मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी आगामी अक्टोबर १ देखि जापानमा सुरु हुन गईरहेको उपभोग कर (स्योहिजेइ) संग सम्बन्धित नयाँ इन्भोइस सिष्टमको बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
इन्भोइस सिस्टम भन्नाले कुनै कम्पनी वा कोउजिन जिग्योउ (व्यक्तिगत ब्यवसाय) उपभोग करको हिसाब गर्दा कर कार्यालयमा दर्ता भएको स्योहिजेइ इन्भोइस सिस्टम नम्बर भएका रसिदहरूलाई मात्र मान्यता दिईने सिस्टम हो ।
कम्पनी वा व्यक्तिगत व्यवसायीले ग्राहकलाई इन्भोइस वा रसिद दिंदा कम्पनी वा व्यक्तिगत व्यवसाय स्योहिजेइ इन्भोइस सिस्टम नम्बर दर्ता गरेको छैन भने, रसिद लिने ग्राहकले उपभोग कर हिसाब गर्दा यो उपभोग कर घटाउन मिल्दैन ।
इन्भोइस नम्बरको कर कार्यालयमा आवेदन दिने अन्तिम मिति यो वर्षको मार्च ३१ सम्म हो । इन्भोइस प्रणाली भनेको के भन्ने बारेमा सरल ढंगले बुझ्नका लागि उदाहरणका लागि, अहिलेसम्म ट्याक्सको हिसाब गर्दा खर्च भएको बिल भएमा खर्च देखाई उपभोग कर घटाउन मिल्थ्यो भने अब यस वर्षको अक्टुबरदेखि दर्ता भएको इन्भ्वाइस नम्बरसहितको सेइक्युस्यो र रसिदलाई मात्र मान्यता दिईने भएकोले खर्चका रूपमा प्रयोग गर्न सकिने र उपभोग कर घटाउन मिल्ने भएको छ । तसर्थ, यदि रेस्टुरेन्ट कोउजी गर्दा कोउजी गर्ने कम्पनीले इन्भोइस नम्बर दर्ता नगरेको भएमा त्यो कोउजीको रसिद खर्चमा समावेश गरी उपभोग कर घटाउन मिल्दैन ।
रेष्टुरेन्ट अथवा स्टोर बिजनेशका लागि खाना र पेय पदार्थ किनमेल गर्दा सो कम्पनीले इन्भोइस नम्बर दर्ता गरेको छैन भने त्यस्ता कम्पनी वा पसलले उपलब्ध गराएको रसिद वा बिलको मान्यता हुँदैन । फलस्वरुप खेस्सान गर्दा उपभोग कर सामान्य भन्दा बढी हुन जान्छ ।
इन्भोइस नम्बर दर्ता गरेको कम्पनी छ भने ग्राहकहरूले कम्पनीलाई तिरेको पैसा ग्राहकको उपभोग करमा हिसाब गर्दा खर्चमा समावेश गर्न सकिने र ग्राहकको उपभोग कर सस्तो पर्दछ । इन्भोइस नम्बर दर्ता गरेको छैन भने कम्पनीको ग्राहकले कम्पनीलाई तिरेको पैसा ग्राहकको उपभोग करको हिसाब खर्चमा समावेश गर्न नसकिने हुनाले ग्राहकको उपभोग कर महङ्गो पर्न जान्छ ।
यस इन्भोइस प्रणालीको सम्बन्धमा उपभोग करको इन्भोइस नम्बर दर्ताका लागि कर कार्यालयमा आवेदन दिने वा नदिने कम्पनीको स्वतन्त्रता भएकोले यसमा कुनै अनिवार्यता भने छैन । कम्पनी वा व्यक्तिगत व्यवसायीले इन्भोइस नम्बरका लागि कर कार्यालयमा आवेदन दिएर इन्भोइस नम्बर दर्ता गरेको छ भने खेस्सानको समयमा अनिबार्य रुपमा उपभोग करको सिन्कोकु (अद्यावधिक) गर्नुपर्ने हुन्छ ।
कम्पनी वा ब्यवसायीले कहिल्यै उपभोग कर तिरेको छैन र उपभोग करको सिन्कोकु पनि गरेको छैन र वार्षिक १ हजार मान येन भन्दा कमको बिजनेश गरेको छ भने पनि कर कार्यालयमा इन्भोइस नम्बर दर्ता गर्नुका साथै उपभोग कर अनिबार्य रुपमा सिन्कोकु गर्नुपर्छ ।
कर कार्यालयमा इन्भोइस नम्बर दर्ता गरेको छैन भने ग्राहकले तिरेको पैसा ग्राहकको उपभोग कर हिसाबको खर्चमा समावेश गर्न नमिल्ने हुनाले ग्राहकको उपभोग कर महङ्गो पर्न जान्छ जसले गर्दा कम्पनीप्रति ग्राहकको असन्तुष्टि र दुरी बढ्न सक्छ ।
इन्भोइस प्रणालीको बारेमा थप जानकारी आवश्यक परेमा आधिकारिक लेखापरिक्षक (जेरिसी) संग परामर्श लिन सकिने छ । इन्भोइस नम्बरको आवेदन गर्ने अन्तिम म्याद यस वर्षको मार्च ३१ तारिखसम्म हो, तर त्यसपछि पनि आवेदन दिन सकिने बुझिएको छ । इन्भोइस नम्बर दर्ता गरेपछि बिल र रसिदहरूमा आफ्नो कम्पनीको इन्भोइस नंबर लेख्नुपर्छ । यो संगै उपभोग कर ८ प्रतिशत र १० प्रतिशत सेइक्युस्यो र रसिदमा छुट्टै लेख्नुपर्छ ।
इन्भोइस नम्बरका लागि आवेदन दिने वा नदिने अनिवार्य नभएकोले राम्रोसंग विचार गरी आवश्यक परेमा परामर्श लिई निर्णय गरौं र अक्टोबर अगावै तयारी अवस्थामा बसौं ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

तपाईको प्रतिक्रिया