शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी बिदेशी नागारिकले जापानको होटलहरुमा वा अन्य कम्पनीमा स्याइनकोरुपमा काम गर्नुपरेमा कस्तो अवस्थामा भिसा प्राप्त हुने गरेको छ र कस्तो अवस्थामा रिजेक्ट हुने गरेको छ भन्ने बारेमा प्रकाश पार्ने जमर्को गरिएको छ ।
जापानको होटल वा र्‍योउखानमा विदेशी नागरिकले कर्मचारीको रूपमा काम गर्नका लागि ‘इञ्जिनियर, मानविकी, अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ’ -Gijutsu Jinbun Chishiki Kokusai Gyōmu_ क्याटगोरीको भिसा आवश्यक हुन्छ । उसो त स्थायी बसोबास भिसा, दीर्घकालिन निवास भिसा र जापानी स्पाउज भिसा भएकाहरूले त यो काम गर्न पाउने नै भए । होटल वा रेस्टुरेन्टको हलमा काम गर्न, बेड मेकिङ गर्न अध्यागमनले प्रदान गरेको भिसाको स्थिति अन्तर्गत काम गर्ने अनुमति (सिखाकुगाइ खाचुदोउ) प्राप्त गरी काम गर्न सकिन्छ ।
जापानको होटल वा र्‍योखानमा स्थायी कर्मचारीको रूपमा काम गर्दा आवश्यक पर्ने ‘इञ्जिनियर, मानविकी, अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ’ क्याटगोरीको भिसा प्राप्त गर्न केहि खास प्रावधानहरु तोकिएका छन् ।
१. विश्वविद्यालय वा व्यावसायिक विद्यालयबाट स्नातक तह वा १० वर्ष भन्दा बढी कामको अनुभव भएको हुनुपर्ने ।
२. जापानमा काम गर्न चाहेको क्षेत्रको सीप र ज्ञानको बारेमा जापान, नेपाल वा अन्य कुनै देशको विश्वविद्यालय तहको अध्ययन र स्नातक गरेको हुनुपर्ने । व्यवसायिक अध्ययनका अतिरिक्त विश्वविद्यालयमा अन्य विषयहरुको अध्ययन गरिरहनु भएको छ भने अध्ययन गरिरहेको बिषय र अबबाट गर्न गईरहेको कामको प्रकृति थोरै फरक छ भने पनि इमिग्रेशन नियमअनुसार सदर हुने उल्लेख छ ।
३. जापानमा काम गर्न चाहेको क्षेत्रको सीप र ज्ञानको बारेमा अध्ययन गरी जापानी व्यवसायिक विद्यालयबाट स्नातक गरेको हुनुपर्ने । तर विदेशस्थित व्यवसायिक विद्यालयहरूलाई भने मान्यता दिइएको छैन ।
४. कार्यक्षेत्रमा १० वर्षभन्दा बढीको अनुभव हुनुपर्ने । नेपाल वा अन्य देशहरूमा काम गरेको अनुभव र हाईस्कुल, विश्वविद्यालय वा व्यवसायिक विद्यालयमा सम्बन्धित बिषयमा अध्ययन गरेको अनुभवको प्रमाणपत्र पेश गर्नुपर्दछ ।
५. जापानमा अब गर्न लागेको कामको प्रकृति विदेशी सँस्कृतिमा आधारित छ भने त्यसमा आधारित ३ वर्षभन्दा बढीको अनुभव भएको हुनुपर्ने । जस्तै, अनुवादक भाषाहरू सिकाउने, प्रचार, विदेशी व्यापार, कपडा र कोठाहरू डिजाइन गर्ने र नयाँ उत्पादनहरूको लागि आइडिया सिर्जना गर्ने ।
विश्वविद्यालयबाट स्नातक गरेका व्यक्तिले अनुवाद, अनुवादक, भाषाहरू सिकाउने काम गर्न चाहेमा ३ वर्षको अनुभव आवश्यक पर्दैन । किनभने विदेशी सँस्कृतिमा आधारित काम भएकाले यो साधारण जापानीहरूका लागि गाह्रो काम हो ।
६. भविष्यमा गर्न लाग्नुभएको कामको सम्झौता जापानी नागरिक सरह तलब सुबिधा प्राप्त गर्न सक्ने हुनुपर्ने । होटल वा र्‍योउखानमा काम गर्ने प्रयोजनका लागि ‘इञ्जिनियर, मानविकी, अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ’ क्याटगोरीको भिसा दिने वा नदिने भन्ने बारेमा सबै कागजात छानबिन गरेपछि इमिग्रेशनले अन्तिम निर्णय दिने छ ।

