शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी कम्पनीले प्रत्येक वर्ष जनवरीमा गर्नुपर्ने प्रक्रियाहरूको बारेमा प्रस्ट्याउने प्रयास गरेका छौं ।
जापानको नियमअनुसार कम्पनी सञ्चालकहरुले हरेक वर्षको जनवरीमा नगरी नहुने प्रक्रियाहरुका बारेमा प्रस्ट हुनु आवश्यक छ । अन्य व्यक्तिहरुले पनि भिसा नवीकरण, तलबको कर प्रमाणीकरण लगायतका बिषय जोडिने भएकोले सो बारेमा हेक्का राख्नु उपयुक्त हुन्छ ।

१. होउतेइच्योस्योः होउतेइच्योस्यो भनेको कम्पनीका सबै कर्मचारीको जनवरी १ देखि डिसेम्बर ३१ सम्मको तलबको कुल रकम, तलबमा लाग्ने आयकर लगायतका विवरण खुलेको कर कार्यालयमा बुझाउने कागजात हो । तसर्थ, जनवरी १ देखि डिसेम्बर ३१ सम्मको कर्मचारीको तलबको कर हिसाब पूरा गरी कर्मचारीको गेन्सेन पेपर तयार गरिसक्नुपर्दछ ।
होउतेइच्योस्यो एउटा यस्तो कागजात हो जुन, सबै कर्मचारीहरुको तलबको गेन्सेनच्योउस्युहृयोउको कुल रिपोर्ट भएकोले कम्पनीको १ वर्षको कर्मचारीको कुल संख्या र एक वर्षको कुल तलब उल्लेख गरिएको हुन्छ । भिसा प्रक्रिया गर्दा यो होउतेइच्योस्योको प्रतिलिपि अध्यागमन कार्यालयमा पेश गर्नुपर्दछ । अध्यागमन कार्यालयद्वारा सबै कर्मचारीको तलब लेखिएको यो होउतेइच्योस्यो कर कार्यालयमा सही रूपमा पेस गरिएको छ कि छैन, कम्पनीमा कतिजना कर्मचारी कार्यरत छन् अनि कम्पनी ठूलो हो वा सानो हो जस्ता जानकारी यस कागजातबाट लिने गर्दछन् । कर कार्यालयमा बुझाएको भए आधिकारिक रूपमा सबै कर्मचारीहरूको तलब रिपोर्ट गरिएको ठहरिने भएकोले भिसा प्रक्रियाको समयमा अध्यागमनले उक्त होउतेइच्योस्योको प्रतिलिपि पेश गर्न लगाउने गर्दछन् ।
यो होउतेइच्योस्यो कर कार्यालयमा पेश गर्ने आधिकारिक कागजात भएकाले कर्मचारीको गेन्सेन पेपरको रकमसंग मेल खाएको हुनुपर्दछ । कर कार्यालयले यो रिपोर्टमा उल्लिखित रकमको आधारमा कम्पनीलाई कर भुक्तानी स्लिप पठाउने गर्दछ । होउतेइच्योस्यो पेश गर्नुपर्ने अन्तिम म्याद हरेक वर्षको जनवरी ३१ सम्म हो । गेन्सेन बनाउने काम सकेपछि होउतेइच्योस्यो पेश गर्नुपर्दछ । म्याद नाघिसकेको भए पनि जतिसक्दो चाँडो बुझाउनुपर्दछ ।

२. क्युयोहोउकोकुस्योः गेन्सेनच्योस्युहृयोउ सिटी कार्यालयमा बुझाउनुलाई क्युयोहोउकोकुस्यो भनिन्छ । कम्पनीले जनवरी १ देखि डिसेम्बर ३१ सम्म काम गर्ने सबै कर्मचारीहरूको तलबको कुल रकम हिसाब सहित परिवारका आश्रित सदस्यहरुको यकिन गरी वार्षिक कर हिसाब गरेपछि गेन्सेनच्योस्युहृयोउ बनाउनुपर्छ । स्थायी कर्मचारी मात्र नभई पार्टटाइम कामदारसहित सबै कर्मचारीको गेन्सेनच्योस्युहृयोउ बनाउनुपर्दछ । एक वर्षको तलबी कर हिसाब गर्नुलाई वर्षान्तको कर समायोजन (नेन्माचुच्योउसेइ) भनिन्छ । राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानी गरेका व्यक्तिहरूले करको हिसाबमा कटौती गर्नसक्ने हुँदा काम गर्ने कम्पनीमा आफ्नो राष्ट्रिय स्वास्थ्य बीमा रसिद पेश गर्नुभएमा तलबको कर घट्न सक्छ ।

