शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानको भन्सार प्रणाली र आयात निषेधित वस्तुहरूका बारेमा जानकारी गराउने प्रयास गरेका छौं । जापान प्रवेश गर्दा विदेशबाट ल्याईएका केही निश्चित वस्तुहरूमा कर लाग्छ भने केही त्यस्ता वस्तुहरू पनि छन् ति जापानमा ल्याउन पाईदैन । जापान प्रवेशको क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको चेकजाँच भईसकेपछि आफ्नो ब्यागेजको भन्सारमा पुनः चेकजाँच गर्नुपर्छ । यसपटकको शृङ्खलामा जापानको भन्सारमा सामान चेकजाँच गर्दा अपनाईने नियमहरूका बारेमा प्रकाश पार्ने जमर्को गरिएको छ । सबैलाई अवगतै भएको कुरो हो जापान आउने क्रममा विमानका कर्मचारीहरुले सामान घोषणा फारम हस्तान्तरण गरेका हुन्छन् । यस कागजातलाई आफुले साथमा लिएर आएका सामानहरुको विवरण बारेको घोषणा फाराम भनिन्छ ।

जापानमा ल्याउन नपाईने वस्तुहरुमा लागूऔषध, बन्दुक लगायतका हातहतियारजन्य वस्तु, विस्फोटक पदार्थ, नक्कली नोट, अश्लील पत्रपत्रिका, बिक्रीबितरण प्रयोजनका लागि ब्रान्डेड भनिएका नक्कली सामानहरु आदि जापानमा ल्याउन पाईदैन । यस्ता सामानहरु ल्याईएको पाईएमा जापानको भन्सारद्वारा जफत हुन्छ ।
यसै वर्षदेखि ब्रान्डेड भनिएका तर नक्कली वस्तुहरू अनलाइनको माध्यमबाट विदेशबाट खरिद गरी जापानमा बिक्रीबितरण गर्न र व्यक्तिगत प्रयोजनका लागि पनि प्रतिबन्ध लगाईएको छ । अनलाइनमा खरिद गरी जापान मगाईएमा यस्ता सामानहरू जापानको भन्सारले जफत गर्दछ । जफत गरिएका यस्ता सामानको हर्जाना पाईदैन ।

१. निम्न खाद्य सामग्रीहरुको हकमा जापान प्रवेशअघि आफ्नो देशको अध्यागमनमा अनिवार्य पूर्वजानकारी गराउनुपर्दछ । मासु, तरकारी, फलफूल, जनावर, बोटबिरुवा आदि । यी सामानहरु साथमा लिएर आउनुपरेमा पूर्व जानकारी गराई चेकजाँच गर्नुपर्दछ र जापानको अध्यागमनलाई बुझाउने घोषणा फाराममा ती सामानहरुको विवरण स्पष्ट उल्लेख गर्नुपर्दछ ।
२. उपहारका लागि वा ब्यक्तिगत जुनसुकै प्रयोजनका लागि भएता पनि मासुजन्य वा फलफूल जस्ता सामानहरुको ‘निरीक्षण प्रमाणपत्र’ आवश्यक पर्दछ । यदि निरीक्षण प्रमाणपत्र छैन भने यसलाई जापानमा ल्याउन पाइने छैन ।
३. मासुजन्य खाद्यवस्तु सम्बन्धमा गोरु, कुखुरा, सुँगुर र भेडा जस्ता जनावरको मासुलाई निरीक्षण प्रमाणपत्र आवश्यक पर्दछ, चाहे त्यो काँचो मासु, हृयाम, ससेज, अन्य पकाएको मासु होस् वा जमेको फ्रोजन होस् ।
४. फलफूलजन्य खाद्यवस्तु सम्बन्धमा आँप, अम्बा, लिची, खुर्सानी आदिका लागि जापान प्रवेश गर्दा परीक्षण प्रमाणपत्र आवश्यक पर्दछ ।
५. बोटबिरुवा सम्बन्धमा, बोटबिरुवाको अतिरिक्त, काटिएको फूललाई पनि निरीक्षण प्रमाणपत्र चाहिन्छ । यदि निरीक्षण प्रमाणपत्र छैन भने त्यस्ता वस्तुहरु भन्सारले जफत गर्ने छ ।
६. जापान प्रवेश गर्दा करमुक्त वस्तुहरूमा, रक्सी ३ बोतल सम्म (प्रति बोतल ७६० एमएलसम्म), चुरोट २०० खिल्ली, परफ्यूम (सुगन्धित वस्तु) २ औंस (५६ एमएलसम्म)

यसैगरी अन्य वस्तुहरूको हकमा करीव २ लाख येन मुल्य बराबरको सामानमा कर लाग्दैन । एउटै वस्तुको मुल्य १० हजार येन वा कम भए पनि कर लाग्दैन । उदाहरणका लागि १ हजार येन मुल्य बराबरको ९ वटा प्याकेट चकलेट र ५ हजार येन मुल्य बराबरको एउटा नेकटाइ छ भने कर लाग्दैन ।

माथि उल्लेख गरिएको भन्दा बढि छ भने कर लाग्ने छ । यदि व्यवसायिक प्रयोजनका लागि हो भने २ लाख येन मूल्य बराबर भन्दा कम भएता पनि कर लाग्ने छ । यसका साथै साथमा १० लाख येन भन्दा बढी नगद वा १ किलोग्राम भन्दा बढी सुन छ भने पूर्व जानकारी गराउनुपर्ने छ । यसैगरी विदेशबाट जापानमा उपहार पठाउँदा अन्तर्राष्ट्रिय मेल मार्फत ‘अनकम्प्यान्ड ब्यागेज’ को प्रक्रिया अपनाएर पठाउनुहोला ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

 

तपाईको प्रतिक्रिया