै बस्न र जीबन यापनका लागि दिईएको भिसा भएकाले सामान्यतयाः काम गर्न पाइदैन । काम गर्न चाहेको खण्डमा इमिग्रेशनमा सिखाकुगाइखाचुदोउ क्योउखा (काम गर्न पाउने अनुमति) लिनुपर्दछ । यो प्राप्त भएमा हप्ताको २८ घण्टा काम गर्न पाईन्छ । परिवारका आश्रित सदस्य यदि नेपालमा छन् भने त्यसको जानकारी सहि तरिकाले गराउनुपर्दछ । उक्त जानकारीको आधारमा तयार गरिएको गेन्सेन पेपरको रेकर्ड सिटी कार्यालयमा राखिन्छ र त्यसैको आधारमा करको प्रमाणपत्र जारी गरिन्छ ।
आश्रितमा राख्न मिल्ने परिवारका सदस्य नेपालमा भए पनि सो को जानकारी नगराईएका कारण कर प्रमाणपत्रमा नाम उल्लेख छुट्न गएमा पछि बच्चा जापान बोलाउँदा वास्तवमै आश्रित हो वा होईन भन्ने बिषयमा इमिग्रेशनमा समस्या पर्ने गरेको घटनाहरु पनि छन् । यसैगरी पहिले बच्चाहरुको नाम उल्लेख गरिएको र हाल हटाइएको जस्ता घटनाले नाता प्रमाणितमा आशंका हुने गरेको अवस्था पनि छ । परिवारका आश्रित सदस्यहरु धेरै भएमा कर सस्तो हुन्छ तर नेपालमा भएका परिवारका आश्रित सदस्य धेरै भएमा कर प्रमाण पत्रमा कर शुन्य येन भै आवासीय कर पनि शुन्य येन नै भएमा जापानमा औसत जीवन यापन संभव छैन भनि नेपालबाट धेरै परिवार बोलाउन नसकिएका घटनाहरु पनि छन् ।
स्थायी (एइजु) भिसा आबदेन गर्दा बेला खाजेस्योमेइस्यो ५ बर्षको इमिग्रेशन बुझाउनुपर्ने हुन्छ । त्यो ५ बर्षको बिचमा नेपालमा भएको परिवारका सदस्यलाई कहिले आश्रितमा राख्ने कहिले नराख्ने गर्नाले शंकाको घेरामा पर्ने गरिएको कारण स्थायी भिसा नदिएको घटना पनि छन् ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

 

तपाईको प्रतिक्रिया