निम्न अवस्थामा भिसा दिने गरेको पाईएको
क. जापानी विश्वविद्यालयबाट पर्यटन बिषयमा स्नातक गरी धेरै विदेशी पर्यटकहरू आउने होटेलमा मासिक २ लाख २० हजार येन बराबर तलबमा काम गर्ने गरेको, कामको सिलसिलामा विदेशी भाषा प्रयोग गरी फ्रन्ट डेस्कमा र होटलको बारेमा जानकारी गराउने काम गर्ने गरेको
ख. जापानी विश्वविद्यालयबाट स्नातक गरेको धेरै जापानी पर्यटकहरू आउने र्‍योउखानमा, मासिक २ लाख येन बराबर तलब पाउने गरेको र होटेलका कर्मचारीहरूलाई विदेशी भाषाहरू सिकाउने, ट्राभल एजेन्सीहरूसंग भेटघाट गर्दा अनुवादकको काम गर्ने गरेको
ग. जापानी विश्वविद्यालयबाट अर्थशास्त्र अध्ययन गरी स्नातक गरेको विमानस्थल नजिकैको होटलमा मासिक २ लाख ५० हजार येन बराबर तलब पाउने गरेको, ब्यवसायिक मार्केटिङ र विदेशी पर्यटकका लागि वेभसाइट बनाउने लगायतका काम गर्ने गरेको
घ. जापानी भाषा पढेर व्यवसायिक कलेजबाट स्नातक गरेको व्यक्तिले धेरै विदेशी पर्यटकहरू आउने र्‍योउखानमा मासिक २ लाख येन बराबर तलबमा पाउने र विदेशी भाषा प्रयोग गरी फ्रन्ट डेस्क र विदेशी पर्यटकहरुको लागि वेबसाइटहरू बनाउने काम गर्ने गरेको

निम्न अवस्थामा भिसा रिजेक्ट हुने गरेको पाईएको
क. जापानी विश्वविद्यालयबाट अर्थशास्त्र बिषयमा स्नातक गरेको ब्यक्तिले होटलमा जागिरको प्रस्ताव प्राप्त गरी भिसाको लागि आवेदन दिदा होटलले कामको प्रकृतिबारे दिएको जानकारीमा ग्राहकको सामान बोक्ने, होटेलको कोठा सफा गर्ने र होटेलको रेस्टुरेन्टको हलमा काम गर्ने उल्लेख भएकोमा भिसा रिजेक्ट भएको । यसप्रकारको कामका लागि भिसाको क्याटगोरी ‘इञ्जिनियर, मानविकी, अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ’ होईन ।
ख. जापानी विश्वविद्यालयबाट जापानी भाषा मुख्य बिषयमा स्नातक गरेका एक व्यक्तिले र्‍योउखानमा आउने विदेशीहरूका लागि अनुवादकको काम गर्ने भनि भिसा आवेदन दिएकोमा र्‍योउखानमा आउने विदेशीहरू पर्यटकका लागि उक्त ब्यक्तिले अध्ययन गरेको बिषय जापानी भाषा मेल नखाएकोले भिसा रिजेक्ट भएको ।
ग. जापानको विश्वविद्यालयबाट कानून बिषयमा स्नातक व्यक्तिले मासिक तलब १५ मान येन पाउनेगरी र्‍योउखानको फ्रन्ट डेस्कमा विदेशी भाषा प्रयोग गर्ने र होटलका ग्राहकलाई गाइड गर्ने गरी भिसा आवेदन गरेकोमा होटलमा सोधपुछ गर्दा एकै समयमा भर्ना भएका र एउटै काम गर्ने जापानी नागरिकको मासिक तलब २० मान येन भएको थाहा पाई तलब किन फरक पारेको भन्ने स्पस्ट कारण नखुलेकोले भिसा रिजेक्ट भएको घटना पनि छ । एउटै प्रकृतिको काम गर्ने र एकै समयमा भर्ना भएका विदेशी कर्मचारीको पनि जापानी नागरिक सरह तलब हुनुपर्दछ ।
घ. जापानी व्यवसायिक विद्यालयमा डिजाइनमा स्नातक गरेको र्‍योउखानको फ्रन्ट डेस्कमा रिसेप्शनिस्टको काम गर्न भनि भिसा आवेदन दिएकोमा कामको प्रकृतिसंग अध्ययन गरेको बिषय मेल नखाएको कारण भिसा नदिएको घटना पछि छ ।
ङ. भोकेशनल कलेजबाट होटल सेवा र व्यवसायमा स्नातक गरेका एक व्यक्तिले होटेलको फ्रन्ट डेस्कमा काम गर्न भिसा आवेदन गरेकोमा होटेलले पेश गरेको कागजातमा उनी कम्पनीमा आबद्ध भएको पहिलो दुई बर्ष तालिमका रूपमा रेष्टुरेन्टको हलको काम र कोठामा ओछ्यान बनाउने काम गरेको लेखिएको हुनाले भिसा रिजेक्ट भएको घटना छ । फ्रन्ट डेस्क बाहेक अन्य कामका लागि प्रशिक्षण समय धेरै लामो भएकोले यस किसिमको कामका लागि ‘इञ्जिनियर, मानविकी, अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ’ क्याटगोरीको भिसा नदिएको घटना पनि छ । त्यसकारण इमिग्रेशनमा आफ्नो भिसा आवेदन गर्दा आवेदन गर्नु अघि आफ्नो कामको प्रकृति र तलब विवरण राम्रोसंग चेकजाँच गरी आबेदन गर्नुपर्दछ । ***

यो पनि पढ्नुहोस् :

हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

तपाईको प्रतिक्रिया