गेन्सेनच्योस्युहृयोउ बनाएपछि कम्पनीले प्रत्येक वर्ष जनवरी ३१ सम्ममा कर्मचारीहरूको सम्बन्धित सिटी कार्यालयमा क्युयोसिहाराइहोउकोकुस्यो बुझाउनुपर्दछ । यदि कर्मचारीले ठेगाना परिवर्तन गरेका छन् भने ३१ डिसेम्बरसम्ममा बस्ने ठेगाना लेखी त्यो ठेगानाको सिटी कार्यालयमा तलब भुक्तानी रिपोर्ट (गेन्सेनच्योस्युहृयोउ) पेश गर्नुपर्दछ ।
गेन्सेनच्योस्युहृयोउ सिटी कार्यालयमा बुझाएपछि सिटी कार्यालयले व्यक्तिको आवासीय कर र राष्ट्रिय स्वास्थ्य बीमाको रकम हिसाब गरी मई वा जुन तिर आवासीय कर र राष्ट्रिय स्वास्थ्य बीमाको भुक्तानी गर्नुपर्ने स्लिप पठाउने गर्दछन् ।

यस समयमा सिटी कार्यालयबाट कम्पनीमा कर्मचारीको आवासीय कर कागजात पठाउने विधिलाई विशेष संकलन (तोकुबेचुचोस्यु) भनिन्छ भने सिटी कार्यालयबाट सिधै कर्मचारीको ठेगानामा पठाउने विधिलाई सामान्य संकलन (फुचुचोस्यु) भनिन्छ । कम्पनीले गेन्सेनच्योस्युहृयोउ सिटी अफिसमा बुझाउँदा सिटी अफिसमा केही नभनेको खण्डमा विशेष संकलन विधि लागु हुने र आवासीय करको कागजात कम्पनीमा पठाईन्छ र कर्मचारीको आवासीय कर कम्पनीले तिर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले सम्बन्धित कर्मचारीको तलबबाट आवासीय कर काटेर तलव भुक्तान गर्न सक्दछन् ।

साथै गेन्सेनच्योस्युहृयोउ सिटी अफिसमा बुझाएको छ भने प्रत्येक वर्षको जुनमा सिटी कार्यालयबाट नयाँ वर्षको कर प्रमाणपत्र  (खाजेइस्योउमेइस्यो) प्राप्त गर्न सकिन्छ । खाजेइस्योउमेइस्यो एक वर्षको तलब रकम, परिवारका आश्रित सदस्यहरूको संख्या र आवास कर लेखिएको कागजात हो । भिसा प्रक्रियाको समयमा यो कागजात पनि अध्यागमनमा पेश गर्नुपर्ने हुनाले खाजेइस्योउमेइस्योमा परिवारका आश्रित सदस्यहरूको संख्या लगायतका बिषयहरु कम्पनीमा सही रूपमा रिपोर्ट गर्नुपर्दछ ।

काम छोड्ने बेलामा भने कर्मचारीको कुल तलब रकम ३० मान येन भन्दा थोरै भएमा क्यूयोसिहाराइहोउकोकुस्यो सिटी कार्यालयमा नबुझाए पनि हुन्छ । तर भिसाको बिषयमा विचार गर्ने हो भने सिटी कार्यालयमा तलवी विवरणको रिपोर्ट गरिएन भने सिटी कार्यालयबाट खाजेइस्योउमेइस्यो प्राप्त गर्दा तलब छुटेको हुने र यो बिचमा काम नगरेको देखिने भएकोले ३० मान येन भन्दा कम भए पनि सिटी कार्यालयमा गेन्सेनच्योस्युहृयोउ बुझाउँदा राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

तपाईको प्रतिक्रिया